Play

बर्षा रोकिएपछि झन्डै चारलाख मानिसले काठमाडौँ उपत्यका छाडे

गुरुकुल खबर


काठमाडौँ, नेपालीहरुको महान पर्ब दशैं नजिकिए संगै काठमाडौँबाट बाहिरिने राजमार्ग सुचारु नभएपनि झन्डै चार लाख मानिसले काठमाडौँ उपत्यका छाडेको अनुमान गरिएको छ। यहि असोज ११ र १२ मा आएको अविरल वर्षापछि सडक अवरुद्ध भएपछि काठमाडौँमा रहेकाहरुलाई दशैं मान्न आफ्नो घर जान समस्या पर्ने देखिएको थियो तर केहिले भने बर्षा रोकिए संगै काठमाडौँ उपत्यका छोडेका छन।

दसैँ चाड मनाउन आफ्नो पुर्ख्यौली थातथलोमा फर्किन खोज्नेहरू काठमाडौँ उपत्यकामै रोकिन बाध्य पनि वर्षा रोकिएपछि असोज १४ देखि आइतबारसम्म ३ लाख ८० हजार भन्दा बढी मानिसले उपत्यका छाडेका प्रहरीले जनाएको छ।

पछिल्लो एक हप्तामा ३ लाख ८० हजार १६४ जना मानिस काठमाडौँ उपत्यकाबाट बाहिरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी रविन कार्कीले जानकारी दिएका छन। असोज १९ गते साँझ ६ बजेबाट आइतबार बिहान ६ बजेसम्म जम्मा १६ हजार ४६५ जना बाहिरिएको उनले बताए।

उक्त अबधिमा ७ हजार १८ जना उपत्यकामा भित्रिएका छन् । असोज १४ पछि २ लाख ६० हजार ६२९ जना उपत्यका भित्रिएका छन् । उपत्यका भित्रिन चाहने करिब ५ सय सवारी साधनहरु काभ्रेपलान्चोकको रोशीखोलामा रोकिएका छन् ।

काठमाडौँ उपत्यका बाहिरिने मुख्य नाका नागढुंगामा सवारी आउने र जाने चाप बढेको छ । भक्तपुरको जगातेबाट दोलालघाट  र काभ्रेको भकुन्डेतर्फ जाने सवारी मात्रै छुटेका छन् ।

वीपी राजमार्ग अवरुद्ध भएको हुनाले जगातेबाट थोरै सङ्ख्यामा सवारी बाहिरिने गरेको डीएसपी कार्कीले जानकारी दिए। चित्लाङ र रामकोट तर्फबाट साना सवारी साधन बाहिरिएका छन् ।

दक्षिणकालीस्थित फर्पिङको सडक अवरुद्ध हुँदा त्यसतर्फ सवारी आवागमन रोकिएको छ । टोखाबाट नुवाकोटतर्फ जाने नाका निर्बाध रुपमा चलिरहेको छ ।

२० आश्विन २०८१, आईतवार १७:३५ मा प्रकाशित
Nabintech