Play

कारखाना श्रमिक संघको राष्ट्रिय महासचिबमा भट्टराई मनोनित

गुरुकुल खबर


पोखरा, नेपाल कारखाना श्रमिक संघको राष्ट्रिय समितिको महासचिबमा केशब राज भट्टराई मनोनित भएका छन् । संघको बिधान २०७९ को दफा ७.५ मा भएको ब्यबस्था बमोजिम भट्टराईलाई महासचिब पदमा मनोनित गरिएको संघका राष्ट्रिय अध्य्क्ष अमृत लाल जोशीले गुरुकुल खबरलाई जानकारी दिएका छन ।

समितिमा अन्य केहीलाई पनि विभिन्न पदमा मनोनित गरिएको छ ।

कास्कीको रुपा गाउँपालिका -७ कास्कीका भट्टराई नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका पूर्व सचिब हुन्। उनले लामो समय नेपाल कारखाना श्रमिक संघको विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन । हाल उनि पोखराको सुजल डेरी उद्योगमा कार्यरत छन।

५ आश्विन २०८१, शनिबार ०७:५१ मा प्रकाशित
Nabintech