Play

पोउबासंघमा सर्बाधिक मत पाउने कुँवरलाई अरुले भने ‘मेन अफ दी इलेक्सन’

गुरुकुल खबर


पोखरा, पोखरा उद्योग बाणिज्य संघको ३५ औं महाधिबेशनमा सदस्यका उमेद्वार ललित कुँवरले सबै भन्दा बढी मत  प्राप्त गरेका छन । पोखरा महानगरपालिका -१५ रामबजार घर भएपनि विभिन्न ब्यबसायिक प्रतिष्ठानसंग जोडिएका कुँवरले संघको निर्बाचनमा अन्य सबै उमेदवारहरुको भन्दा धरै मत प्राप्त गर्न सफल भएका हुन।

गत आइतबार साँझ सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार मतदान प्रक्रियामा कुल २२५१ मत खसेको थियो । जसमध्ये सबै भन्दा बढी ललित बहादुर कुँवरले १ हजार ५ सय ३९ मत पाएका थिए। यस अघिको महाधिबेशनमा समेत उमेद्वार बनेका कुँवर झिनो मतले कार्यसमितिमा पुग्न नसकेको भएपनि यस पटक भने उनि सबैलाई चकित पार्दै सर्बाधिक मत पाएर चुनाब जित्न सफल भए। सबैभन्दा बढी मत पाएपछि कतिपयले उनलाई ‘मेन अफ दी पिसिसीआई इलेक्सन’ को उपाधि दिएको चर्चा चलेको छ।

होटल, कृषि फर्म र रियल स्टेट सहित विभिन्न ब्यबसायिक प्रतिष्ठानमा आबद्द कुँवर मिलनसार र सरल युवा ब्यबसायीको रुपमा समेत चिनिन्छन । उनले होटल लुना, लालुपाते कृषि फर्म, आभाष ट्रेडर्स जस्ता ब्यबसायिक प्रतिष्ठान संचालन गरिरहेका छन । उनि सिद्द पब्लिक कलेजका सिनेटर समेत हुन् । शीतल चौतारी लायन्स सहित विभिन्न संघ संस्था र विभिन्न सहकारी संस्थामा समेत उनि आबद्द छन ।

राजनीतिक रुपमा नेपाली काँग्रेससंग निकट रहेका कुँवर हाल नेपाली काँग्रेसको कास्की क्षेत्र. २ को कोषाध्यक्ष समेत हुन।

सदस्यमा बिजयी कुँवरले सबैभन्दा बढी मत प्राप्त गरेर पहिलो बन्दा सदस्यकै उमेद्वार देबेन्द्र प्रजुले १ हजार ५ सय १६ मत प्राप्त गरि दोश्रो र सौगात थापाले १ हजार ४ सय ९४ मत प्राप्त गरि तेश्रो स्थान प्राप्त गर्न सफल भएका छन । यसै गरि दूधमान गुरुङ (आशीष) ले  १ हजार ४ सय ६८ मत र भीम गौतमले १ हजार ४सय ३९ मत पाएर क्रमश चौथो र पाँचौं स्थान प्राप्त गरेका छन । सदस्यमा बिजयी टीकाराम सुवेदीले १ हजार ३ सय ९४, जीवनप्रकाश श्रेष्ठले १ हजार ३ सय ८३, रामचन्द्र तिमिल्सिनाले १ हजार ३ सय ७५, प्रदीपराज भण्डारीले १ हजार ३ सय ७० र यादवप्रसाद पोखरेलले १ हजार ३ सय मत पाएका थिए।

संघको अध्यक्षमा गोकर्ण कार्कीले १ हजार ३ सय ३९ मत पाएर बिजयी हुँदा उनका प्रतिद्वन्दी अर्जुन पोखरेलले भने ८ सय ८१ मत प्राप्त गरेका थिए । उपमहासचिव पदमा सुदीप प्रधानाङ्ग निर्वाचित भएका थिए अन्य पदाधिकारी भने निर्बिरोध निर्बाचित भएका थिए । जस अनुसार वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दिनेश बास्तोला, वाणिज्य उपाध्यक्षमा बलराम आचार्य, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोज श्रेष्ठ रहेका छन्।

१ आश्विन २०८१, मंगलवार १७:२३ मा प्रकाशित
Nabintech