Play

पोउबासंघमा उमेदवार परिचयात्मक कार्यक्रम, पोखरेल र कार्कीको आ-आफ्नै अडान

बिगतको हारबाट बिचलित नभई अध्यक्षको उमेद्वार बनेको छु - पोखरेल, प्राकृतिक न्यायको सिद्दान्त अनुसार अध्यक्षको उमेद्वार बनेको छु - कार्की


गुरुकुल खबर


पोखरा, पोखरा उद्योग बाणिज्य संघको आसन्न ३५ औं महाधिबेशनका प्रत्याशीहरुको उमेद्वार परिचयात्मक कार्यक्रम शनिबार सम्पन्न भएको छ। कार्यक्रममा अध्यक्ष पदका उमेद्वार अर्जुन पोखरेल र गोकर्ण कार्की सहित अन्य उमेद्वारहरुले पनि आफ्नो परिचय सहित छोटो भनाई राखेका थिए ।

अध्यक्ष पदका उमेद्वार अर्जुन पोखरेलले आँफु हारबाट बिचलित नभई आफ्नो प्रतिबद्दताहरु लिएर पुन उद्योगी ब्यबसायी सामु आएको बताए उनले भने । ‘ मलाई स्मरण छ, ३४ औं महाधिवेशनबाट निर्वाचन परिणाम घोषणा हुँदै गर्दा आँफु हारबाट बिचलित हुन्न भनेर यहि फोरमबाट भनेको थिए। सोहि अनुरुप मैले आफ्नो अनुभवलाई संघको नेतृत्व गरेर उपयोग गर्छु भन्ने लागेर आज तपाईहरु समक्ष उभिएको छु।’

यसै प्रसंगमा उनले संघको गतिबिधि प्रभावकारी ढंगले अगाडी बढाउन राम्रो टिम चाहिने भएकोले बिगतमा संघमा काम गरेका र आफुसंग सहकार्य गरेकाहरु समेतको उपयुक्त टिमको नेतृत्व गरेर चुनाबमा आएको उनले स्पष्ट पारे।

पोखरा उद्योग वाणिज्य संघ र पोखरा महानगरपालिकाबीच सहकार्य र समन्वय नहुँदा त्यसको असर व्यवसायीहरुले भोग्नुपरेको भन्दै उनले महानगरका मेयर धनराज आचार्यले समेत पोउबासंघको नेतृत्वका बारेमा प्रश्न गरेको सुनाए । ‘पोउबासंघका साथीहरु आएर बैठकमा बस्छन, अनि फर्केर उबासंघ पुगेपछि बिरोधमा बक्तव्य जारी गर्छन्’। अनि कसरि सहकार्य हुन सक्छ ? मेयरले गरेको प्रश्न सुनाउंदै पोखरेलले भने।

उनले विभिन्न तहका सरकारसंग सहकार्य र समन्वय नहुँदा पोखराको विकाससँगै व्यवसायीहरु धरापमा परेको भन्दै  थलिएको पर्यटन र व्यवसायलाई माथि उठाउन आफ्नो टिम गम्भीर भएर लाग्ने बताए । पोखरेलले १६ बुंदे प्रतिबद्दता सहित चुनाबी अभियानमा आएको र घरदैलो जारी रहेको समेत बताए।

कार्यक्रममा बोल्दै अध्यक्ष पदका अर्का उमेद्वार गोकर्ण कार्कीले पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पदका उम्मेदवार गोकर्ण कार्कीले २०५५ सालमा पोखरा उद्योग वाणिज्य संघमा साधारण सदस्यको रुपमा प्रवेश गरेर दुई कार्यकाल उपाध्यक्ष र एक कार्यकाल बरिष्ठ उपाध्यक्षको जिम्मेवारी पुरा गरेपछि प्राकृतिक न्यायको सिद्दान्त अनुसार नै आफु अध्यक्षको उमेद्वार बनेको स्पष्ट पारे।

विभिन्न संघ संस्थामा रहँदाको अनुभव र देशविदेशको भ्रमणबाट सिकेका कुरालाई  संघको नेतृत्वमा बसेर उपयोग गर्न चाहेको भन्दै कार्कीले पोखराका उद्योगी ब्यबसायी संगै समग्र पोखराको आर्थक अबस्था चलायमान बनाउनु अहिलेको आबश्यकता रहेकोमा जोड दिए।

देशमा उद्योग ब्यबसाय संचालन गर्न अनुकुल अबस्था नरहेको र अधिकांश युवा विदेशिएको अनि देशमा केहि गरौ भन्नेलाई पनि बैंक र सरकारी नीतिका कारण समस्या भोग्नुपरेको कारण समस्या बढ्दै गएको उनले बताए ।  हिजो बैंकको चर्को ब्याजरदका कारण आम उद्योगी व्यापारीहरुले निकै कष्ट भोग्नुपरेकोले त्यस बिरुद्द ध्यानाकर्षण गारएको स्मरण गराउंदै कार्कीले भने अब नेतृत्वमा पुगेर बैंकिंग लह्गायतका अन्य समस्या समाधानमा पहल गर्नेछु।

कार्कीले चुनाबी प्रक्रिया शुरु भए लगत्तै आफुलाई डेंगु रोग लागेको कारण मतदातासंग प्रत्यक्ष भेट्न जान नसकेको भनि पिडा पोखे । आज पनि मेरो स्वास्थ्य अबस्थाले आउन सक्ने स्थिति थिएन, तर सबै ब्यबसायी मतदाताहरुको सद्भाव र मायाको कारण उर्जा मिलेकोले कार्यक्रममा उपस्थित भएको सुनाए । उनले संघका अग्रजले बनाएको संस्थाको गरिमा र प्रतिष्ठा जोगाउन र सबै तहका सरकारसंग समन्वय गरि पोखराको समग्र बिकासको लागि गम्भीर भएर लाग्ने प्रतिबद्दता प्रकट गरे।

उमेद्वार परिचायात्मक कार्यक्रमको सभापतित्व निर्बाचन समितिका संयोजक कृष्णमोहन श्रेष्ठले गरेका थिए भने कार्यक्रमको संचालन समितिका सदस्य नारायण शर्माले गरेका थिए कार्यक्रममा धन्यबाद ज्ञापन सहसंयोजक टिकाराम सापकोटाले गरेका थिए ।

यहि भदौं २८ र २९ गते हुने संघको ३५ औं महाधिवेशनमा अर्जुन पोखरेल र गोकर्ण कार्की अध्यक्ष पदमा उमेद्वार बनेका छन् । उत्तममान बुद्धाचार्यले वरिष्ठ उपाध्यक्ष, दिनेशचन्द्र बास्तोलाले उद्योग उपाध्यक्ष, बलराम आचार्यले बाणिज्य उपाध्यक्ष, शोभा गौतमले महासचिव, मनोजकुमार श्रेष्ठले कोषाध्यक्ष पदमा उमेद्वारी दिएकोमा उनीहरु भने निर्विरोध भएका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा बन्दना केसी (कर्पोरेट सदस्य), एकनारायण गौतम (औद्योगिक सदस्य) र  रामप्रसाद कँडेल (कर्पोरेट सदस्य) मा  पनि निर्विरोध निर्बाचित भएका छन् । उनीहरु अर्जुन पोखरेल प्यानलमा थिए।

यसैगरि संघको उपमहासचिवमा बालकृष्ण कोइराला र सुदिप प्रधानांगबीच प्रतिष्पर्धा हुने भयेको छ भने कार्यसमितिको खुल्ला सदस्य पदमा जीवन प्रकाश श्रेष्ठ, टिकाराम सुवेदी (माधव), दुधमान गुरुङ (आशिष), देवेन्द्र प्रजु, प्रेम प्रसाद सुवेदी, भीम गौतम, यादव प्रसाद पोखरेल, ललित बहादुर कुँवर, सौगात थापा, रामचन्द्र तिमिल्सिना, विष्णुप्रसाद तिमिल्सिना, विनोद केसी, प्रदीपराज राजभण्डारी र लेखनाथ सुवेदीको उम्मेदवारी परेको छ।

यसैगरि वस्तुगत संघको तर्फबाट सदस्य पदका लागि दुर्गा बराल, नवीन नापित, पूर्णशोभा गुरुङ, पृथ्वीराज तिमिल्सिना, सूर्यराज घिमिरे (सुरेश), दीपेन्द्र कोइराला र लालप्रसाद ढकालले उम्मेदवारी दर्ता गराएका छन्।

चार जना चाहिने वस्तुगत संघ तर्फको सदस्य पदका लागि ७ जनाको बिचमा तथा प्रत्यक्ष निर्वाचित हुने १० जना कार्यसमिति सदस्यका लागि पनि १४ जना बीच प्रतिस्पर्धा हुने भएको छ।

 

२२ भाद्र २०८१, शनिबार २१:४४ मा प्रकाशित
Nabintech