Play

निर्बिरोध भएकालाई बधाई दिंदै कार्कीले भने-मेरो उमेदवारी स्वाभाविक र प्राकृतिक न्यायको सिद्दान्त अनुरुप हो

गुरुकुल खबर


पोखरा, पोउबासंघको अध्यक्ष पदका उमेद्वार गोकर्ण कार्कीले संघमा केहि पदमा निर्बिरोध भएकोमा खुशी प्रकट गरेका छन डेंगु रोगबाट अस्पतालमा उपचार गराएर घर फर्किएका कार्कीले भने “हाम्रा केहि साथीहरु निर्विरोध निर्वाचित भईसकेका छन् । यो अति नै खुसिको कुरा हो।”

उनले पोखराको जेठो साझा संस्थामा  रहेका हामि साझा मुद्धामा हामी एकाकार भएर काम गर्दै आईरहेका र कठिन परिस्थितिसंग जुध्दै, वकालत गर्दै व्यवसायीहरुकै बीचमा उहाँहरुकै मार्गनिर्देशन अनुसार अगाडी बढीरहेको उल्लेख गरेका छन ।

पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासि गोकर्ण कार्किले प्राकृतिक न्यायको सिद्धान्तलाई अंगिकार गर्ने हो भने र साथीहरुले दिएको हौशलालाइ आधार मान्दा मलाई अध्यक्ष बनेर संस्था र सम्पूर्ण ब्यबसायीको पक्षमा काम गर्न पाउनेमा विश्वस्त छु । ‘मेरो उमेद्वारी स्वभाबिक उमेद्वारी हो’ उनले भने।

झण्डै तीन दशकदेखि पोखरा उद्योग वाणिज्य संघमा जोडिएर बताउंदै उनले ३४ औं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष बनाएका मतदातहरुले नै आँफुलाई अध्यक्ष पदमा अगाडी बढाएको कारण आफु गम्भीर बनेको समेत उल्लेख गरे ।

अग्रजले देखाएको बाटो, उहाँहरुले जोगाएको संघको साखलाई म कदापि कमि हुन दिनेछैन । २०५५ सालमा संघमा सदस्यको रुपमा प्रवेश गरेका कार्किले भने, अध्यक्ष पदको प्रत्यासि बनिरहँदा मैले हालसम्म आर्जन गरेको अनुभव, सामाजिक संस्थाहरुमा दिएको योगदान र देशविदेशको भ्रमणबाट सिकेको ज्ञानलाई व्यावसायीक क्षेत्रमा लगाउने दृढ ईच्छा छ ।

मेरो लक्ष्य कर्मठ र इमान्दार भएर व्यवसायीकै हकहित, सुख, दुःखको साथी बन्नु हो । उद्योगी, व्यवसायीहरुकै उत्थानको लागि अमनचयनका साथ व्यवसाय गर्न पाउने वातावरण निर्माणका लागि हातेमालो गरेर जानु हो । त्यसैले मलाई ३१ औं, ३३ औं र ३४ औं महाधिवेशनका दिनु भएको माया यसपटक अध्यक्षका पदका लागि पनि निरन्तर प्राप्त हुनेछ । कार्कीले बिश्वास ब्यक्त गरे।

उनले आफुलाई बोल्ने भन्दा पनि काम गर्ने तर्फ बढी चासो हुने गरेको स्पस्ट पार्दै विभिन्न ११ बुँदा सहितको प्रतिबद्दता पत्र सार्बजनिक गरेका छन ।पहिलेका संस्थागत अनि असल कार्यहरुलाई निरन्तरता दिने, संघलाई मर्यादित र व्यवसायीलाई सम्मानित हुने वातावरण बनाउने आफ्नो लक्ष रहेको कार्किले बताए ।

पोखरा पर्यटकीय राजधानी भएकोले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, औद्योगिकरण र उत्पादित बस्तुहरुको बजारिकरणमा मात्रै ध्यान दिन सके तथा व्यवसाय संचालनका लागि वित्तीय जोहो र वातावरण राम्रो बनाउन सके ब्यबसायिक गतिबिधि बढ्ने उनको भनाइ छ । बैंक, वित्तीय क्षेत्रका समस्याहरुको उचित समाधानको लागि नियामक निकायहरुसंग हरदम प्रतिफल आउने गरी काम गर्ने लक्ष्य आफुले राखेको उनले बताए ।

पोखरामा एयरपोर्ट बनाउन संघको अगुवाईमा गरिएको संघर्ष अनि ७६ दिनसम्मको अनसन ताजै  भएको र अहिले एयरपोर्ट संचालनमा आएको भएपनि आन्तरक उडान मात्रै भईरहेकोमा चिन्ता प्रकट गर्दै उनले भने पोखराबाट अन्तराष्ट्रिय उडान गर्नको लागि संघको तर्फबाट फेरी एकपटक गम्भिरतापुर्बक पहल गर्न आबश्यक रहेको बताए ।

२२ भाद्र २०८१, शनिबार १४:१२ मा प्रकाशित
Nabintech