Play

अमेरिकाको मेरिल्याण्डमा सातौं सडक महोत्सबको तयारी, नेपाली संस्कृतिको प्रबर्धन गर्ने लक्ष

गुरुकुल खबर


मेरिल्याण्ड, अमेरिकाको म्यारिल्याण्ड राज्यको बाल्टिमोरमा नेपाली समुदायद्वारा स्थापित संस्था बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (बाना ) ले प्रत्येक वर्ष गर्दै आएको सडक महोत्सब यस वर्ष पनि गर्ने भएको छ। सन् २०१५ देखि नेपालको कला, संस्कृति र नेपालको प्रबर्धन गर्ने उद्देश्यका साथ उक्त सडक महोत्सब हुँदै आएको छ।

यस बर्ष हुन लागेको सडक महोत्सब बानाको सातौँ शृंखला अन्तर्गतको हो आगामी सेप्टेम्बर १५ आइतबारका दिन सडक महोत्सब हुने भएको हो। बिगतमा महोत्सब हुँदै आएको स्थान वाशिंगटन एभिन्यु टाउसनमा महोत्सब हुने भएको हो

यस पटक पनि बिगतमा बर्षमा आयोजना भएको महोत्सवमा जस्तै मम ,नेवा समुदायका छोईला , बारा, यमरी तथा अन्य नेपाली परिकारका खानाको बिक्रि वितरणको साथै विभिन्न बस्तुको प्रदर्शनी साथै विभिन्न किसिमका झाँकी समेत प्रदर्शन गरिने छ।

यसका साथै नेपाली समुदाय अन्तर्गत बिभिन्न जातजातिका महिला तथा पुरुषले आ-आफ्नो भेषभूषा लगाएर महोत्सव स्थल परिक्रमा गर्ने बिगतको परम्परालाई पनि निरन्तरता दिईने छ । महोत्सवमा यस पटक पनि बाल्टिमोरको एवरेस्ट वर्ल्ड क्लास तेक्वान्दो बिद्यालयको तर्फ बाट बिशेष प्रदर्शन हुनेछ ।

बिगतका बर्षहरुमा आयोजना गर्दै आएको स्थानमै सडक महोत्सव गर्ने र आबश्यक तयारी अगाडी बढाइएको बानाका अध्यक्ष सुबोध पन्तले गुरुकुल खबरलाई जानकारी दिए ।

बिगतका कार्यक्रममा जस्तो सबैको सहयोगको समेत उनले अपेक्षा गरे। महोत्सबलाई भव्यताका साथ् सम्पन्न गर्न मेरिल्याण्ड स्थित नेपाली समुदायका विभिन्न संघ संस्थाले आर्थिक एबम भौतिक र नैतिक सहयोग समेत गर्दै आएको र यस पटक पनि उल्लेखनिय सहयोग प्राप्त हुनेमा आयोजकहरु बिश्वस्त छन।

यसै सम्बन्धमा हालै एक अन्तरक्रिया कार्यक्रम समेत बानाले गर्दै आएको छ । महोत्सबलाई सफल बनाउन आवश्यक पर्ने विभिन्न समिति र उपसमिति समेत गठन गरि तयारी अगाडी बढाइएको छ।

नेपाली समुदायको संस्कृति र पहिचानलाई अमेरिका लगायत अन्य मूलुकमा प्रबर्दन गर्ने लक्षका साथ सडक महोत्सबको  आयोजना गरिंदै आएको बानाका महासचिव सागर घिमिरेले गुरुकुल खबरलाई जानकारी दिए ।

महोत्सबमा नेपालका मौलिक सांस्कृतिक लाखे नृत्य तथा अन्य बिशेष नृत्य समेत प्रस्तुत गरिने छ। महोत्सबमा स्थानीय नेपाली समुदायको अतिरिक्त अमरिकाको विभिन्न राज्यमा रहेका नेपालीहरु सहित अमेरिकन र अन्य मुलुकका पर्यटक समेत आउने गरेका छन।

महोत्सवमा औपचारिक कार्यक्रम ,सांस्कृतिक कार्यक्रम तथा सडकमा नेपाली खाना तथा हस्तकलाका सामाग्रीहरुको प्रदर्शन समेत हुनेछ।

औपचारिक कार्यक्रम पश्चात सांस्कृतिक कार्यक्रममा चर्चित कलाकारहरु ,स्थानीय कलाकार ,अमेरिकामा जन्मेका दोश्रो पुस्ताका बालबालिकाले प्रस्तुति गर्नेछन् । महोत्सव बिहान ११ बजे देखि साँझ ५ बजेसम्म चल्ने छ।

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
sharethis sharing button

२२ भाद्र २०८१, शनिबार ०८:५३ मा प्रकाशित
Nabintech