Play

मणिपालमा तीज महोत्सबसंगै नृत्य प्रतियोगिता, ब्यबस्थापन र कर्मचारीको सम्बन्ध दरिलो हुने बिश्वास

तीज पर्ब धार्मिक र सांस्कृतिक रुपमा मात्र नभएर स्वास्थ्य, मनोरंजन र महिला सशक्तिकरणको दृष्टिकोणले पनि महत्वपुर्ण


गुरुकुल खबर


पोखरा, नेपाल मणिपाल टिचिंग हस्पिटल पोखराले नेपाली महिलाहरुको महत्वपुर्ण पर्ब हरितालिका तीजको अबसरमा सोहि हस्पिटलमा कार्यरत महिला स्वास्थ्यकर्मी एबम कर्मचारीहरुको सहभागितामा तीज महोत्सब कार्यक्रम सम्पन्न गरेको छ । तीज महोत्सवका क्रममा हस्पिटलको विभिन्न बिभागमा कार्यरत स्वास्थ्यकर्मी एबम अन्य कर्मचारीहरु बीच नृत्य प्रतियोगिता समेत गरिएको थियो।

नृत्य प्रतियोगिता अन्तर्गत एकल नृत्य तर्फ ८ जना र समूह नृत्यतर्फ १० वटा समुह गरि १८ वटा समुहले सहभागिता जनाएका थिए। प्रतियोगितामा विजयो समूह र व्यक्तिको नाम घोषणा गर्दै हस्पिटलका प्रशासक सुनील नायरले सबै प्रतियोगीहरुले आकर्षक र सुन्दर नृत्य प्रस्तुत गरेको बताए।

१० वटा समूह प्रतिष्पर्धामा रहेको सामुहिक नृत्य तर्फ ओटी डिपार्टमेन्टकी दिव्या सहित उनको समूहले प्रथम स्थान प्राप्त गरेको थियो भने ओपिडी डिपार्टमेन्टकी मिना सहित उनको समुहले दोश्रो स्थान प्राप्त गरेको थियो। प्रथम स्थान प्राप्त गर्ने समुहमा दिव्या सुनार, प्रशंसा श्रेष्ठ र सोनीया राना रहेका थिए । यसै गरि दोश्रो स्थान प्राप्त गर्ने समुहमा मिना केसी, कल्पना क्षेत्री, शर्मिला श्रीष र जेममाया थापा रहेका थिए।

सामुहिक नृत्यमा प्रथम र दोश्रो हुने समुहलाई नेपाल मणिपाल टिचिंग हस्पिटलका डाइरेक्टर नारायण पौडेल र हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुभिलले पुरस्कार प्रदान गरेका थिए ।

यसैगरि एकल नृत्यतर्फ ८ जना प्रतियोगी रहेकोमा इमर्जेन्सी डिपार्टमेन्टकी शर्मिला आचार्यले प्रथम र क्रिटिकल केयर युनिटकी अलिशा बुढाथोकीले दोश्रो स्थान प्राप्त गरेकी थिईन। उनीहरुलाई मणिपाल मेडिकल कलेजका प्रिन्सिपल डा. शिशिर गोखाले  र हस्पिटल डाइरेक्टर प्राध्यापक डा. अभिषेक मास्केले पुरस्कार प्रदान गरेका थिए

शुक्रबार अपरान्हबाट साँझसम्म  चलेको तीज महोत्सब कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महनिरिक्षक दुर्गा सिंहले मणिपाल हस्पिटल नयाँ ब्यबस्थापनले लिएपछि सुधारका धेरै काम भएको बताईन।

उनले मनिपालमा उत्पादित जनशक्तिले नेपाल प्रहरी संगठन अन्तर्गतका विभिन्न अस्पतालमा पनि काम गरेको जानकारी दिंदै पछिल्लो समय मानसिक स्वास्थ्यसंग सम्बन्धित समस्या बढ्दै गएको र मानिसले आत्महत्या गर्ने क्रम पनि बढेकोले यसमा कमि ल्याउन अस्पतालका स्वास्थ्यकर्मीहरुको भूमिका पनि महत्वपुर्ण हुनेमा जोड दिईन ।

नेपाल मणिपाल टिचिंग हस्पिटलका डाइरेक्टर नारायण पौडेलले तीज महोत्सवले हस्पिटलमा कार्यरत जनशक्ति र ब्यबस्थापन पक्ष बिचको सम्बन्ध सुधार गर्न सहयोग पुग्ने मात्र नभएर अस्पतालमा कार्यरत जनशक्तिलाइ मनोरंजन दिलाउन र उनीहरुको प्रतिभा प्रस्फुटन गर्न समेत सहयोग पुगेको बताए ।

हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुभिलले अस्पतालमा कार्यरत जनशक्तिको मुख्य काम भनेको यहाँ उपचारको लागि आउने बिरामीहरुलाई राम्रो सेवा र व्यवहार प्रदान गर्नु हो भन्दै अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी र अन्यलाई काम गर्ने बाताबरण राम्रो बनाउन अस्पताल प्रशासन सदैब गम्भीर रहेको जानकारी दिए । उनले अस्पतालमा कार्यरत जनशक्तिमध्ये महिलाको संख्या धेरै रहेकोले पनि महिलाहरुको मौलिक सांस्कृतिक पर्ब तीज मनाउन अस्पतालले महोत्सबको आयोजना गरेको स्पष्ट पारे ।

मणिपाल मेडिकल कलेजका प्रिन्सिपल डा. शिशिरले अस्पताल र कलेजको उन्नतिको लागि यहाँ कार्यरत जनशक्तिको भूमिका महत्वपुर्ण हुने बताउंदै नेपालकै पहिलो स्तरीय अस्पतालको रुपमा मणिपाल हस्पिटललाई पुर्याउन सबैको सहयोग आबश्यक रहेको बताए।

अस्पताल निर्देशक प्रो. डा. अभिषेक मास्केले मणिपालमा कार्यरत जनशक्ति मध्ये दुई तिहाई जनशक्ति महिला रहेको जानकारी दिंदै स्वास्थ्य क्षेत्र संगै अन्य क्षेत्रमा पनि महिलाको सहभागिता उल्लेखनीय रहेको बताए महिला सशक्तिकरण र मनोरंजनको लागि तीज महोत्सब आयोजना गरिएको उनले जानकारी दिए ।

कार्यक्रममा शुभकामना प्रकट गर्दै नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति एबम नेपाल सरकारको न्युनतम पारिश्रमिक निर्धारण समितिका पुर्ब अध्यक्ष गंगाधर पराजुलीले तीज पर्ब नेपाली महिलाको मौलिक र सांस्कृतिक पर्ब भएकोले मात्र नभई यो पर्व धार्मिक एबम मनोरन्जनको दृष्टिकोणले पनि महत्वपुर्ण रहेको बताए। उनले महिलाहरुको पिडा र बेदना पोख्ने मुख्य पर्वको रुपमा मानिने तीज पर्बका कारण महिला सशक्तिकरणमा बल पुगेको बताए ।

पराजुलीले टिचिंग हस्पिटलमा पढ्न आउने बिदेशी बिद्यार्थीहरु सहित स्वदेशी बिद्यार्थीहरुलाई राम्रो सुरक्षा र शिक्षा प्रदान गर्न अस्पताल सक्षम् हुने बिश्वास ब्यक्त गर्दै पछिल्लो समय मणिपालले आफ्नो सेवा र गुणस्तरमा वृद्धि गरेकोमा अस्पतालको ब्यबस्थापन पक्षको प्रयासको सराहना गरे।

कार्यक्रममा अस्पतालका डा.  सुदेश ज्ञवालीले अस्पतालमा कार्यरत जनशक्तिको अलग प्रतिभा देख्न पाउँदा खुसि लागेको भन्दै तीज पर्वका कारण महिलाको फिजिकल, मेन्टल र इमोसनल हेल्थमा समेत सकारात्मक प्रभाव पर्ने बताए।

यसैगरि डा. कृष्ण कोइरालाले पनि महिलाहरुलाई उत्प्रेरित गर्ने पर्ब तीज बन्न पुगेको बताए।

तीज महोत्सबको क्रममा आयोजित नृत्य प्रतियोगितामा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी एबम अन्यलाई नै निर्णायकको रुपमा राखिएको थियो निर्णायकको रुपमा डा. जुनु श्रेष्ठ, डा. ईभा गौचन, प्रिन्सिपल सकुन सिंह, सबिना महर्जन र बरुणा पौडेलले भूमिका निर्बाह गरेका थिए ।

प्रतियोगितामा अस्पतालको हाउस किपिंग डिपार्टमेन्टको समुह, स्याम्पल कलेक्सन डिपार्टमेन्टकी सिमा र सबिनाको समूह, सर्जिकल -आइसीयु डिपार्टमेन्टको मनसुबा सहितको समूह, हाउस किपिंग तर्फको अर्को समूह, पेड्रीयाटिक डिपार्टमेन्टको अनिशा सहितको समूह, ओपिडी डिपार्टमेन्टको मिना सहितको समूह, ओटी डिपार्टमेन्टको दिव्या सहितको समूह, बिलिंग डिपार्टमेन्टको सरिता सहितको समूह, सेमी प्राइभेट तर्फको मनिषा सहितको समूह र इसिएचएस डिपार्टमेन्टको प्रतिमा सहितको समुहले ग्रुप नृत्यमा भाग लिएका थिए ।

यसैगरि एकल नृत्य तर्फ बिलिंग डिपार्टमेन्टकी बिनिता भुजेल, सिसियु डिपार्टमेन्टकी मुस्कान चपाईं. सिसियुकी दिया थापा, एमआइसियु डिपार्टमेन्टकी सचिना कार्की, एमेर्जेंसी डिपार्टमेन्टकी शर्मिला आचार्य, पोखरा -१६ दिप स्थित कलेजबाट बिष्णुमाया गुरुङ, सिसियुकी अलिशा बुढाथोकी र हाउस किपिंगकी बिष्णु थापाले प्रतिष्पर्धा गरेका थिए ।

कार्यक्रममा केहिले भने अप्रतियोगीको रुपमा आफ्नो नृत्य र गीत समेत प्रस्तुत गरेका थिए जसमध्ये भावना शाही मल्ल, सावित्री नेपाली, शिब र प्रतिक्षा समेतले अप्रतियोगीको रुपमा आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए सावित्रा नेपालीको नृत्यलाइ उपस्थित दर्शकहरुले पनि मन पराएका थिए।

औपचारिक एबम मनोरंजनात्मक कार्यक्रमको संचालन शारदा श्रेष्ठ, सचिना कार्की र ममता रुचालले गरेका थिए ।

 

 

१५ भाद्र २०८१, शनिबार ००:४२ मा प्रकाशित
Nabintech