Play

सुदूरपश्चिम क्षेत्रको विकासका लागि प्रतिबद्ध छु- परराष्ट्रमन्त्री डा. राणा

गुरुकुल खबर


धनगढी,  परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले मुलुकको सुदूरपश्चिम क्षेत्रको विकासका लागि आफू प्रतिबद्ध रहेको बताएकी छन । गौरा पर्व मनाउन धनगढी पुगेकी परराष्ट्रमन्त्री डा. राणाले आफू सुदुर पश्चिम क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताउँदै सो क्षेत्रको विकासबारे हालै भारत भ्रमणका क्रममा भारत सरकारसँग पनि कुरा उठाएको जानकारी दिईन ।

धनगढी उपमहानगरपालिका वडा नं ४ मा निर्मित आधारभूत स्वास्थ्य केन्द्र एवं वडा कार्यालय भवनको उद्घाटन गर्दै उनले भारत भ्रमणका क्रममा यहाँको गौरीफन्टा नाकालाई पूर्ण क्षमताका साथ सञ्चालन गर्ने गरी स्तरोन्नति गर्ने विषयमा आफूले कुरा राखेको पनि बताईन ।

मन्त्री डा राणाले भनिन “केही बर्षमात्र अघि पनि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण गएका बेला यो नाकाका बारेमा कुरा राख्नुभएको थियो । यो नाका हाम्रो सुदूरपश्चिम क्षेत्रकै एक ‘लाइफा लाइन’ नै हो । त्यसैले यस पटकको भ्रमणमा मैले हाम्रा तर्फबाट कुरा राखेको छु । भारतीय पक्षबाट पनि केही लिखित प्रस्ताव आओस् भन्ने कुरा आएको छ । हामी यो नाकाको स्तरोन्नति गरी पूर्ण क्षमतामा सञ्चालन गर्नेगरी प्रक्रिया अघि बढाउने छौँ ।”

त्यसैगरी भारत भ्रममणकै क्रममा धनगढीको फाप्लुमा निर्माण हुने बहुउद्देश्यीय खेलमैदानका विषयमा पनि आफूले कुरा उठाएको उनले जानकारी दिईन ।

उनले बिगत लामो समयदेखि नै नेपाली कांग्रेसको नेतृत्वको सरकारले नेपालमा विकास निर्माणका कामहरु गर्दै आएको स्मरण गर्दै स्थानीय सरकारलाई बलियो बनाउने गरी संवैधानिक व्यवस्था गर्ने, स्थानीय सरकारलाई सशक्त र सुविधासम्पन्न बनाउने एवं महिलाको प्रतिनिधित्वसहित समावेशी प्रकृतिको स्थानीय सरकार बनाउने अभियानको नेतृत्व पनि नेपाली कांग्रेसले नै गरेको स्पष्ट पारिन।

भवन तथा अन्य संरचनाहरुको निर्माण पनि एक प्रकारको विकासको सूचक हो भन्दै तर निर्माण भएका यी सरकारी सम्पत्तिको संरक्षण गर्न तथा समय समयमा तिनको मर्मत सम्भार गर्न पनि सम्बद्ध व्यक्ति तथा पदाधिकारीलाई उनले सुझाव दिईन ।

गौरा पर्व मनाउन बुधबार बिहान धनगढी पुगेकी मन्त्री डा राणाले धनगढीस्थित आफ्नो निवासमा पूजा समेत गरेकी थिइन्। धनगढी विमानस्थलमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, मन्त्रीहरु, सो प्रदेशका उच्च सरकारी अधिकारी तथा नेपाली कांग्रेसका स्थानीय कार्यकर्ताहरुले  उनको स्वागत गरेका थिए ।

१३ भाद्र २०८१, बिहीबार २०:२९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा