Play

चार अर्ब बढी लगानीमा सुबिधा सम्पन्न अस्पताल सहितको संरचना बनाउंदै पोखराको जीएमसी

गुरुकुल खबर


पोखरा,  पोखराको नयाबजारमा संचालित गण्डकी मेडिकल कलेज (जीएमसी ) ले पोखरा महानगरपालिका -२७ मा आफ्नो छुट्टै मेडिकल कलेज र शैक्षिक भवन बनाउने भएको छ । पोखरा–२७ रिट्ठेपानीमा बनाइने मेडिकल कलेज र शैक्षिक भवनको  कलेजका अध्यक्ष खुमाप्रसाद अर्यालले बुधबार शिलान्यास गरे । दुवै भवन निर्माणका लागि चार अर्ब बढी रुपैया खर्च गर्ने अस्पतालको योजना छ।

तिन अर्ब रुपैयाको लगानीमा पोखरा–२७ रिट्ठेपानि स्थित छत्रेढुंगामा  रहेको ४ लाख ५० हजार वर्ग फिट क्षेत्रफलको जग्गामा अत्याधुनिक सुबिधा सहितको बिशिष्टिकृत भवन बन्ने र त्यहाँ नै ७ सय ५० शैयाको अस्पताल संचालनमा ल्याइने अस्पतालका अध्यक्ष खुमा अर्यालले गुरुकुल खबरलाई जानकारी दिए । कलेज भवन बनेपछि हाल पोखरा नयाबजारमा रहेको स्थान र नयाँ भवन दुबै स्थानबाट अस्पताल संचालन गरिने छ। हालको अस्पताललाइ सिटि अस्पतालको रुपमा र नयाँ भवनबाट विशिष्टीकृत सेवा सहित अस्पताल संचालन हुने अस्पतालका मेसु डा. टुमाया घलेले जानकारी दिईन।

अस्पताल भवनको नजिकै रहेको अर्को जग्गामा शैक्षिक भवन बनाईने र उक्त भवन बनाउन एक अर्ब रुपैया भन्दा बढी  खर्च हुने भएको छ शैक्षिक भवन १ लाख १४ हजार वर्ग फिट क्षेत्रफलमा बनाईन लागेको उनको भनाई छ ।

अस्पतालका अध्यक्ष खुमाप्रसाद अर्यालले विरामीको चाप बढेसँगै पोखरेलीलाई थप सेवासहित विशिष्टिकृत सेवा दिनका लागि नया मेडिकल कलेज भवन र शैक्षिक भवन निर्माण गर्न लागिएको बताए । उनले भने,‘गण्डकी मेडिकल कलेज जनताको आशा र भरोसाको केन्द्र बनेको छ । यसलाई थप विश्वासिलो र सुविधा सम्पन्न बनाउने प्रयास अन्तर्गत हामीले थप दुई भवन निर्माण गर्न लागेका हौं ।’

लेखनाथको रित्ठेपानी क्षेत्रमा नया भवन बनेर त्यहाबाट सेवा शुरु भएपछि हाल पोखराको नयाबजारमा रहेको अस्पताल र मेडिकल कलेजलाई सिटी अस्पतालका रुपमा सञ्चालन गरिने भएको छ ।

गण्डकी मेडिकल कलेजका प्राचार्य प्रा.डा.रवीन्द्रप्रसाद श्रेष्ठले अस्पतालले नया भवनमा क्यान्सर केन्द्रीत उपचार र मृगौला डायलाईसिस गर्ने लगायत गम्भीर प्रकृतिका बिरामीको उपचारमा केन्द्रित गरिने स्पष्ट पारे। यसका लागि अत्याधुनिक उपकरणहरु ल्याईने उनले जानकारी दिए ।

गण्डकी मेडिकल कलेजले ब्लड बैंक, १.५ टेस्लाको अत्याधुनिक एमआरआई, १६४ स्लाईसको सिटी स्क्यान, अत्याधुनिक प्रविधियुक्त क्याथ ल्यावसहित हृदयरोग केन्द्र र कार्डियाक सेन्टरमार्फत मुटुका विरामीको उपचार गर्दै आएको कम्पनीका सचिब सन्तोषकुमार खनालले जानकारी दिए ।

स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले २०६४ सालमा  गण्डकी मेडिकल कलेज अस्पतालको स्थापना भएको हो। स्थापनाको १९ औं वर्षमा आइपुग्दा कम्पनीले स्वास्थ्य सेवा प्रदान गर्ने अस्पताल तथा चिकित्सा शिक्षा प्रदान गर्न प्राज्ञिक भवनमा ५ अर्ब लगानी गरिसकेको जनाएको छ ।

जिएमसीबाट हालसम्म स्नात्तकमा एमबिबिएस/बिडिएसतर्फ ६ सय ५९ र नर्सिङ तथा एलाइड साइन्सतर्फ २ सय २१ जनाले उत्तीर्ण गरिसकेका छन् । स्नातकोत्तरमा एमडी/एमएस तथा एमपिएचतर्फ गरी ५० जना दक्ष जनशक्ति तयार भइसकेका छन् ।

संस्थाले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा १ हजार २ सय जनालाई रोजगारी प्रदान गर्दै आएको र वार्षिक रुपमा दुई लाख भन्दा बढी विभिन्न प्रकृतिका बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरिरहेको अस्पतालका अधिकृत कृष्ण पौडेलले गुरुकुल खबरलाई जानकारी दिए ।

अस्पतालले नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तरर्गत संचालित विभिन्न निःशुल्क सेवाहरु डायलासिस, आमा सुरक्षा कार्यक्रम, क्यान्सर रोगको उपचार, मस्तिष्क घात र क्षयरोग कार्यकम साथै नेपाल सरकारबाट सञ्चालित स्वास्थ्य बीमा कार्यकम प्रारम्भ कालदेखि नै संचालनमा ल्याएको अस्पतालका मेसु डा. टुमाया घलेले बताईन ।

साथै भुतपूर्व भारतीय गोर्खा सैनिकहरु र कर्मचारी संचय कोषको नेपाल भरिका सञ्चयकर्तालाई विशेष छुट दिईने व्यवस्था गरेको छ । पोखरा क्षेत्रमा संचालित विभिन्न सहकारी संस्था, वित्तिय संस्था, इंन्स्योरेन्स कम्पनी, यातायात व्यवसायी तथा नेपाल पत्रकार महासंघसँग सम्झौता गरि ति संस्थासँग आवद्ध सदस्य तथा कर्मचारीहरुलाई सहुलियत दरमा उपचार प्रदान गर्दै आइरहेको छ । त्रि.वि.वि. का आङ्गीक कलेजहरुमा अध्ययनरत विद्यार्थीहरुलाई समेत सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले त्रि.वि.वि.को विद्यार्थी कल्याणकारी कोषसँग सम्झौता गरी सेवा प्रदान गर्दै आइरहेको अस्पतालले जनाएको छ ।

१३ भाद्र २०८१, बिहीबार १९:५५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा