Play

सार्दीखोलामा संचालित महायज्ञमा एक करोड बढी संकलन, पुग्ला त चार करोड ?

गुरुकुल खबर


पोखरा, कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा न. २ गैर्हा खेलमैदानमा आयोजना गरिएको श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सवमा पुग्ने भक्तजन र दाताहरुको संख्या बढ्दै गएको छ। यहि भदौ ६ गतेदेखि आगामी भदौ १४ गतेसम्म संचालन हुने उक्त महायज्ञमा संकलित रकमबाट स्थानीय बासिन्दाहरुको लागि एकीकृत धार्मिक स्थल निर्माण गर्ने योजना अगाडी सारिएको छ।

जसअनुसार स्थानीय घोप्टेडांडामा एकीकृत धार्मिक स्थलको रुपमा बिकास गर्ने र त्यसका लागि  बिशाल शिब मुर्ति, बुद्ध मन्दिर र क्होईबो धीं निर्माण गर्ने साथै स्थानीय ब्राह्मण, क्षेत्री, गुरुङ, तामांग, मगर लगायतका जातजातीको संस्कृति संरक्षण गर्न पुराना सामग्री सहितको संग्रहालय निर्माण गर्ने लक्ष राखिएको छ।

भुर्जुङखोलाको खाँदरजुङ्गस्थ्ति घोप्टेडाँडालाई बिशेष पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न अर्थ संकलन गर्ने प्रमुख उद्देश्यले संचालन गरिएको उक्त महायज्ञबाट ४ करोड रुपैया संकलन गर्ने लक्ष राखिएको भएपनि हालसम्म एक करोड रुपैया बढी दान सहयोग जुटेको बुझिएको छ। अर्थ संकलन उपसमितिका सहसंयोजक बिपुल शर्माका अनुसार मंगलबार महायज्ञमा मंगलबार २८ लाख रुपैया संकलन भएको थियो भने सोमबार ३८ लाख रुपैया संकलन भएको थियो । महायज्ञमा लक्ष अनुसारको ४ करोड संकलन हुन भने कठिन जस्तै देखिएको छ ।

घोप्टेडांडा क्षेत्रलाई पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्ने लक्ष पुरा गर्न प्रस्तावित संरचना निर्माण गर्न करिब २५ करोड रुपैया खर्च हुने अनुमान गरिएको जानकारी सार्दीखोला-२ का वडाध्यक्ष महायज्ञ आयोजक समितिका गणेश आचार्यले गुरुकुल खबरलाई जानकारी दिए महायज्ञबाट लक्ष गरेअनुरुपको रकम संकलन हुने सम्भावना भने कम रहेको स्थानीय बासिन्दाहरु बताउछन्।

पण्डित दिपक प्रसाद पौडेल प्रमुख बाचक रहेको उक्त महायज्ञलाई प्रभावकारी रुपमा सम्पन्न गर्न सर्वजित गुरुङ अध्यक्ष र गिरिधारी आचार्य उपाध्यक्ष रहेको मूल आयोजक समिति गठन गर्नुको साथै विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । अर्थ समितिका सहसंयोजक रहेका बिपुल शर्माका अनुसार अर्थसमितिको संयोजकमा टेकराज आचार्य , प्रचार प्रसार संयोजकमा कृष्ण प्रसाद गौतमलाई मनोनित गरिएको छ। यसै गरि सचिबालय ब्यबस्थापन संयोजकमा शेरमान जिसी र प्रसाद ब्यबस्थापन समितिमा माधब आचार्य ( बुढा घरे ) लाइ संयोजक राखिएको र आबश्यकता अनुसार अन्य समिति समेत बनाईने उनले जानकारी दिईन ।

सोमबार श्रीकृष्ण जन्माष्टमी पर्व समेत परेकाले बृहत धार्मिक महोत्सबको रुप दिईएको उक्त महायज्ञमा सहभागी  हुनेको संख्या अघिल्ला दिनको भन्दा उल्लेखनीय रहेको थियो । सोमबार महायज्ञमा एकै दिनमा रु ३८ लाख ५१ हजार चार सय ५१ संकलन भएको धार्मिक महोत्सवका संरक्षक समेत रहेका वडाध्यक्ष गणेश आचार्यले जानकारी दिए ।

‘श्रीकृष्ण जन्माष्टमीको दिन समेत परेकोले सोमबार महायज्ञमा सहभागी हुने, भजनकिर्तन गर्ने भक्तजनहरुको उपस्थिति अरु दिनको भन्दा बढी भयो र दान रकम पनि केहि बढी संकलन भयो’ वडाध्यक्ष आचार्यले भने।

महायज्ञको आयोजक समेत रहेकी माछापुछ्रे गाउँपालिकाको कार्यपालिका सदस्य एबम सोहि वार्डकि वडासदस्य शर्मिला तामांगकाअनुसार महायज्ञमा सार्दिखोला सहित घाचोक, माछापुच्छ्रे, लाहाचोक, रिभान, पुरुनचौर तथा लामाचौरबाट समेत संघसंस्था, आमा समूह तथा भक्तजनहरुको उपस्थिति रहेको थियो । यसका साथै पोखराबाट नेपाली काँग्रेसका केहि नेताहरु पनि उक्त दिन महायज्ञमा सहभागी भएका थिए ।

महायज्ञमा सोमबार गण्डकी रेन्बो ट्राउटका सञ्चालक अमृत गुरुङ र लक्षिन प्रसाद गुरुंगको परिवारबाट अर्थात कृष्ण गरुंग र बिष्णु गुरुङबाट पाँच लाख २५ हजार पाँच सय २५ र सार्दिखोलाका पर्यटन व्यवसायी तथा सामाजिक व्यक्तित्व मीम तामाङले रु एक लाख ४५ हजार सहयोग महायज्ञमा दान गरेको अर्थ संकलन उपसमितिका सहसंयोजक बिपुल शर्माले जानकारी दिए । यसै गरि स्थानीय सिता पौडेलले १ लाख १ हजार, बिष्णुदेबी आचार्यले १ लाख १ हजार १ सय रुपैया दान दिएको समेत उनले बताए।

माछापुच्छ्रे गाउँपालिका–२ खैमराङ जन्म भई हाल अष्ट्रेलियामा बसोबास गर्दै आएकी शोभा तामांग र उनका श्रीमान विजय लामा र छोरा सोल लामाले महायज्ञमा रु एक लाख एक हजार एक सय एक दान गरेको छन उक्त रकम शोभाका  बुबा हिराबहादुर पाख्रिन तामाङ र दाजु आइरामले हस्तान्तरण गरेका थिए ।

सोहि दिन महायज्ञमा पुगेका नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, गण्डकी प्रदेशका प्रबक्ता माधब बाँस्तोला, नेपाली काँग्रेसको तर्फबाट गण्डकी प्रदेशका सांसद प्रकाश बराल, नेपाली काँग्रेस कास्कीका सहसचिब शंकर ढुंगाना, गण्डकी प्रदेशका आमन्त्रित सदस्य खिमलाल बाँस्तोलाले जनही ५ हजार रुपैया दान गरेका थिए भने माछापुच्छ्रे गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारीले २५ हजार रुपैया महायज्ञको लागि दान गरेको महायज्ञका आयोजकहरुले जानकारी दिएको छन । यसै गरि कास्की कांग्रेसका उपसभापति युबराज कुँवरले खाना नफालौ अभियानको तर्फबाट भन्दै दान सहयोग गरेका थिए।

उक्त दिन पोखराबाट महायज्ञमा पुगेका नेपाली काँग्रेस केन्द्रीय प्रचार बिभागका सदस्य गंगाधर पराजुली, नेपाली काँग्रेस कास्की जिल्ला सदस्य कमला बिन्दु बराल, क्षेत्र न. ३ का सहसचिब शीतल अधिकारी सोहि गाउँपालिकाका वडा नं ५ का वडाध्यक्ष नारायण प्रसाद पौडेल सहित बिजय गुरुङ, महेश तिमिल्सिना, आइन्दल गुरुङ लगायतले पनि महायज्ञमा दान गरेको आयोजक शिवालय मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सर्वजित गुरुङले जानकारी दिए । नेपाली कांग्रेसका केहि नेता र कार्यकर्ता बुधबार पनि पोखराबाट महायज्ञमा जाने भएका छन्।

शिवालय मन्दिर व्यवस्थापन समितिले यही भदौ ६ गतेदेखी श्रीमद्भागवत महापुरारण तथा ज्ञान महायज्ञका माध्यमबाट रकम संकलन गरी घोप्टे डाँडामा विभिन्न धार्मिक संरचना निर्माण गरेर पर्यटकीय गन्तव्य बनाउने लक्ष्य सहित गैराको खेल मैदानमा महायज्ञ आयोजना गरिएको हो ।

स्थानीय ललित ताम्राकारले महायज्ञमा सार्दीखोलाका स्थानीय मात्र नभएर पोखरा लगायत विभिन्न स्थानबाट सहयोगीहरु आउने बाताबरण तयार गर्नुपर्नेमा संयोजन र प्रचारप्रसारमा केहि कमि भएको महशुस गरेको बताए।

१२ भाद्र २०८१, बुधबार ०८:०४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा