Play

पोखरा -२४ कास्कीकोट स्थित राधाकृष्ण मन्दिरमा कृष्णजन्माष्टमी पर्ब मनाईदै

गुरुकुल खबर


पोखरा, नेपाल बृन्दावन धाम कास्कीले पोखरा महानगरपालिका -२४ कास्कीकोट स्थित राधाकृष्ण मन्दिरमा कृष्णजन्माष्टमी पर्ब बिबिध कार्यक्रमका साथ मनाउने भएको छ। प्रस्तावित बृन्दावन धाम निर्माण स्थलमा रहेको राधाकृष्ण मन्दिरमा विभिन्न कार्यक्रम गरि कृष्णजन्माष्टमी पर्ब मनाउन लागिएको संस्थाका कास्की शाखा अध्यक्ष तथा पोखरा महानगरपालिका -२४ का पूर्व वडाध्यक्ष ओम सुबेदीले गुरुकुल खबरलाई जानकारी दिए।

कार्यक्रम अन्तर्गत भदौ १० र ११ गते राधाकृष्ण मन्दिर बिहान देखि बेलुका सम्म दर्शनको लागी खुला रहनेछ र भदौ १० गते बेलुका ७ बजे देखि १२ बजे सम्म मन्दिरमा पुजाआजा सहित भजनकृतन गरिनेछ। कार्यक्रममा कास्कीकोटका स्थानीय बासिन्दाहरुको साथै राधाकृष्णका भक्तहरु बिभिन्न स्थानबाट त्यहाँ पुग्ने नेपाल बृन्दावन धाम कास्कीका सचिब डिल्लीराम भट्टराईले बताए।

यसका साथै भदौ ११ गते बिहान ११ बजे दहि छ्याप्ने कार्यक्रम सहित राधाकृष्ण सहितको रथ यात्रा गरिने कार्यक्रम रहेको बुझिएको छ।  पोखरा-२४ कास्कीकोट स्थित मौला परिसरबाट र्याली सहित दहिको होली छ्याप्दै नेपाल बृन्दावन धाम निर्माण स्थलमा रहेको राधाकृष्ण मन्दिरसम्म भक्तजनहरु पुग्ने कार्यक्रम रहेको छ।

कास्कीकोटमा बृन्दावन धाम निर्माणको लागि संस्थाले कास्कीकोटको औलाको थामस्थित करिब १ सय रोपनी खाली सार्बजनिक जग्गा उपलब्ध गराईदिन नेपाल सरकार संग माग गरिरहेको छ। जग्गा प्राप्तिको प्रक्रिया जारी रहेको र यसका लागि पोखरा महानगरपालिका र वडा न. २४ कार्यालयबाट आबश्यक समन्वय र सहयोग भैरहेको नेपाल बृन्दावन धामका केन्द्रीय अध्यक्ष विश्वराज गौतमले गुरुकुल खबरलाई जानकारी दिए।

उक्त जग्ग्गा सार्बजनिक जग्गा रहेको र जग्गा प्राप्तिको प्रक्रियामा केहि समय लागेको कारण धाम निर्माणको कार्य शुरु गर्न नसकिएको समेत गौतमले जानकारी दिए। जग्गा प्राप्तिको प्रक्रिया पुरा भएमा धामको निर्माण कार्य शुरु हुने जानकारी दिंदै उनले भने – “जग्गा प्राप्त भएपछि नेपाल सहित अमेरिका र भारतका विभिन्न धार्मिक व्यक्तित्व र संस्थाहरुबाट समेत  धाम निर्माणको लागि सहयोग प्राप्त हुने आश्वासन मिलेको छ।”

उक्त स्थानमा बृन्दावन धाम निर्माण हुन सके कास्कीकोट क्षेत्रमात्र नभएर पोखरा र समग्र गण्डकी प्रदेशमा नै धार्मिक पर्यटकको आकर्षण बढ्ने बिस्वास धेरैको छ। भारतमा रहेको वृन्दावन धामकै स्वरुपमा निर्माण गर्न प्रस्ताब गरिएको उक्त धामका कारण भारतीय धार्मिक पर्यटक सहित अन्य पर्यटकहरु समेत आकर्षित हुने बिश्वास ब्यक्त गर्दै संस्थाका उपाध्यक्ष गंगाधर पराजुलीले कास्किकोटको पर्यटकीय संगै अन्य क्षेत्रको बिकासमा ठुलो टेवा पुग्ने बिश्वास ब्यक्त गरे।

कास्कीकोटमा प्रस्तावित उक्त धाम निर्माणको लागि झन्डै २ अर्ब रुपैया खर्च हुने अनुमान गरिएको छ ।

https://fb.watch/ub9jys5YXo/

९ भाद्र २०८१, आईतवार २३:३१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा