Play

राजसंस्थालाई सहमति मै अभिभावकको रुपमा राखौं – कमल थापा 

गुरुकुल खबर


काठमाडौं,  राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल र नेपालीको अस्तित्व रक्षाको लागि राजसंस्थाको महत्त्वपूर्ण योगदान रहेको भन्दै अभिभावकको रुपमा सहमति मै राजसंस्था राख्न आग्रह गरेका छन् ।

राप्रपा नेपाल काठमाडौं- ८ क्षेत्रीय समितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले धर्म,संस्कृती,मूल्य,मान्यता मासेर देश बिकास नहुने भएकोले सनातन धर्मको संरक्षण गर्दै हिन्दुराष्ट्र बनाउनु पर्नेमा जोड दिए ।

युबाहरुको भबिष्य बरबाद गर्ने अहिलेको ब्यबस्थाले भ्रष्टाचार र कुशासनलाई सस्थागत  गरेको आरोप लगाउंदै उनले भ्रष्ट तन्त्र र ब्यबस्था धेरै लामो समय नटिक्ने समेत बताए  ।

थापाले कुशासन भ्रष्टाचार गरेर देशलाई बर्बाद गर्ने भ्रष्ट ब्यबस्था र शासकको अन्त्यको लागि नेपाली जनता जुर्मुराउनु पर्ने समय आएको भन्दै बलियो राष्ट्रबादी, प्रजातन्त्रबादी, हिन्दुबादी, राजसंस्थाबादि शक्ति बनाउने हो भने राप्रपा नेपाल बलियो बनाउन सबैले सहयोग गर्नुपर्ने आबश्यकता औल्याए ।

कार्यक्रममा डाक्टर बिष्णु भण्डारी , राजाराम बर्तौला, प्रदिप कार्की ,उज्वल पोखरेल लगायतले बोलेका थिए ।

६ भाद्र २०८१, बिहीबार १९:४९ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा