Play

सिटीवान टेलिभिजनले तेस्रो संस्करणको तीज गीत मेला गर्ने

गुरुकुल खबर


पोखरा,  गण्डकी प्रदेशको राजधानी पोखरामा मुख्य कार्यालय रहेको सिटिवान टेलिभिजनले महिलाहरुको महान चाड तीजलाई मध्यनजर गरि सास्कृतीक तीज गीत प्रतियोगिता गर्ने भएको छ । “तीजको वेला सिटीवानको सास्कृतीक मेला, तेस्रो खुल्ला तीज गीत प्रतियोगिता–२०८१” नाममा टेलिभिजनले तीजका सास्कृतीक पक्षहरुको संरक्षण गर्ने उद्धेश्यले मेला आयोजना गरेको टेलिभिजनले जनाएको हो ।

टेलिभिजनका प्रवन्ध निर्देशक अनिशा श्रेष्ठले पछिल्लो समयमा डिजिटल प्रविधिको प्रयोकका कारण नेपालीहरुका कतिपय संस्कृतीहरु लोप हुन लागेको भन्दै प्रतियोगिता आयोजना गरेको बताईन। पहिलो र दोस्रो सस्करण पछि यही भाद्र १५ र १६ गते तेस्रो सस्करणको प्रतियोगिता गर्न लागिएको बुझिएको छ।

करिव ६० समुहको सहभागिता रहने अनुमान गरिएको सो प्रतियोगीतामा विपत् व्यवस्थापनमा महिलाको भूमिका, महिला हिसां, पर्यटन प्रर्बदन, सरसफाइ, बैदेशिक रोजगार, उधमशिलता, शिक्षाको महत्व, स्थानीय सरकार तथा लागु पदार्थ दुर्व्यसनी जस्ता सामाजिक बिषयसंग सम्बन्धित गीतलाई प्राथमिकता दिईने भएको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार, द्धितिय पुरस्कार ३० हजार, तृतिय पुरस्कार २० हजार, शान्त्वना पुरस्कार १० हजार, उत्कृष्ट नृत्य ५ हजार, उत्कृष्ट भेषभुसा ५ हजार र उत्कृष्ट शव्दलाई ५ हजार रुपैया पुरस्कार दिईने छ ।

टेलिभिजनका अध्यक्ष पवन प्रजापतीले पछिल्लो अवस्थामा तीज सस्कृतीको प्रबर्दन गर्न प्रतियोगीता आयोजना गर्न लागेको जानकारी दिए। उनले भने–“गण्डकी प्रदेशमा सञ्चालन भएको टेलिभिजनले नेपालका विभिन्न संस्कृतिको संरक्षण र जर्गेना गर्दै समाजका हरेक उत्कृष्ट विषयहरुलाई आफ्नो विषय वनाएर सार्वजनिक कार्यक्रमहरु पनि आयोजना गर्ने उद्धेश्य लिएको छ ।”

मेलाको अवसरमा तीज संस्कृति र आजको आवश्यकता शीर्षकमा प्रदेश स्तरीय राउण्ड टेवल कार्यक्रम संचालन गर्ने  कार्यक्रम संयोजक चिनु गुरुङ्गले जानकारी दिईन । उनका अनुसार मेलामा सहभागी सवैलाई दर संस्कृतीको वारेमा जानकारी दिने कार्यक्रम समेत रहेको छ । कार्यक्रम सम्पन्न गर्न करिव १२ लाख खर्च हुने कार्यक्रमका सह संयोजक सरला त्रिपाठीले जानकारी दिईन

३ भाद्र २०८१, सोमबार १९:४१ मा प्रकाशित
Nabintech