Play

नेशनल प्याथ ल्याबको नबौं शाखा पोखरामा, सामान्य परिक्षण देखि बिशेष सेवा उपलब्ध हुने

गुरुकुल खबर


पोखरा,  आमनागरिकको स्वास्थ्य उपचार सेवालाई सुदृढ तुल्याउन र स्वास्थ्य सेवा प्रणालीलाई स्थानीय स्तरमा सहजरुपले उपलब्ध गराउने उद्देश्यका साथ स्वास्थ्य प्रयोगशालाहरु खुल्ने क्रम जारी छ। मानिसको शरीरमा रहेका विभिन्न रोगको खोजपडताल, निदान, रोकथाम, उपचार, अनुसन्धान र स्वास्थ्य प्रबर्धनको लागि विश्वसनीय प्रयोगशाला आबश्यकता मध्यनजर गर्दै अत्याधुनिक सेवा र सुबिधा सहित प्रयोगशालाहरु खुल्ने क्रम बढेको हो।

यसैक्रममा नेपालको अग्रणी र पहिलो अत्याधुनिक प्रयोगशाला नेशनल प्याथ ल्याबले आफ्नो नवौं शाखा पोखरामा विस्तार गरेकोे छ । पोखराको हस्पिटलचोकमा सञ्चालनमा आएको ल्याबले सामान्य परीक्षणदेखि विशेष सेवा दिनेछ।

२०६९ सालमा बुटवलबाट सुरु भएको नेशनल प्याथ ल्याबले यस अगाडी काठमाडौँ, बुटवल, भैरहवा, गुल्मी, अर्घाखाँची, घोराही, तुलसीपुर र धनगढीमा प्रयोगशाला संचालनमा ल्याईसकेको छ। जसमध्ये काठमाडौं र बुटवल शाखा राष्ट्रिय- जनस्वास्थ्य प्रयोगशालाबाट ‘ए’ ग्रेडको मान्यता पाएका प्रयोगशाला हुन। पोखरा शाखा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाद्वारा ‘बि’ ग्रेडमा सूचिकृत छ।

सबै खाले परीक्षण पोखरामै सम्भव हुनेगरि अत्याधुनिक उपकरणसँगै दक्ष प्राविधकको व्यवस्थापन गरिएको  उक्त ल्याब तीन करोड रुपैयाँको लागतमा पोखरामा सञ्चालनमा ल्याईएको हो ।

प्रयोगशालामा हिस्टोप्याथोलोजी, साइटोप्याथोलोजी, मोलिक्युलर बायोलोजी (पीसीआर), इम्युनोलोजी लगायतका विभाग छन् । मृगौला प्रत्यारोपणसम्बन्धि परिक्षण, बाथरोग, एमटिभी पीसीआर, हर्मोन, क्यान्सर मार्कर, भिटामिन, पिसाब तथा रगतको कल्चर, पाठेघरको क्यान्सरको साथै अन्य क्यान्सरको परीक्षण र होलबडी परीक्षणको प्याकेजसमेत रहेको ल्याबका प्रबन्ध निर्देशक पवन जोशीले गुरुकुल खबरलाई जानकारी दिए ।

“रेस्पिरेटररी प्यानल, ग्यास्ट्रोइन्टेस्टाइनल प्यानल, मेनेन्जाइर्टस, इन्सेफ्लाइर्टस प्यानल लगायतका परीक्षणको सुविधा नेशनल प्याथ ल्याबमा उपलब्ध छन् । हामीले गुणस्तरमा पनि उत्तिकै जोड दिएका छौं” जोशीले भने ।

नेसनल प्याथल्याबका अध्यक्ष रुद्र बहादुर कार्कीले गुणस्तरीय ल्याब सेवा प्रदान गर्नका लागि पोखरामा प्रयोगशाला स्थापना गरिएको बताउंदै स्वास्थ्य परीक्षणका लागि डिजिटल प्रविधिद्वारा घरबाटै नमुना संकलन गर्ने व्यवस्था मिलाइएको र बिरामीका आफन्तले अनलाइनबाटै रिपोर्ट हेर्न जानकारी दिए ।

आर्थिक अवस्था कमजोेर भएका विपन्न वर्गका बिरामीका लागि प्रयोगशालामा निशुल्क जाँचको व्यवस्था मिलाइएकोे पोखरा शाखा प्रमुख अच्युतराज अधिकारीले बताए । ग्रामिण क्षेत्रमा स्वास्थ्य सम्बन्धि जनचेतना जगाउने र निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने समेत उनले जानकारी दिए ।

नमुना परीक्षण र कर्मचारी संख्याका हिसाबले नेशनल प्याथ ल्याब नेपालकै ठूलो प्रयोगशाला मानिन्छ । पोखराको प्रयोगशालामा २२ जनाले रोजगारी पाएको जानकारी संचालकले दिएका छन् ।

शुभारम्भको अवसरमा ल्याबले दुई हजार रुपैयामा होल बडी चेकअप गर्ने गरि बिशेष छुटको अफर ल्याएको जनाएको छ।

३२ श्रावण २०८१, शुक्रबार २१:१८ मा प्रकाशित
Nabintech