Play

स्कुल बसमा ट्राफिक प्रहरीको निगरानी, तीनवटा स्कुल बसलाई कारबाही

गुरुकुल खबर


पोखरा, सवारी दुर्घटनामा कमि ल्याउनको लागि पोखरामा ट्राफिक प्रहरीले केहि सक्रियता देखाउन लागेको छ।  यसक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले बुधबार कास्की जिल्ला भित्र संचालन हुने स्कुल बसको अबस्था, बसमा राखिने बिद्यार्थीको संख्या र सिट क्षमता एबम बसको गति अनुगंमन गरेको छ।

पोखराको जिरो किलोमीटर चोकको सडकमा बसेर ट्राफिक प्रहरीले ५५ वटा बसको चेकजाँच गरेकोमा ३ वटा स्कुल बसले सिट क्षमता भन्दा बढी बिद्यार्थीहरु बोकेको भेटिएको थियो।  त्यसपछि नियम अनुसार कारबाही गरिएको कास्की प्रहरीका सूचना अधिकारी बसन्त कुमार शर्माले गुरुकुल खबरलाई जानकारी दिए । बसलाई कारबाही गरिएको भनिए पनि कुन कुन स्कुलका बसले सिट क्षमता भन्दा बढी बिद्यार्थी राखेको हुन् भन्ने जानकारी भने प्रहरीले दिएको छैन ।

चेकजाँचको क्रममा अन्य सवारी साधनहरुमा जिल्ला ट्राफिक कार्यालय कास्कीबाट तयार गरिएको स्पिड लिमिट सम्बन्धी ५५ थान स्टिकरहरु टाँस गरी सडक सुरक्षा एबम सवारी दुर्घटनाका बारेमा आबश्यक जानकारी गराइएको प्रहरीले जनाएको छ ।

३० श्रावण २०८१, बुधबार २२:१६ मा प्रकाशित
Nabintech