Play

फेटोन र सेकोन ब्रान्डका गाडी बिक्रि गर्न एमएडब्ल्यूको कमर्शियल भेइकल्सको शाखा पोखरामा

गुरुकुल खबर


पोखरा,  एमएडब्ल्यू वृद्धि कमर्शियल भेइकल्स प्रा. लि.ले आफ्नो नयाँ शाखा पोखरामा विस्तार गरेको छ । विस्तारित शाखाको आइतबार एक कार्यक्रमका विच गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री राजीव गुरुङ र कम्पनीका प्रवन्ध निर्देशक तुषार गुप्ताले संयूक्तरुपमा उद्घाटन गरे ।

पोखराको बुद्धचोकमा रहेको शोरुमको उद्घाटन गर्दै मन्त्री गुरुङले अबको भविष्य भनेकै इलेक्ट्रिक सवारी साधनको भएको बताए । उनले भने, ‘देशमा जलविद्युतको द्रुत विकासको कारण विद्युतिय सवारी साधनको भविष्य छ । यसको प्रयोगले सवारी साधन मालिकलाई मात्रै होइन्, यसमा चढ्ने यात्रू, वातावरण सबै क्षेत्रमा राम्रो हुन्छ ।’उनले व्यवसायलाई मात्रै नहेरी आम ग्राहकको मन जित्नेगरि सेवा प्रवाह गर्नपनि कम्पनीलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै कम्पनीका प्रवन्ध निर्देशक तुषार गुप्ताले कम्पनीको तर्फबाट देशका कुना–कुनामा सेवा विस्तार भइरहेको बताउंदै कम्पनीको तर्फबाट ग्राहकवर्गमा कुनै गुनासो आउन नदिनेतर्फ सचेत रहेको जानकारी दिए । कम्पनीले यसै वर्षभित्र नारायणगढ र इटहरीमा पनि शाखा विस्तार गर्ने योजना रहेको उनले सुनाए ।

कम्पनीका बारेमा जानकारी दिँदै सेल्स प्रमुख नविन आचार्यले भविष्यको आवश्यकतालाई मध्यनजर गर्दै आफुहरुले विद्युतिय सवारी साधनहरु नेपाल भित्र्याएको बताए । चीनको उत्कृष्ट व्यवसायिक सवारी निर्माता कम्पनी फेटोन र सोकोन ब्राण्डका यात्रुवाहक, स्कुल र भारी बोक्ने विभिन्न मोडलका इभी सवारीहरु पोखरा शोरुममा उपलब्ध रहेको उनले जानकारी दिए।

कम्पनीका सर्भिस प्रमुख जयन्त बस्नेतले झण्डै ६ दशक समयदेखि ग्राहक वर्गको मन जित्न सफल कम्पनीले फोटोन र सोकोन ब्राण्डको सवारीको आधिकारिक विक्रेतासँगै सीएएलटी ब्याट्री र यसको स्पेयर पार्ट्सको आधिकारीक सेवा एजेन्टका रुपमा सेवा प्रदान गरिरहेको जानकारी दिए ।

कार्यक्रममा पोखरा शाखा प्रमुख किरण ओझाले अब कम्पनीका गाडी किन्नकै लागि काठमाण्डौं धाउनुपर्ने बाध्यता अन्त्य भएको बताउंदै फेटोन र सेकोन ब्राण्डका हाईरुफ ईभी भ्यान, टुनल्याण्ड, ईसीथ्रिसिक्स भ्यान लगायतका ब्राण्डहरु उपलब्ध रहेको जानकारी दिए । उनका अनुसार शोरुममा ११ देखि १६ सिटसम्मका ईभीहरु उपलब्ध छन् ।

कार्यक्रममा स्याङ्जा पोखरा गण्डकी यातायात प्रा.लि.का अध्यक्ष एवं लोकतान्त्रिक यातायात व्यवासयीक संघका केन्द्रिय सचिव भानुभक्त बरालले यातायात व्यसायीलाई कम्पनीको आधिकारीक शोरुम पोखरामामै सञ्चालन आउनु खुशीको कुरा भएको धारण व्यक्त गरे ।

२८ श्रावण २०८१, सोमबार १४:३१ मा प्रकाशित
Nabintech