Play

स्थापनाको छोटो समयमा नै फड्को मार्दै ‘होटल बाराही काठमाडौँ’, अन्य होटलको दाँजोमा उत्कृष्ट

गुरुकुल खबर


काठमाडौँ,  नेपालको पर्यटकीय राजधानी पोखराबाट होटल तथा पर्यटन ब्यबसायमा उदाएको होटल बाराहीले काठमाडौँमा संचालन गरेको ‘होटेल बाराही काठमाडौँ’ स्वदेशी र बिदेशी पर्यटकहरुमाझ लोकप्रिय बन्दै गएको छ। एक वर्ष अगाडीबाट संचालनमा आएको उक्त होटलले आफ्ना ग्राहकलाई प्रदान गर्दै आएको सेवा, होटलको लोकेसन, होटलको इन्टेरियर डिजाईन र होटलबाट देख्न सकिने काठमाडौँको मुख्य बजार क्षेत्र सहित आसपासको दृश्यका कारण पनि ग्राहकको रोजाईमा पर्न सफल भएको बुझिएको छ ।

चारतारे (फोर स्टार) स्ट्यान्डर्डको ‘होटल बाराही काठमाडौँ’  काठमाडौँको मुख्य केन्द्र मानिने नारायणहिटी दरबारको पश्चिम पट्टि ठमेल जाने चोकमा रहेको छ। केशरमहलको अगाडिको चोकैमा रहेको होटलमा आठ वटा स्वीट र ७२ वटा डिलक्स रुम गरि ८० वटा रुम रहेका छन् । होटलको रुमको संख्या १ सय सम्म पुर्याउने योजनामा होटल ब्यबस्थापन रहेको छ।

पछिल्लो समय युरोपियन, अमेरिकन र मध्यपुर्बका विभिन्न मुलुकका पर्यटकको बिशेष रोजाईमा परेको होटल बाराहीमा  अफसिजनको बेला दक्षिण एसियाली मुलुकका पाहुनाको संख्या उल्लेखनीय हुने गरेको छ। ट्रीप एडभाइजरले  काठमाडौँका ३ सय ८२ वटा तारे होटलबीचमा गरेको र्यान्किंगमा होटल बाराही काठमाडौँ पाँचौं नम्बरमा परेको छ भने बूकिंग डट कमले होटल बाराहीलाई १० मध्ये ९.१ नम्बर स्कोर दिएको  छ। यसका साथै गुगलले दिने कुल ५ स्कोर मध्ये बाराहीलाई ४.७ स्कोर दिएको छ । यसलाई दृष्टिगत गर्दा होटल बाराही काठमाडौँ स्वदेशमा मात्र नभएर बिदेशी पर्यटकहरु माझ पनि लोकप्रिय बनेको पुष्टि हुन्छ।

होटलमा कफी सप, रेष्टुरेण्ट, बार, प्राइभेट डाइनिङ हल समेत संचालनमा रहेका छन्। लाउन्ज र थिएटर सेटअपमा १२० जना अट्ने सभा हल समेत रहेको कारण विभिन्न कार्यक्रम, सेमिनार, गोष्ठी जस्ता कार्यक्रम समेत होटलमा हुने गरेका छन।

होटलका सबै जसो कोठाबाट काठमाडौँको मनमोहक दृश्य देख्न सकिन्छ यसका साथै होटलको सातौँ तलामा रहेको रेस्टुरेन्ट र स्विमिंगपुल अनि नबौं तलामा रहेको बार र माथिल्लो तलाबाट देखिने काठमाडौँको आकर्षक दृश्यले त्यहाँ पुग्ने सबैलाई मोहित बनाउने भएकोले पनि होटलमा एकपटक पुगेको ग्राहक पटक पटक पुग्ने गरेको छन। होटलको विभिन्न भागबाट तल हेर्दा बिर शमसेरले बनाएको फोहोरा दरबार, स्वप्न बगैंचा र नारायणहिटी दरबार होटलको आँगनमै भएको अनुभुति हुन्छ । त्यस्तै घण्टाघर, धरहरा, वसन्तपुर दरबार, ठमेल बजार, स्वयम्भू तथा उत्तरतर्फ शिवपुरीको हरियालीसँगै हिमश्रृंखला पनि होटलबाट सजिलै देख्न सकिन्छ।

होटलको सातौं तलामा ‘इन्फिनिटी स्वीमिङ पुल’ छ । स्वीमिङ पुलको मोहोडा तर्फ नारायणहिटी दरबार रहेकाले त्यहाँ पौडी खेल्दा वा बस्दा पनि नारायणहिटी दरबार सहित पूर्व र उत्तर तर्फका मनमोहक दृश्य देख्न सकिन्छ । साढे चार फिट गहिरो स्वीमिङ पुल करिब एक हजार एक सय स्क्वायर फिट क्षेत्रफलमा फैलिएको छ ।

करिब चार दशक अगाडि पोखराको लेकसाइडमा हरिप्रसाद पौडेलले नौवटा कोठा सहितको प्याराडाइज गेस्ट हाउस संचालन गरेका थिए सोही होटलमा पछि विभिन्न सुबिधा थप गर्दै होटल संचालन गर्ने क्रममा होटल बाराही नामाकरण गरिएको थियो ।

हरी प्रसाद पौडेलले होटल पर्यटन क्षेत्रमा गरेको लगानी र उनको समर्पणलाई उनका छोराहरु विप्लब पौडेल र बैभव पौडेलले अंगालेपछि होटल बाराहीको ख्याती र ब्यापार दुवै बढ्दै गएको छ। अहिले बाराही ग्रुप अन्तर्गतका सबै जसो होटल र अन्य ब्यबसायको ब्यबस्थापन बिशेष गरि विप्लव पौडेलले नै हेर्ने गरेका छन।

होटल बाराही काठमाडौँको कार्यकारी निर्देशक समेत रहेका विप्लव पौडेलका अनुसार उक्त होटल गत वर्ष जेठको पहिलो साता संचालनमा आएको थियो। सपिङ कम्प्लेक्स सहितको उक्त होटल निर्माण गर्न झन्डै डेढ अर्ब ( एक अर्ब पचास करोड)  खर्च भएको थियो। उमेरले युवा पौडेल होटल ब्यबसायीहरुको संस्था होटल संघको केन्द्रीय समिति र प्रदेश समिति सहितको विभिन्न जिम्मेवारीमा पनि बसिसकेका छन। यस बाहेक पर्यटनसंग सम्बन्धित अन्य संस्थामा समेत उनले विभिन्न जिम्मेवारी सम्हालीसकेका छन।

काठमाडौँमा संचालित होटल बाराही स्थापनाको छोटो समयमा नै स्वदेशी र बिदेशी पाहुनाबीच लोकप्रिय बन्न सफल हुनुको पछाडी होटलले दिने स्तरीय सेवा, उपयुक्त र आकर्षक ठाउँ, होटलको बनावट आदिको साथै होटलमा कार्यरत जनशक्ति समेत रहेको होटलका कार्यकारी निर्देशक पौडेलले गुरुकुल खबरलाई जानकारी दिए।

बाराही होटल काठमाडौँमा १ सय २० भन्दा बढी जनशक्ति कार्यरत छन । होटलका महाप्रबन्धक रोशन सापकोटासंग  डेढ दशक बढी समय विभिन्न होटलमा काम गरेको अनुभब छ। रोशनले होटल बाराहीको स्थापनाकाल देखि नै उक्त जिम्मेवारी लिएका हुन। यस अगाडी उनले नेपालको पोखरा, चितवन र काठमाडौँ लगायतका स्थानमा र दुबईमा समेत पर्यटकीय होटलमा काम गरेका थिए।

अन्य होटेलमा काम गरेको अनुभवले होटलको प्रबर्धनमा त सहयोग पुगेको त होला नै, तर होटल बाराहीको लोकेशन, होटलले पाहुनाहरुलाई प्रदान गर्ने आतिथ्यता, खानाका परिकार र तिनको गुणस्तर अनि होटलको इन्टेरियर डीजाईन समेतको कारणले पनि पाहुनाले निकै होटल निकै मन पराएको बताउछन, महाप्रबन्धक सापकोटा। उनका अनुसार सिजनमा होटल भरिभराउ हुने गरेको र अफ सिजनमा पनि ८० प्रतिशत अकुपेन्सीमा चलिरहेको छ।

महाप्रबन्धक सापकोटाले गुरुकुल खबरलाई दिएको जानकारी अनुसार काठमाडौँको होटल बाराहीलेले होटलभित्र ‘प्लास्टिक फ्री’ अभियान चलाएको र त्यसलाई पाहुनाहरुले पनि मन पराएका छन। सिंगापुरमा अबको ६ वर्ष भित्र सबै होटलहरुले दिने सेवा प्लास्टिक फ्री अर्थात् बाताबरण मैत्री हुनुपर्ने ब्यबस्था गरिएको छ भने ग्रिसमा पनि सन २०३० सम्ममा सबै होटलहरु बाताबरण मैत्री हुनु पर्ने भनि त्यहाँको कानुनमा नै ब्यबस्था गरिएको छ। नेपालमा पनि ढिलो चांडो यस किसिमको ब्यबस्था आउन सक्ने भएकोले मात्र नभएर बाताबरण सरक्षणमा हाम्रो आफ्नो दायित्व समेतलाई सम्झेर प्लास्टिक फ्री अभियान संचालन गरिएको सापकोटाको भनाई छ।

होटल भित्र प्लास्टिकको कुनै सामान प्रयोग हुँदैन, होटलले बिश्व स्वास्थ संगठनको मापदण्ड अनुरुप पानिको प्रशोधन गरेर स्टेरिलाइज्ड गरेको शिशाको बोतलमा पाहुनाहरुलाई पिउने पानि उपलब्ध गराउछ। भने होटलले पाहुनाहरुलाई उपलब्ध गराउने अन्य बस्तुहरु पनि प्लास्टिक रहित हुने गरेको छन। होटलले प्लास्टिक प्रयोगमा कमि ल्याउनको लागि होटलभित्र मात्र नभएर होटल नजिक रहेका मठ मन्दिर र स्कुलहरुमा जनचेतनामुलक कार्यक्रम समेत गर्ने गरेको छ। होटल नजिक रहेको भद्रकाली मन्दिर, संकटा मन्दिर, हनुमान ढोका मन्दिर लगायतका धार्मिक स्थल र केहि सार्बजनिक स्कुल र अनास्थाश्रममा समेत होटलको टिम पुगेर व्यक्तिगत स्वास्थ्य र सरसफाई सम्बन्धि जनचेतना जगाउने, पिउने पानीको सेवा उपलब्ध गराउने गरेको छ भने ६/ ६ महिनामा होटलको पहलमा रक्तदान कार्यक्रम गर्ने गरिएको महाप्रबन्धक सापकोटाले बताए।

बाराही ग्रुपको लगानीमा चितवनमा बाराही जंगल लज, पोखरामा होटल बाराही, व्यञ्जन रेस्टुरेन्ट, सराङकोट माउन्टेन लज, आवास पोखरा, द बिच बार एन्ड लज समेत सञ्चालनमा छन् । बाराही ग्रुपको नेतृत्वमा पोखराको सेदीमा पाँचतारे होटल निर्माणाधीन छ, जहाँ १२ सय क्षमताको सभाहल समेत बन्दैछ।

बाराही ग्रुपले काठमाडौँमा निर्माण गरेको होटल व्यवसायिक कम्प्लेक्ससहितको होटल हो । कम्प्लेक्सको भुँइतलादेखि तीन तलासम्म अफिस र विभिन्न पसल रहने र बाँकी छ वटा तलामा होटल रहेको छ । सपिङ कम्प्लेक्स सहित होटल रहेको बाराही प्लाजाको आर्किटेक्टको काम ‘डिजाइन सेल’का अरुण देव पन्त र अन्जन श्रेष्ठले गरेका हुन् भने इन्टेरियर डिजाइनको काम सिद्धार्थ गोपालानले गरेका हुन् ।

२१ श्रावण २०८१, सोमबार १२:५५ मा प्रकाशित
Nabintech