Play

पोउवासंघको महाधिवेशन भदौको अन्तिममा, अध्यक्ष बन्ने चाहनामा कार्की र पोखरेल

गुरुकुल खबर


पोखरा, पोखरा उद्योग वाणिज्य संघको ७० औं वार्षिक साधारण सभा तथा ३५ औं अधिवेशन आगामी भदौ २८ र २९ गते पोखरामा हुने भएको छ।

संघका अध्यक्ष पवनकुमार प्रजापतिको अध्यक्षतामा मंगलबार बसेको संघको २६ औं कार्यसमिति बैठकले  भदौ २८ र २९ गते महाधिवेशन गर्ने निर्णय गरेको हो।

महाधिवेशन अन्तर्गत भदौ २९ गते हुने निर्वाचन कार्यक्रमको लागि संघका पूर्वअध्यक्ष कृष्णमोहन श्रेष्ठलाई निर्वाचन संयोजकको जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ।

निजी क्षेत्रको प्रतिनिधिमूलक एवं पोखराको जेठो सामाजिक संस्थाको रुपमा परिचित संघको महाधिवेशन घोषणासँगै चुनावी माहौल सुरु भएको छ।

संघको कार्यसमितिको अध्यक्ष बन्नको लागि बर्तमान समितिका बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की र यस अगाडिको महाधिबेशनमा अध्यक्ष पदका उपविजेता अर्जुन पोखरेलले सामाजिक संजाल मार्फत इछ्या प्रकट गरेका छन।

कार्कीले “म बर्तमानमा बरिष्ठ उपाध्यक्ष रहेको कारण स्वाभाविक रूपमा अध्यक्ष पदको उम्मेदवार बन्नेछु र जति सक्दो चाडै आफ्नो टिम (समूह) घोषणा सहित निर्वाचनमा सहभागी हुनेछु” भन्दै सामाजिक संजालमा आफ्नो भनाई सार्बजनिक गरेका छन।

यसैगरि अघिल्लो महाधिबेशनमा अध्यक्षका प्रत्याशी अर्जुन पोखरेलले कार्कीलाई जवाफ दिंदै लेखेका छन, “दाई शुभकामना छ ! दाजुभाई स्वच्छ र ब्यबसायीक अनि बैचारीक प्रतिष्पर्धा गर्ने है!”

कार्की र पोखरेलले सामाजिक संजालमा दिएको एस्तो प्रतिक्रियाका कारण दुवैजना बीच प्रतिष्पर्धा हुने सम्भावना देखिएको छ। तर चुनाब आउन करिब ४५ दिन बाँकी रहेकोले उनीहरु मात्र उमेदवार बन्लान ? अरु पनि आउलान ? सहमतीय आधारमा नेतृत्व चयन प्रक्रिया अगाडी बढ्ला ? अहिले नै केहि भन्न सकिने अबस्था छैन।

१५ श्रावण २०८१, मंगलवार २२:२८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा