Play

मानव बेचबिखन कम गर्न बिद्यार्थीलाई प्रशिक्षण

गुरुकुल खबर


पोखरा, मानव बेचबिखन कम गर्न सचेतना राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिले सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामसँगको सहकार्यमा मानव बेचबिखन कम गर्न सचेतना कार्यक्रम गरेको छ ।

पोखरा–५, मालेपाटनमा रहेको वाराहि माविमा कक्षा १२ का ६० विद्यार्थीलाई मंगलबार प्रशिक्षण दिइएको छ ।

अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवसको अवसरमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्की सामुदायिक शाखा इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक होतबहादुर रोकाहाले मानव बेचबिखनसम्बन्धी प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्रका पदाधिकारी, स्कुलका शिक्षक, राष्ट्रिय सम्पदाका पदाधिकारी र प्रहरी कर्मचारीसमेत सहभागी थिए ।

कार्यक्रममा सम्पदाका निवर्तमान अध्यक्ष सुनिल पाण्डेले संस्थाले विभिन्न प्रकारका सम्पदा संरक्षण, राष्ट्रिय अखण्डता, मानवअधिकार र मानवताका लागि काम गर्दै आएको जनाए । उनले भने, ‘मानव बेचबिखन जस्तो अपराधलाई शून्य बनाउनु जरुरी छ । वैदेशिक रोजगारीका नाममा अनेक रुपमा मानव बेचबिखन भइरहेको छ ।’

राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिका उपाध्यक्ष विणुप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमाम वाराही माविका प्रधानाध्यापक शिवप्रसाद भण्डारी, सम्पदाकी सचिव विन्देश्वरी बराल लगायतले बोलेका थिए ।

१५ श्रावण २०८१, मंगलवार २१:१० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
दर्ता नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा