पोखरा, नेपाली काँग्रेसका संस्थापक एबम नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ४२ औं स्मृति दिवसको सन्दर्भमा नेपाली काँग्रेस पोखरा महानगरपालिका -५ वडाकार्यसमितिको आयोजनमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका -५ स्थित चिल्ड्रेनपार्कमा आयोजित उक्त कार्यक्रममा विभिन्न जातका १ सय बिरुवा रोपिएको थियो।
कार्यक्रमको शुभारम्भ नेपाली कांग्रेस गण्डकी प्रदेशका सदस्य जीवन बास्तोलाले कार्यक्रमका सहजकर्ता रमेश श्रेष्ठलाई विरुवा हस्तान्तरण गरेर भएको थियो।
त्यस अबसरमा कृषिविज्ञ वीरेन्द्रबहादुर हमालले विरुवा रोप्ने तरिकाबारे जानकारी गराएका थिए भने वडा कार्यसमितिका सभापति प्रकाश कोइरालाले कार्यक्रमबारे जानकारी गराएका थिए।
पार्क व्यवस्थापन समिति अध्यक्ष शिवप्रसाद पराजुली र कांग्रेस शिवालय टोल सभापति शुभद्रा कोइरालाले वृक्षरोपण कार्यक्रमको समन्वय गरेका थिए।
वडा कार्यसमितिको उक्त कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य सिता शर्मा र देबी गुरुङ, किसान महासंघका प्रदेश कोषाध्यक्ष फणीन्द्रराज पराजुली, नेपाली काँग्रेस केन्द्रीय प्रचार बिभागका सदस्य गंगाधर पराजुली, क्षेत्रिय सहसचिब सितल अधिकारी, प्रदेश ख का उपसभापति पार्वतीदेबी कोइराला,किसान महासंघ कास्कीका उपाध्यक्ष जगन्नाथ गौतम, काँग्रेसका नेताहरु कृष्णप्रसाद तिमिल्सिना, डा. गोबिन्द लामिछाने, कपिलमणि दाहाल, भोलानाथ पराजुली, सुभद्रा कोइराला, प्रमोद कोइराला, गण्डकी प्रदेश प्रतिनिधि उर्मिला पौडेल र प्रदेश आमन्त्रित सदस्य प्रभा सुबेदी सहित काँग्रेसको वडा कार्यसमिति र पार्टीका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमको लागि सीताराम दाहाल, प्रगत कायस्थ र डिभिजन वन कार्यालयले विरुवा र मल सहयोग स्वरूप उपलब्ध गराएका थिए।