Play

सिद्धबराह आधारभूत स्कुललाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका वडा नं १० अमरसिंहचोकमा सञ्चालित आभाष अभिजित बेबिल्याण्डले आफ्नो प्रथम वार्षिकोत्सवका अवसरमा पोखरा महानगरपालिका वडा नं २३ स्थित सिद्धबराह आधारभुत विद्यालयका छात्रछात्राका लागि शैक्षिक तथा खेलकुदका सामाग्रीसँगै खाजाका सामाग्री वितरण गरेको छ ।

बेबिल्याण्ड सञ्चालन गरी बालबालिकाका लागि आवश्यक खेलकुद तथा पोशाकजन्य सामाग्री विक्री वितरण गर्दै आएका सञ्चालक बुद्धिराज भट्टराईले विक्रीको मुनाफाको केही अंश सहित असहाय एवम् अशक्त बालबालिकालाई लक्षित गरि बेबिल्याण्डमा राखिएको दान पेटिकाको रकमबाट सामान खरिद गरी विद्यालयलाई सहयोग गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि रहेका रासस गण्डकी प्रदेशका प्रमुख वासुदेव पौडेल र सञ्चालक भट्टराईले संयुक्त रुपमा विद्यालयका प्रधानाध्यापक दिलकुमारी ढुङ्गाना र विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष उपेन्द्र पराजुलीलाई स्टेशनरी, खाद्यान्न तथा खेलकुदका सामाग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा रासस गण्डकी प्रदेश प्रमुख पौडेलले आर्थिक विपन्नताका कारण अध्ययन सामाग्रीको अभावमा परेका विद्यार्थीका लागि यस किसिमको सहयोग महत्वपूर्ण हुने बताए ।

बेबिलइाण्डका सञ्चालक भट्टराईले व्यवसायसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत अशक्त तथा असहाय बालबालिकालाई केही सहयोग पुगोस् भन्ने हेतुले अशक्त तथा असहायका लागि सहयोगार्थ छुट्टै पेटिका समेत राखेर सहयोग जुटाउने गरेको जानकारी दिए।

विश्व कलायात्री प्राज्ञ नगेन सिंहले व्यवसायसँगै सामाजिक उत्तरदायित्व बहन गरी भट्टराईले सुरु गरेको यो अभियान अरुका लागि प्रेरणादायी बन्ने बताए।

२९ असार २०८१, शनिबार २१:४० मा प्रकाशित
Nabintech