Play

गण्डकी प्रदेशमा प्राकृतिक बिपत्तिमा परि ३९ को मृत्यु, दश करोड नघट्ने गरि प्रदेश विपद कोष स्थापना

प्राकृतिक प्रकोपबाट उत्पन्न अबस्थालाई सहज बनाउन गण्डकी सरकार प्रतिबद्द छ - मुख्यमन्त्री पाण्डे


गुरुकुल खबर


पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केही दिन देखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो लगायतका प्राकृतिक विपदमा परी धेरै नागरिकले ज्यान गुमाइसकेको र ठूलो संख्यामा नागरिकहरु बेपत्ता एबम घाइते भएको भन्दै दुख ब्यक्त गरेका छन।

ठुलो सख्यामा मानिसहरु विस्थापित हुन पुगेको, खेतीयोग्य जमीनमा क्षति पुगेको, देशभरकै सडक सञ्जाल अवरुद्ध भएको, सर्ब साधारण यात्रुहरु अलपत्र परेको भन्दै मुख्यमन्त्री पाण्डेले शुक्रबार जारी गरेको बिज्ञप्तिमा हाल उत्पन्न परिस्थितिले नागरिकको जनजीवन कष्टकर भएको जनाएका छन।

पाण्डेले बिहिबार बिहान मुग्लिंग-चितवनको सिमलताल सडक खण्डमा दुईवटा बसमा सवार छ दर्जन बढी यात्रुको अबस्था अज्ञात रहेको भन्दै पाण्डेले कास्कीमा ११ जना र म्याग्दीमा २ जना गरि १३ जनाको मृत्यु भएको उल्लेख गर्दै बिज्ञप्तिमा केहि दिनदेखिको प्राकृतिक बिपदमा परि गण्डकी प्रदेशमा मात्र ३९ जनाले ज्यान गुमाएको २ जना बेपत्ता भएको र २४ जना भन्दा बढी घाइते भएको जानकारी दिएका छन।

यस्तो अबस्थामा पिडित नागरिकको जीवन रक्षा, उढार र राहतको कार्यलाई थप व्यबस्थित र प्रभावकारी बनाउन गण्डकी प्रदेश सरकारले न्यूनतम् दश करोड मौज्दातमा नघट्ने गरि प्रदेश विपद् व्यवस्थापन कोष स्थापना गरेको स्पष्ट पारेका छन। यसैगरी जिल्लास्तरमा न्यूनतम दश लाखमा नघट्ने गरी जल्ला विपद् व्यवस्थापन कोष बनाइएको उनले जानकारी दिएका छन।

“प्रदेश गोदाम घरमा विपद् राहत सामाग्रीहरुको व्यवस्था गरिएको र विपद् प्रभावितहरुको न्यूनतम मानवीय जीवनयापनमा सहायता गर्ने
लक्ष राखिएको छ विपदमा परेका व्यक्ति वा तिनको परिवारलाई तत्काल राहत सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुबाट नै उपलब्ध हुने प्रवन्ध गरिएको छ” बिज्ञप्तिमा भनिएको छ उनले तिनवटै तहका सरकारहरुले आवश्यक समन्वय र व्यवस्थित योजना साथ सम्पूर्ण रुपले ध्यान केन्द्रीत गरी थप मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न पहल गर्ने समेत अपिल गरेका छन ।

सम्पर्क विहिनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसौवासको व्यवस्था मिलाउन र घाइतेहरुलाई सम्पूर्ण उपचारको व्यवस्था गरी प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन आवश्यक कार्य गर्न गण्डकी प्रदेश सरकार सदैव प्रतिवद्ध रहेको भन्दै मुख्य मन्त्री पाण्डेले सम्बद्ध सवै निकायहरुलाई यसको लागि निर्देशन समेत दिएका छन ।

२८ असार २०८१, शुक्रबार १८:२९ मा प्रकाशित
Nabintech