Play

उद्वार र राहतको काम युद्दस्तरमा गर्न कांग्रेस सभापति देउबाको आग्रह

गुरुकुल खबर


पोखरा, नारायणगढ—मुग्लिन सडकको सिमलतालमा लेदो सहितको पहिरोमा परेका दुबै बस त्रिशुली नदीमा आज बिहान खस्दा करीब ६ दर्जन यात्रुहरूको अवस्था अज्ञात रहेको घटना र अविरल वर्षाका कारण देशका विभिन्न भू–भागमा बाढी, पहिरो र डुवानमा परी भएको जनधनको ठूलो क्षतिप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन ।

युद्धस्तरमा उद्धार कार्य संचालन गर्न, हराएकाहरूको खोजी गर्न, नागरिकहरूलाई सुरक्षित स्थल तर्फ स्थानान्तरण गर्न, घाइतेको उपचार र राहतको कार्यमा सक्रियता साथ लाग्न समेत सभापति देउवाले सरकारलाई आग्रह गरेका छन ।

बाढी पहिरोको जोखिम थप बढ्न सक्ने अवस्था दृष्टिगत गरेर देशभर सबैलाई सजग भएर यसको सामना गर्न आग्रह गर्दै तीन वटै तहका सरकारहरूलाई समन्वय र ब्यवस्थित योजना साथ आवश्यक सम्पूर्ण तयारीका साथ कार्य गर्न सभापति देउवाले अपील गरेको नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिब कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन ।

स्थानीय पार्टी पंक्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन निर्देशन गर्दै देउबाले पार्टीका साथीहरूलाई ब्यवस्थित ढंगले प्रभावकारी रुपमा कार्य गर्न र विपत्तिको सामना संयम र एकतापूर्वक गर्न स्थानीय सबैसंग आग्रह गरेका छन।

२८ असार २०८१, शुक्रबार १७:५२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा