पोखरा, अविरल बर्षाका कारण कास्की जिल्लाका विभिन्न स्थानमा पहिरोले घर पुर्दा ११ जनाको मृत्यु भएको छ।
कास्कीको पोखरा महानगरपालिका वडा नं.१९ तल्लाकोट टारी बस्ने कुल बहादुर परियारको टिनले छाएको ढुङ्गा माटोले बनेको एक तले घर पहिरोले पुर्दा एकै परिवारका सात जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय कुल बहादुर परियार सहित उनकी श्रीमती, आमा, दुई छोरी, ज्वाइ र उद्वार गर्न आएकी एक छिमेकी गरि सात जना रहेका छन। कुल बहादुरको एक छोरा भने घाइते अबस्थामा उद्वार गरिएको छ। उनकी छोरी चितवन स्थित आफ्नो घरबाट आफ्नो श्रीमानसंगै माइत बस्न आएककी थिईन । जसका कारण कुल बहादुरका छोरी र ज्वाइ समेत पुरिएको प्रहरीले जनाएको छ।
कुल बहादुर परियारको छोरा १७ बर्षीय पवन परियारको ढाडमा चोट लागेको भएपनि उनि खतरामुक्त रहेको बताइएको छ । उनि मृतक कुल बहादुर परियारको छोरा हुन् । संभवत उक्त परिवारमा उनि मात्र पहिरोका कारण बच्न सफल भएका हुन् ।
उक्त घटनाको जानकारी भएपछि प्रहरी चौकी सार्दीखोला, जिल्ला प्रहरी कार्यालय कास्की, सशस्त्र प्रहरी बल, नेपाली सेना समेतको उद्दार टोली घटनास्थल पुगेको थियो। खोज तथा उद्दार गर्दा निज कुल बहादुर परियारको परिवारका सात जनाको मृत्यु भएको र केहि घाइते भएका छन् । मृत्यु हुनेमा वर्ष ४६ को कुल बहादुर परियार, निजको श्रीमती बर्ष ४३ की मनकुमारी परियार, निजको आमा वर्ष ८५ की लक्षीमा परियार, निजको छोरी बर्ष १५ की प्रशना परियार, छोरी २० बर्षकी प्रभा परियार र ज्वाइ २५ बर्षीय अस्मित परियार रहेको छन । चितवन घर भएको प्रभा आफ्नो श्रीमान अस्मित परियार संगै माइत आएकी थिईन।
सोहि ठाउँ बस्ने बस्ने छिमेकी वर्ष ५६ की राधिका परियार पनि पहिरो आएपछि उद्वार गर्ने क्रममा लडेर मृत्यु भएको कास्कीका प्रहरी प्रबक्ता एबम प्रहरी नायब उपरिक्षक बसन्त कुमार शर्माले गुरुकुल खबरलाई जानकारी दिए। उक्त घटनामा जिल्ला कास्की पोखरा म.न.पा.१९ तल्लाकोट टारी बस्ने वर्ष ३१ को कुमार परियारको बायाँ हातमा चोट लागेको र पश्चिम क्षेत्रिय अस्पतालमा उपचार गरि घर पठाइएको छ उनि छिमेकी राधा परियारका छोरा हुन् ।
यसै गरि असार २८ गते बिहान जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ३२ चैनपुर स्थित बाह्रबिसेमा पहिरोले घर पुरिंदा तिन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय आरति ओझाका दुई जना छोरी र उनको दाइको छोरा रहेको प्रहरीले जनाएको छ । स्थानीय ४० बर्षकी आरती ओझाको ढुङ्गा माटोले बनेको टिनले छाएको १ तले कच्ची घरको पछाडीबाट आएको पहिरोले पुरिंदा उक्त घटना भएको हो ।आरती ओझा भने गम्भीर घाइते अबस्थामा छन र उनको अस्पतालमा उपचार भैरहेको छ ।
प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो उक्त घटनामा ४० बर्षीय आरती ओझाको छोरी बर्ष १८ की अनिता ओझा, अर्की छोरी वर्ष ११ की अनुष्का ओझा र उनको दाइको छोरा ९ बर्षको प्रतिक सुबेदीलाई बिहान करिब साढे ५ बजे मृत अबस्थामा भेटिएको थियो।
यसैगरी असार २८ गते बिहान (राति) करिब १ बजे जिल्ला कास्की मादी गाउँपालिका वडा नं. ११ तल्लो ताप्ले स्थित एक घर पहिरोले पुरिन गई भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एकजनाको उद्वार गरिएको छ । उक्त घटनामा घर धनि ८० बर्षीय माईती कुमारी गुरुङ पुरिएको र खोजतलास गर्दा बिहान सात बजे मात्र मृत अबस्थामा भेटिएको प्रहरीले जनाएको छ। सोहि घटनामा उनको छोरा ५५ बर्षीय ओम बहादुर गुरुङको जीवित उद्वार गरिएको कास्कीका प्रहरी प्रबक्ता बसन्त कुमार शर्माले गुरुकुल खबरलाई जानकारी दिए ।