Play

‘सौन्दर्यकर्मी ब्यबसाय’मा संचारकर्मी महिलाहरु, संचारकर्मसंगै आर्थिक उपार्जन गर्ने प्रयास

गुरुकुल खबर


पोखरा, लामो समयदेखि संचारकर्ममा निरन्तर लागिरहेका महिला संचारकर्मीहरुको एक समुहले काठमाडौँमा ब्यबसाय शुरुवात गरेको छ।  काठमाडौँको नयाँ बानेश्वरमा २५ लाख रुपैया बढीको लागतमा ब्युटीपार्लर ब्यबसाय संचालनमा ल्याइएको हो ।

संचारिका समुहकी महासचिब समेत रहेकी बसन्ती बाँस्तोला सहित पुष्पा पौडेल, दीपा रेग्मी, कमला पन्थी र उर्वशी बस्नेत समेत गरि पांच जना संचारकर्मीको समुहले उक्त ब्यबसाय संचालन गर्न लागेको हो । उनीहरुसंग विभिन्न संचारमाध्यममा संलग्न रहेर काम गरेको अनुभव छ भने अहिले पनि विभिन्न संचार माध्यममा जोडिएका छन।

“ब्युटी केयर एण्ड ट्रेनिंग सेन्टर” नाम राखिएको उक्त पार्लरमा महिलाहरुको सुन्दरतासंग सम्बन्धित सेवा प्रदान गरिने छ। ब्युटी केयरकि एक संचालक बसन्ती बाँस्तोलाका अनुसार उक्त ब्युटी केयरबाट फेसियल, मेनिकेयर, पेडीकेयर, हेयर स्ट्रेट लगायतका सेवा उपलब्ध हुनेछन।

पार्लरको उद्घाटन बिहिबार आयोजित एक कार्यक्रममा यु एस नेपाल चेम्बर अफ कमर्सका सभापति एबम अमेरिकामा रहेका नेपाली ब्यबसायी सानुबाबु शिलवालले गरेका थिए। नेपालमा पत्रकारिता गर्दै गर्दा अमेरिका पुगेका शिलवालले हाल अमेरिकामा बिभिन्न ब्यबसाय संचालन गरिरहेका छन । उनि केहि दिन अगाडी केहि समयको लागि नेपाल आएका हुन।

उद्घाटन कार्यकर्ममा बोल्दै शिलवालले नेपालमा नै रहेर केहि गर्न सकिन्छ भन्ने प्रेरणा आमसर्बसाधारणलाई दिन महिला संचारकर्मीहरुको टिम सफल भएको भन्दै ब्यबसायिक सफलताओ कामना गरे।

संचालक बाँस्तोलाले संचारकर्म संगै महिलाहरुलाई आर्थिक क्षेत्रमा आत्मनिर्भर बनाउन र आर्थिक स्वतन्त्रताको अनुभूति दिलाउन ब्यबसाय संचालन गरिएको गुरुकुल खबर्संगा बताइन ।

 

२७ असार २०८१, बिहीबार ११:५० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा