Play

ब्युटिसियन एसोसिएसन गण्डकीमा बबिता, कास्कीमा छाया र लेखनाथमा शोभा

गुरुकुल खबर


पोखरा,  ब्यूटीपार्लर एशोसियसन गण्डकीको हालै सम्पन्न अधिबेशनबाट सौन्दर्यकर्मी बबिता केसी कार्की अध्यक्ष पदमा सर्वसम्मत चयन भएकी छन । ब्यूटीपार्लर एशोसियसन गण्डकीको चौथो साधारण सभा तथा तेश्रो अधिवेशन मार्फत ब्यूटी पार्लर एशोसियसन गण्डकीको अध्यक्षमा कार्कीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । यसै गरि एसोसिएसनको कास्की जिल्ला समिति र लेखनाथ ईकाईको समेत अधिबेशन सम्पन्न भएको छ

एशोसियसनको गण्डकी प्रदेशको बरिष्ठ उपाध्यक्षमा चित्र कुमारी थापा, उपाध्यक्षमा सोमना शाक्य, महासचिवमा माया विश्वकर्मा र सह सचिवमा पुष्पा पौडेल सर्वसम्मत चयन भएका छन । त्यसैगरी सदस्यहरुमा कामना गुरुङ, मन्जु अधिकारी, विश्व श्रेष्ठ, शुष्मा गुरुङ र संकल्प श्रेष्ठ रहेका छन ।

त्यस्तै ब्यूटीपार्लर एशोसियसन कास्की जिल्ला समितिको अध्यक्षमा छाँया ढकाल, उपाध्यक्षमा सुनिता गुरुङ, सचिवमा शिशिर गोदार, उपसचिवमा हिमलादेवी गुरुङ, कोषाध्यक्षमा शान्ता लामिछाने र सह कोषाध्यक्षमा प्रभा वैद्य तथा सदस्यहरुमा शुसिला केसी, प्रमिला जोशी, टीका पुन, पूर्णकला गुरुङ र निकिता गुरुङ निर्बिरोध चयन भएका छन ।

यसैगरि ब्यूटीपार्लर एशोसियसन लेखनाथ ईकाइको अध्यक्षमा शोभा पौडेल तथा ईकाइको उपाध्यक्षमा पवित्रा गौतम, सचिवमा शिल्पा परियार, सह सचिवमा लक्ष्मी कुमाल र कोषाध्यक्षमा अमृता गुरुङ तथा सदस्यहरुमा रश्मी गिरी, सुस्मिता खड्का, पार्वती हरिजन, बिन्जु गोदार र अस्मिता परियार लाई राखिएको छ ।

अधिवेशन तथा साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद प्रकाश बरालले आत्मनिर्भर बन्न र अर्थतन्त्रलाई चलायमान गराउनका लागि ब्यवसाय गर्न आवश्यक रहेको बताउनुभयो । बरालले ब्यूटीपार्लर पेशालाई राज्यले बेवास्ता गर्न नहुने बताउंदै यो व्यवसायका कारण महिलाहरुको शसक्तिकरणमा समेत टेवा पुगेको बताए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकीका महिला अध्यक्ष एबम बरिष्ठ सौन्दर्यकर्मी चिनु गुरुङले सौन्दर्य पेशा मानिसहरुसंग प्रत्यक्ष  सम्पर्क गरेर हुने भएकोले कोरोना लगायतका सरुवा रोगहरुको जोखिम हुने गरेको भएपनि सरकारले चासो नदिएको बताईंन ।

कार्यक्रममा ब्यूटीपार्लर एशोसियसन गण्डकीका अध्यक्ष रुपकला श्रेष्ठले ब्यवशायीहरुले समय अनुसार आफुहरुलाई अपडेट गर्न आवश्यक रहेको बताइन । सौन्दर्य पेशामा प्रयोग हुने सामाग्रीहरु दिन प्रतिदिन अपडेट भएर आउने भएकाले ब्यवसायीहरुले विभिन्न तालिमहरुको माध्यमबाट अपडेट हुनुपर्ने उनको भनाइ थियो ।

२६ असार २०८१, बुधबार २२:२९ मा प्रकाशित
Nabintech