Play

पोखराका शिक्षासेवी शंकर गौतमको निधन, मंगलबार अन्त्येष्टी गरिने

गुरुकुल खबर


पोखरा, नेपालको सरकारी सेवामा रहेर शिक्षा क्षेत्रमा लामो समय काम गरेका पोखरा – २० भलामका शंकर गौतमको निधन भएको छ।

उच्च रक्तचापको कारण बिरामी परेपछि उनको  लामो समय देखि काठमाडौँ र पोखराका विभिन्न अस्पतालमा उपचार भैरहेको थियो ।  पहिले काठमाडौँ र त्यसपछि पोखरामा उपचार गर्दा शुरुका दिनमा स्वास्थमा केहि सुधार देखिएको भएपनि उनको स्वास्थमा सुधार हुन नसकेपछि पुन उनलाई काठमाडौँ र पोखराका विभिन्न अस्पतालमा राखेर उपचार गरिएको थियो।

उनि गत माघ महिनाको सुरुमा पोखरा महानगरपालिका -२० भलामस्थित आफ्नो घरमा रहेकै बेला उच्च-रक्तचापका कारण बिरामी परेका थिए । त्यसपछि उनलाई गत माघ ५ गते काठमान्डुस्थित अन्नपुर्ण न्युरो अस्पतालमा उपचारको लागि लागिएको थियो ।

अन्नपुर्ण न्युरो अस्पतालमा करिब एकसाता राखेर उपचार गरेपछि उनलाई पोखरा ल्याईएको थियो । पोखरामा आएपछि उनले करिब १५ दिन पोखराको हरियो खर्क अस्पतालमा बसेर फिजीयोथेरापी सहित अन्य उपचार गरेका थिए ।

त्यसपछि गौतमलाई पोखराको दीप स्थित घरमा राखेर फिजियोथेरापीको लागि मात्र नियमित रुपमा अस्पताल लाने ल्याउने गरिएको थियो । तर त्यसपछि पनि स्वास्थमा सुधार आउन नसकेपछि पुन काठमाडौँ र पोखराका विभिन्न अस्पतालमा उपचार गराइएको थियो ।

पछिल्लो समय उनको उपचार नदीपुर स्थित पद्म नरसिंह होममा भैरहेको थियो । उनको स्वास्थ गम्भीर बनेपछि आइतबार उनलाई पोखराको दिप स्थित घरमा लगेर राखिएको र सोमबार बैतर्नी समेत गरिएको बुझिएको छ।

गौतम नेपाल सरकारको निजामती सेवामा रहेर लामो समय काम गरेपछि सेवा निवृत्त भएका हुन् । उनले कास्की लगायत विभिन्न जिल्लाको जिल्ला शिक्षा अधिकारी भएर काम गरेका थिए।

निजामती सेवाबाट निवृत्त भएपछि उनि पोखरामा रहेको अन्तराष्ट्रिय पर्बतिय संग्रहालयको कार्यकारी निर्देशक समेत रहेर काम गरेका थिए । त्यसपछी उनि राजनीतिक पार्टीमा क्रियाशील हुने भनि तत्कालिन जनता समाजबादी पार्टीको केन्द्रीय सदस्य समेत बने।

खेलकूदमा समेत रुची राख्ने गौतम कास्की जिल्लाको टग अफ वार समितिको अध्यक्ष पनि हुन।

स्व गौतम तत्कालिन भलाम गाबिसका अध्यक्ष तेजबहादुर गौतमका जेठा छोरा हुन।

गौतम नेपाल सरकारको निजामती सेवामा रहेर लामो समय काम गरेपछि सेवा निवृत्त भएका हुन् । उनले कास्की लगायत विभिन्न जिल्लाको जिल्ला शिक्षा अधिकारी भएर काम गरेका थिए।

निजामती सेवाबाट निवृत्त भएपछि उनि पोखरामा रहेको अन्तराष्ट्रिय पर्बतिय संग्रहालयको कार्यकारी निर्देशक समेत रहेर काम गरेका थिए । त्यसपछी उनि राजनीतिक पार्टीमा क्रियाशील हुने भनि तत्कालिन जनता समाजबादी पार्टीको केन्द्रीय सदस्य समेत बने।

खेलकूदमा समेत रुची राख्ने गौतम कास्की जिल्लाको टग अफ वार समितिको अध्यक्ष पनि हुन।

स्व. गौतमकी श्रीमती,  एक छोरा किरण र बुहारी रिना सहित छोरीहरु छन ।

शंकर गौतमका भाईहरु डा. नारायण गौतम, यादव गौतम, ध्रुब गौतम, शुशील गौतम, धिरज गौतम र किशोर गौतम लगायत रहेको स्थानीयले बताएका छन।

उनि बिरामी रहेको बेला विभिन्न राजनीतिक दलका नेता कायकर्ताहरु सहित आफन्त र शुभचिन्तकहरु ठुलो संख्यामा उनको घर र अस्पताल पुगेर स्वास्थलाभको कामना गरेका थिए ।

२४ असार २०८१, सोमबार १७:५२ मा प्रकाशित
Nabintech