Play

एमालेसंगको सहमतिपछि पहिलो पटक कांग्रेस संसदीय दलको बैठक आज

गुरुकुल खबर


काठमाडौँ । नेपाली काँग्रेस र नेकपा एमालेबीच भएको पछिल्लो राजनीतिक सहमति पछी पहिलो पटक नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । बैठक नयाँ वानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा आज दिउँसो ३ बजे बस्ने तय भएको छ।

यही असार १७ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग सत्ता सहकार्यको सहमति भएसँगै त्यसबारे जानकारी गराउन बैठक बस्न लागेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

असार १९ गते बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको सहमति अनुमोदन गरेको थियो । आजको बैठकले पनि सोही निर्णयलाई अनुमोदन गर्ने प्रमुख सचेतक लेखकले बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेकपा एमालेले दिएको समर्थन फिर्ता लिएसंगै अन्य राजनीतिक दलहरुले पनि समर्थन फिर्ता गरिरहेका छन तर प्रचण्डले प्रधानमन्त्री पदबाट राजिनामा नदिने र यही असार २८ गते विश्वासको मत लिने भनि सङ्घीय संसद्लाई जानकारी गराएका छन् ।

२२ असार २०८१, शनिबार ०८:४८ मा प्रकाशित
Nabintech