Play

श्रमिक आन्दोलनका अगुवा कुँवरको तेश्रो स्मृति दिवस, रामजी कुँवर श्रम प्रतिष्ठान गठन गरिने

गुरुकुल खबर


पोखरा, नेपालको श्रमिक आन्दोलनका अगुवा एबम नेपाली काँग्रेसका नेता रामजी कुँवरको “रामजी कुँवर श्रम प्रतिष्ठान” बनाइने भएको छ । लामो समय नेपाल ट्रेड युनियन कांग्रेसको विभिन्न जिम्मेवारीमा रहेर काम गरेका कुँवरले युनियनको राष्ट्रिय बरिष्ठ उपाध्यक्ष र सल्लाहकारको जिम्मेवारी समेत निर्बाह गरेका थिए ।

नेपाली काँग्रेसको राजनीतिमा पनि निरन्तर क्रियाशील कुँवर यस अगाडी सम्पन्न स्थानीय तहको निर्बाचनमा नेपाली कांग्रेसको तर्फबाट पोखरा महानगरको मेयरको उमेद्वार बनेका थिए उनि पटक पटक नेपाली काँग्रेसको महाधिबेशन प्रतिनिधि समेत रहेर पार्टी संगठनमा काम गरेका थिए ।

यसरी श्रमिक आन्दोलन र पार्टीको विभिन्न जिम्मेवारीमा रहेर प्रजातान्त्रिक आन्दोलनमा सक्रिय व्यक्तित्व कुँवरको ३ वर्ष अगाडी २०७८ असार २१ गते निधन भएको थियो उनको तेश्रो स्मृति दिवस मनाउने क्रममा आगामी असार २१ गतेका दिन पोखरामा रामजी कुँवर श्रम प्रतिष्ठान समेत घोषणा गरिने भएको छ । प्रतिष्ठानमा कसकसलाई राखिएको भन्ने बारेमा भने केहि जानकारी दिइएको छैन ।

नेपाल ट्रेड युनियन कांग्रेस कास्कीले असार २१ गते शुक्रबार कुँवरको स्मृति दिवस मनाउने र उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री समेत रहेका स्व. रामजी कुँवरका जेठान अर्जुननरसिंह केसी सहभागी हुने युनियनका जिल्ला अध्यक्ष कमलबहादुर सापकोटाले  गुरुकुल खबरलाई जानकारी दिए ।

२०१२ साल असोज १२ गते जन्मिएका कुँवरको २०७८ असार २१ गते कोरोना संक्रमणका कारण निधन भएको थियो । स्व. कुँवरका छोरा बेलायतमा कार्यरत छन भने छोरी बैंकिंग क्षेत्रमा संलग्न छिन ।

१९ असार २०८१, बुधबार २२:०३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
दर्ता नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा