Play

पोखरा बैदामका राजनीतिक, सामाजिक एबम शैक्षिक व्यक्तित्व लामिछानेको निधन

गुरुकुल खबर


पोखरा , पोखरा महानगरपालिका वडा न. ६ बैदाम, स्कुलपाटन निबासी राजनीतिक, सामाजिक एबम शैक्षिक व्यक्तित्व होमबहादुर लामिछानेको ९१ बर्षको उमेरमा बिहिबार साँझ निधन भएको छ । केहि वर्षदेखि उच्चरक्तचाप र सुगर सहित अन्य रोगका कारण पिडित लामिछाने करिब २ महिना अगाडी प्रेसरकै कारण गम्भीर बिरामी परेका थिए।

नेपाली काँग्रेसको राजनीतिमा लामो समय सक्रिय लामिछाने पंचायती शासनकालमा अर्थात २०४२ सालमा भएको पोखरा नगर पंचायतको निर्बाचनमा पोखरा -६ को वडाध्यक्ष पदमा नेपाली काँग्रेसको तर्फबाट उमेद्वार बनेर बिजयी भएका थिए।  उनि सोहि वडामा तिन कार्यकाल वडाध्यक्ष बनेर काम गरेका थिए ।

उनले बैदाम क्षेत्रको शैक्षिक, सामाजिक सहित समग्र बिकासमा समेत योगदान गरेका थिए विभिन्न बिद्यालयको निर्माण र संचालन सहित अन्य सामाजिक काममा समेत लामिछानेको योगदान रहेको नेपाली कांग्रेसका स्थानीय नेता खबराज पहारीले गुरुकुल खबरलाई जानकारी दिए । लामिछानेले नेपाली काँग्रेसको कार्यालय निर्माण गर्नको लागि आफ्नो तर्फबाट जग्गा समेत दिएको बताईन्छ । उनि ताल गराही माबीको अध्यक्ष समेत भएर काम गरेका थिए ।

नेपाली काँग्रेसको राजनीतिमा लाग्दा लामिछानेले वडा समितिमा विभिन्न जिम्मेवारी समेत लिएका थिए । युवाअबस्था देखि नै उनलाई निडर, साहसी र बिपन्नहरुलाई सहयोग गर्ने व्यक्तिको रुपमा सबैले चिन्ने गरेको स्थानीय युवा तेजनारायण पराजुलीले जानकारी दिए ।

लामिछानेका दुई श्रीमती मध्ये जेठी शिबा लामिछानेको केहि वर्ष अगाडी निधन भएको छ भने कान्छी श्रीमती कृष्ण कुमारी सामान्य अबस्थामा रहेकी छन ।

लामिछानेका ५ छोराहरु मध्ये धर्मबहादुर (सिंह) लामिछाने, सुनील लामिछाने र बिकास लामिछाने तिन छोराहरु रहेका छन ।धर्म र विकास नेपाली काँग्रेसको क्षेत्रिय प्रतिनिधि सहित काँग्रेसको बिभिन्न भात्रीसंस्थामा समेत सक्रिय छन। लामिछानेका दुइ छोरा कृष्णबहादुर र बिष्णुबहादुरको यस अगाडी नै निधन भैसकेको छ । उनका तिन छोरीहरु लक्ष्मी, शोभा र शुसिला रहेका छन ।

स्व. लामिछानेको अन्त्येष्टि शुक्रबार बिहान पोखराको शान्तिघाटमा गरिने भएको छ । नेपाली काँग्रेस पोखरा -६ का वडा सभापति सन्तोष पौडेलका अनुसार बिहान १० बजे लामिछानेको निवास बैदाम ( ताल बाराही माबि नजिक ) बाट शबयात्रा शुरु गरि शान्तिघाटमा अन्त्येष्टि गरिने कार्यक्रम छ ।

लामिछानेको निधनले एक साहसी र सहयोगी प्रजातन्त्रबादी नेता गुमाउनुपरेको नेपाली काँग्रेस पोखरा -६ का सभापति पौडेलले एक शोक बिज्ञप्तीमार्फत जनाएका छन ।

 

६ असार २०८१, बिहीबार २२:३९ मा प्रकाशित
Nabintech