Play

असारे रोपाईं महोत्सबको तयारी शुरु, पोखरा-२३ को मार्गीस्थित फेवाफाँटमा हुने महोत्सबमा १० हजार बढी सहभागी हुने अनुमान

गुरुकुल खबर


पोखरा, पोखराको पर्यटन प्रबर्द्दन गर्ने उद्देश्य सहित करिब दुई दशक अगाडीबाट हुँदै आएको असारे रोपाईं महोत्सब यस वर्ष पोखरा महानगरपालिका वडा न. २३ पामे नजिक मार्गी तर्फको फेवा फाँटमा हुनेभएको छ । पोखराका पर्यटनसंग सम्बन्धित संस्थाहरुले संयुक्त रुपमा आयोजना गर्दै आएको असारे रोपाईं महोत्सबको यसपटक १९ औं शृंखला हुन लागेको हो। महोत्सबको मुख्य आयोजक पोखरा पर्यटन परिषद रहेको छ भने स्थानीय आयोजकको रुपमा मार्गी बगर टोल बिकास संस्था पोखरा- २३ रहेको छ ।

महोत्सबमा धान रोप्ने सहित विभिन्न प्रतियोगिताहरु  र मनोरन्जनात्मक कार्यक्रम समेत गरिने भएको छ। पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार महोत्सबमा हिलो खेल्ने र रोपाईं गरेर मनोरंजन लिन स्वदेशी र बिदेशी पर्यटकहरुको उल्लेखनीय सहभागिता रहने छ। गत वर्ष पोखरा महानगरपालिका -१३ मा सम्पन्न असारे रोपाईं महोत्सबलाई आधार मान्दा यसपटक १० हजार भन्दा बढी मानिसको सहभागिता रहने अपेक्षा आयोजकले गरेका छन।

महोत्सबका क्रममा पर्यटकहरु बीच हिले दौड, माछा समात्ने प्रतियोगिता, रस्सी तान्ने प्रतियोगिता र विभिन्न कलाकारहरुको सांगीतिक कार्यक्रम समेत गरिने भएको छ। हिले दौड प्रतियोगिता अन्तर्गत स्वदेशी र बिदेशी पर्यटकहरुको महिला र पुरुषका छुट्टाछुट्टै प्रतियोगिता हुने छन।

पोखराको लेकसाइडबाट खहरे हुँदै पामे नजिक पुगेपछि दक्षिण तर्फ लागेपछि फेवाफाँटको मार्गीतर्फ पुगिन्छ। सोहि स्थानमा यसवर्ष पहिलो पटक असारे रोपाईं महोत्सब हुन लागेको हो । महोत्सब सम्पन्न गर्न स्थानीय बासिन्दाहरुको समेत उत्साहजनक सहभागिता र सहयोग रहने पोखरा -२३ का वडाध्यक्ष रामकाजी गुरुङले गुरुकुल खबरलाइ जानकारी दिए ।

महोत्सबको आयोजक पोखरा पर्यटन परिषद रहेपनि महोत्सबको लागि गण्डकी प्रदेशको पर्यटन ,मन्त्रालय, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड लगायतका संस्थाहरुले सहयोग गर्दै आएका छन।

असार १५ मा हुने असारे रोपाईं महोत्सब आउन करिब १० दिन मात्र बाँकि रहंदा आयोजक संस्थाहरु आन्तरिक तयारीमा जुटेका छन । आन्तरिक र बाह्य पर्यटकहरुको उत्साहजनक सहभागिता जुटाउन आयोजकले आबश्यक तयारी गरेको बुझिएको छ। तयारीकै क्रममा पोखरा र्पयटन परिषदको बैठकले परिषद्का उपाध्यक्ष तारानाथ पहारी संयोजक रहेको मूल  ब्यबस्थापन समिति गठन गरेको छ भने  समितिको सह-संयोजकमा हरेराम अधिकारी र जीबनराज सापकोटालाइ राखिएको छ ।

महोत्सब अन्तर्गत धान रोपाईं प्रतियोगिता ब्यबस्थापन तथा मुल्यांकन र महिला समन्वय समितिमा शोभा कुमारी अधिकारीलाई संयोजक तथा उमा भण्डारी र कमला गिरीलाई सदस्य तथा पर्यटक ब्यबस्थापन संयोजकमा निम बहादुर मगर र सदस्यहरुमा सुनील भट्टराई, सुमन भट्टराई, सागर भट्टराई र तारा प्रसाद गौतमलाई सदस्य राखिएको छ।

सचिबालय संयोजकको जिम्मेवारी संजयकान्त सिग्देललाई, सांस्कृतिक समितिको संयोजकको जिम्मा कृष्ण भण्डारीलाई , यातायात ब्यबस्थापन संयोजकको जिम्मा दुर्गादत्त दाहाललाई र इभेन्ट ब्यबस्थापनको संयोजकको जिम्मा हरेराम अधिकारीलाई दिईएको जानकारी मूल संयोजक तारानाथ पहारीले गुरुकुल खबरलाई जानकारी दिए ।

यसैगरि आर्थिक ब्यबस्थापन समितिमा चोबहादुर गुरुङलाई संयोजक तथा निम बहादुर मगर, लक्ष्मण सुबेदी, राम कंडेल र रुपकराज मिश्रलाई सदस्य राखिएको छ ।   धर्मराज पन्थी संयोजक रहेको स्वयमसेवक ब्यबस्थापन समितिमा विकास गुरुङ र बीरेन्द्र लामालाई सदस्य राखिएको छ । यसै गरि शोभाकान्त पौडेल संयोजक रहेको स्वास्थ्य सेवा समितिमा इन्द्र भण्डारीलाई सदस्य राखिएको छ। महोत्सब अन्तर्गत पुरस्कार तथा प्रमाणपत्र ब्यबस्थापन समितिको संयोजकमा गोकर्ण लम्साल, यातायात ब्यबस्थापन संयोजकमा दुर्गादत्त दाहाललाइ राखिएको पनि संयोजक पहारीले जानकारी दिए।

महोत्सबका क्रममा कलाकार समिक्षा अधिकारी र पोखरा क्षेत्रका लोकप्रिय कलाकारहरुले सांगीतिक प्रस्तुति दिने बताइएको छ ।

५ असार २०८१, बुधबार २३:१३ मा प्रकाशित
Nabintech