Play

गुरुकुल खबरको समाचार प्रभाव – मुख्यमन्त्री कार्यालयको वेबसाइट सच्याईयो

गुरुकुल खबर


पोखरा, गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको वेबसाइटमा विभिन्न मन्त्रालय र निकायका सचिबहरुको विवरण गलत रहेको भएपनि मंगलबार उक्त विवरणलाई सच्याईएको छ । सोमबार गुरुकुल खबर अनलाइनले मुख्यमन्त्री कार्यालयको वेबसाइटमा सहि सूचना नभएको भन्दै समाचार प्रकाशन गरेको थियो ।

मुख्यमन्त्री एबम मन्त्री परिषदको कार्यालय र विभिन्न मन्त्रालय सहित गण्डकी प्रदेश अन्तर्गतका विभिन्न निकायमा रहेका सचिबहरु मध्ये अधिकांश सचिबहरुको विवरण गलत राखिएको भन्दै गुरुकुल खबरमा समाचार प्रकाशन भएको थियो।

वेबसाइटमा महिनौ अगाडी सरुवा भएर गएका सचिवहरुको नाम राखिएको तर बहालवाला सचिवको नाम सम्पर्क नम्बर नहुँदा नागरिकहरु समेत समस्यामा परेको भन्दै समाचार प्रकाशन भएको थियो।

गण्डकी प्रदेशका विभिन्न मन्त्रालयको सचिब को को ? मुख्यमन्त्री कार्यालयको वेबसाइटमा भर पर्दा समस्या..

मंगलबार दिउँसो उक्त वेबसाइट अपडेट गरेर सबै मन्त्रालय र निकायका सचिबहरुको विवरण अध्यावधिक गरिएको मुख्यमन्त्री एबम मन्त्रीपरिषदको कार्यालयले जनाएको छ।

४ असार २०८१, मंगलवार २०:१३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा