Play

पार्टीभित्रका गुट-उपगुट छोडौं भन्ने होइन, छोडिहाल्न पर्‍यो : नेता महर

गुरुकुल खबर


काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कञ्चनपुरको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै पार्टीभित्रका गुट उपगुट अन्त्य हुनुपर्ने बताएका छन्। गुट-उपगुट गर्नु हुँदैन भन्नेहरूले नै त्यस्ता गतिविधि नछोडेकाले तत्काल गुट-उपगुट बनाउने परिपाटी अन्त्य गर्नुपर्ने महरले बताए ।

‘पार्टीभित्रको ग्रुपिजम संकट हो, सबैले भन्ने  तर ग्रुपिजम कहिले नछोड्ने। यो गलत संस्कार हो भने मैले १४औं महाधिवेशनमा नै भनेको थिए । तल्लो तहबाट नै चिट बाँडेर समूह निर्माण गर्ने कुरा आचार संहिता बनाएर नै बन्द गरिनुपर्छ भन्ने मेरो प्रस्ताव थियो। तल चिट बाँडेर समूह निर्माण गर्दै विभिन्न लेयरमा चुनाव भइसकेपछि माथि गुट रहित कांग्रेस निर्माण गरौं भन्ने कुरा गलत हो। त्यसैले तल्लो तहबाट नै ग्रुप बनाउने काम बन्द गरौं। सबल र सक्षम कांग्रेस निर्माणमा जुटौं’, उनले भने।

डेढ वर्षमा ६१ जिल्ला घुम्दा शक्तिशाली कांग्रेस निर्माण गर्ने पर्याप्त आधार रहेको आँफुले पाएको उनले बताए।  गुटका कारण पार्टीलाई सशक्तीकरण गर्न समस्या रहेको आफूले पाएको भन्दै उनले भने  ‘कांग्रेसभित्र अवसरको न्यायोचित वितरण नहुँदा पनि समस्या भइरहेको छ। एउटा मान्छेले दशकभन्दा बढी समयसम्म पद ओगटिराख्ने र कसैले जिम्मेवारी नै नपाउने भन्ने हुनुहुँदैन,’।

पार्टीमा आठ लाखभन्दा बढी क्रियाशील सदस्य रहेकोमा सधैँ केही व्यक्तिले मात्र अवसर पाउने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा समेत उनको जोड थियो। ‘तीन पटक टिकट पाएको व्यक्तिले बाटो खाली गरेर नयाँलाई स्थान दिनुपर्छ। यति गर्दा पार्टीमा न्यायोचित अवसरको वातावरण सिर्जना हुन्छ। र, कार्यकर्तामा उत्साह आउँछ। यसरी पार्टीलाई ऊर्जाशील तुल्याउन सकिन्छ’, उनले भने।

महरले पार्टीभित्रको नैतिकता, पारदर्शिता र सुशासनमा पनि जोड् दिएका छन्। ‘गतिशील, नैतिकवान र पारदर्शी पार्टी बनाउन सबैले योगदान पुर्‍याउनुपर्छ। जस्तो पार्टी बन्यो त्यस्तै परावर्तन नै सरकारमा हुने हो। त्यसपछिमात्र देशलाई समृद्ध तुल्याउन सकिन्छ,’ उनले भने।

कार्यक्रममा नेपाली काँग्रेसका अन्य नेताहरुले पनि आफ्नो आफ्नो भनाइ राख्दै पार्टीलाई संगठित र एकताबद्दा बनाएर लैजानुपर्नेमा जोड दिएका थिए ।

१ असार २०८१, शनिबार १७:३९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा