पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको प्रदेश सभाबाट बिश्वासको मत पाएका छन् । प्रदेशसभामा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ मत परेको थियो भने विपक्षमा २८ मत परेको छ । नेकपा माओवादी केन्द्र संसदीय दल गण्डकीको ह्वीप उल्लंघन गरी प्रदेश सांसद फडिन्द्र देवकोटाले मत दिएपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् ।
मुख्यमन्त्री पाण्डेलाई कांग्रेसका २७, राप्रपाका २, स्वतन्त्र सांसद राजीव गुरुङ र माओवादीको चुनाब चिन्हबाट चुनाब लडेर प्रदेश सांसद बनेका फडिन्द्र देवकोटाले मत दिएका हुन् । यसैगरी विपक्षमा एमालेका २२ र माओवादीका ६ जना गरि २८ मत परेको थियो माओबादीका ८ जना प्रदेश सांसद रहेको भनिए पनि सभामुख कृष्णप्रसाद धितालले मत दिन नपाएपछि र अर्का सांसद देबकोटाले फ्लोर क्रस गरेर पाण्डेलाई मत दिएको कारण माओबादी ६ जनामा सिमित हुन पुगेको हो ।
६० सदस्यीय प्रदेश सभामा पाण्डेले विश्वासको मत प्राप्त गर्न ३१ मत आवश्यक पर्थ्यो भने सोहीअनुसार उनले मत पाए ।
यो संगै जेठ १६ गते संसद्को ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त भएका पाण्डेले सोमबार ६० सदस्यीय प्रदेश सभामा बहुमत अर्थात् ३१ सांसदको समर्थन पाएपछि उनको नेतृत्वको सरकार अब तत्काल ढल्ने सम्भावना छैन। मुख्य मन्त्री पाण्डेले बिश्वासको मत लिने कार्यसूची तयार भएपछी पाण्डेको पक्षमा बहुमत पुग्न नदिन माओबादी र एमालेले विभिन्न प्रयासहरु गरेको सुन्नमा आएको थियो ।
देवकोटाले आफू माओवादीको संसदीय दलमा नरहेर नेसपाकै प्रदेशसभा सदस्यको हैसियतमा रहेको दाबी गर्दै आएका छन् । उनकै फ्लोर क्रसका कारण संविधानको धारा १६८ (३) बमोजिम सर्वोच्च अदालतको आदेशबाट मुख्यमन्त्री नियुक्त भएका पाण्डेको पद जोगिएको छ ।
प्रदेश सांसद देबकोटा र स्वतन्त्र सांसद दिपक मनांगेलाई विभिन्न दवाब र प्रभावमा पार्ने प्रयास भएको मात्र नभएर सभामुख धिताललाई पदबाट राजिनामा दिन लगाउने वा विभिन्न कारण देखाएर संसद बैठक स्थगित गर्न लगाउने सम्मका प्रयास गरिएका थिए । तरपनि ति सबै प्रयास असफल भएपछि प्रदेश सभाको बैठकबाट पाण्डेलाई बिश्वासको मत मिलेको हो। मनाङेले यसअघि पनि जता बहुमत हुन्छ, उतै समर्थन गर्दै आएका थिए । सोहि कारणले उनि पाँचौ पटक मन्त्री बनिसकेका छन् ।
सभामुखले बिश्वासको मत सम्बन्धि प्रस्ताबमा मतदान गर्न समय दिएपछि नेपाल समाजवादी पार्टीका सांसद (हँसिया हथौडा चिन्हबाट चुनाव लडेका) फणिन्द्र समेत विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा समर्थन गर्न गएका थिए। त्यसपछि नेकपा एमाले र माओबादीका सांसदले दलको ह्विप नमानेको भन्दै नाराबाजी समेत गरेका थिए । नाराबाजी र बिरोधका बीच सुरेन्द्रराज पाण्डेको पक्षमा ३१ सांसदले हस्ताक्षर गरेकाले विश्वासको मत प्राप्त गरेको सभामुख कृष्णप्रसाद धितालले घोषणा गरे ।
माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले माओवादी संसदीय दलका सबै सदस्यलाई ह्वीप जारी गरेका थिए । ह्वीप उल्लंघन गरेको भन्दै माओवादीले फणिन्द्रलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
पूर्वमुख्यमन्त्री खगराज अधिकारीले संसदमा बोल्दै एउटा दलको सांसदले अर्को दललाई मत दिने विकृति नदोहोर्याउन आग्रह गरेका थिए ।
३१ जना सांसदको मत पाएर मुख्यमन्त्री पद जोगिएपछि पाण्डेले आँफुलाई सहयोग गर्ने कांग्रेसब बाहेकका अन्य सांसदलाई मंगलबार नै मन्त्री बनाउने करिब पक्का भएको छ । बिश्वासको मत पाएपछि सोमबार नै मन्त्रिमण्डल बिस्तार हुने अनुमान गरिएको भएपनि आबश्यक छलफल र तयारी नपुगेको कारण मंगलबार मन्त्रिमण्डल बिस्तार हुने बुझिएको छ। जसअनुसार पाण्डेले फणिन्द्र देवकोटा, दिपक मनाङे र पञ्चराम तमुलाई मन्त्री बनाउने भएका हुन् ।
यसअघि तटस्थ बसेको राप्रपाले पनि पाण्डेलाई विश्वासको मत दिएर सहयोग गरेकोले पाण्डेले राप्रपाबाट पञ्चराम तमुलाई मन्त्री बनाउन लागेका हुन् ।
नेकपा एमालेका खगराज अधिकारीलाई मुख्य मन्त्रीमा समर्थन गर्दै सरकारमा गएका दिपक मनाङेले पनि सोमबार सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिए । उनी पनि मन्त्री बन्दैछन् । त्यसअघि पाण्डे सरकारमै मनाङे मन्त्री बनेका थिए। उनी अब छैटाैँ पटक मन्त्री बन्दै रेकर्ड राख्दैछन् ।
पाण्डेलाई समर्थन गरेका माओबादीबाट चुनाब जितेका देबकोटापनि मंगलबार मन्त्री बन्दै छन उनलाई पार्टीको व्हिप लाग्ने भएपनि व्हिप उल्लङ्घन गरेर उनले पाण्डेलाई बिश्वासको मत दिएका थिए ।
गण्डकी प्रदेश सभामा माओवादी केन्द्र संसदीय दलको ह्विप उलङ्घन गरी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका सांसद फणीन्द्र देवकोटाले आफ्नो निर्णयको बचाउ गरेका छन् । सोमबार प्रदेश सभामा मुख्यमन्त्री पाण्डेले विश्वासको मत दिइयोस् भन्ने प्रस्तावको पक्षमा उनले माओवादी दलको ह्विप उलङ्घन गरी विश्वासको मत दिएका थिए ।
विश्वासको मत दिएपछि यस्तो छ, देवकोटाको प्रतिक्रिया
हामी सबैलाई थाह छ, गण्डकी प्रदेशको स्थिति अलि जटिलतातर्फ गयो । १४/१५ महिनामा चार पटक सरकार फेरबदलको स्थिति बन्यो । गण्डकी प्रदेश रहने कि नरहने चुनौती मैल देखेँ । पार्टीभित्र यसबारेमा धेरै छलफल गर्यौँ । अघिल्लो पटक खगराज माननीयलाई पहिलोपटक हस्ताक्षर गरेर समर्थन दिएका थियौँ । दोस्रो पटक केन्द्रीय राजनीतिमा परिवर्तन भयो । सुरेन्द्रराज पाण्डेलाई हस्ताक्षरसहित समर्थन दिएको थिएँ । त्यसपछि हामीलाई थाह नै नदिएर सरकार बनाउन चलखेल हुन थाल्यो । हामीलाई गम्भीर शङ्का लाग्यो, गण्डकी प्रदेश अब बरबादीतर्फ जाँदैछ । यो बारेमा पार्टीभित्र गम्भीरतापूर्वक छलफल भयो । घटनाक्रम विकसित हुँदै गयो । मुद्दा अदालतमा पुग्यो । सरकार बन्ने भत्किने क्रम बढ्यो । सरकारले बहुमत प्राप्त नगर्ने तर सधैँ फेरबदल हुँदै गयो । विश्वास र अविश्वासको प्रस्ताव प्रदेश सभामा आइरहने भयो । सबैभन्दा ठुलो कुरा प्रदेश र प्रदेश सभालाई स्थायित्व दिने कुरा थियो । त्यही आधारमा यहाँका राजनीतिक पार्टीहरूसँग बारम्बार छलफल गरेको थिएँ ।
सरकार बनाउन म मात्र निर्णायक थिइनँ । मैले भोट दिइरहँदा पनि सरकार बन्छ भन्ने आधार थिएन । मैले भोट दिँदा पनि सरकार बनेन । स्थायित्व पाएन । त्यसका लागि अन्य शक्ति पनि आउनुपर्थ्यो । मुख्यतः राप्रपा पनि आउनुपथ्र्यों । आज निर्णायक रूपमा रहेका अन्य पार्टी एकै ठाउँमा उभिएको स्थितिमा मैले र मेरो पार्टीले पक्षमा मतदान गर्दा गण्डकी प्रदेश सरकारले स्थायित्व पाउँछ । सरकार बचाउन सकिन्छ । मध्यावधिबाट रोक्न सकिन्छ । आर्थिक सङ्कट परेको अवस्थामा सरकार बचाउन सकिन्छ भनेर पार्टी केन्द्र र प्रदेश पार्टीको निर्णय मुताबिक माओवादी केन्द्रले ह्विप जारी गरेता पनि विश्वासको मत दिएँ ।
मेरो पार्टी नेसपा भएका कारणले कानुनले दिएको अधिकार प्रयोग गरेको हुँ । चुनावमा एकल चिन्ह रहेपनि मेरो परिचयपत्र र संसदीय दलले दिएको परिचयपत्र, प्रदेश सभाले दिएको परिचयपत्र र निर्वाचन आयोगको वेबसाइटमा पार्टीको नाम नेसपा रहेकाले पार्टीको निर्देशन अनुसार मतदान गरेको हुँ ।