Play

पर्बतको कुश्मामा काँग्रेस गण्डकी प्रदेशको प्रशिक्षण

गुरुकुल खबर


पोखरा,  नेपाली काँग्रेस गण्डकी प्रदेश प्रशिक्षण विभागले बिहीबार पर्वतको कुश्मामा प्रशिक्षण कार्यक्रम आयोजना गर्यो । नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रियता, प्रजातन्त्र र समाजवाद लाई मुख्य आदर्शका रुपमा लिएर स्थापित काँग्रेसले आफ्नो ऐतिहासिक विरासदलाई जोगाएर अघि बढ्नु पर्नेमा जोड दिए ।

जनताले प्रजातन्त्रको अनुभूति गर्ने वातावरण नपाएको र विभिन्न गुनासोहरु बढीरहेको उल्लेख गर्दै शर्माले लामो समयको संघर्षले स्थापित गरेको परिवर्तनलाई आम जनताले अनुभूति गर्ने गरी संस्थागत गर्नुपर्नेमा जोड दिए । अर्कालाई खराब देखाएर आँफू असल बन्न खोज्ने प्रबृतिले कोही कसैलाई राम्रो नगर्ने बताउँदै उनले प्रेम र सद्भाव बाँड्दै अघि बढ्नुपर्नेमा जोड दिए  ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले पार्टीलाई एकतावद्ध रुपमा अघि बढाउनु अहिलेको आवश्यकता हो भन्दै समयअनुसार पार्टीलाई बलियो बनाउँदै लैजानका लागि प्रशिक्षण आवश्यक भएको जानकारी दिए ।

नेपाली काँग्रेस गण्डकी प्रदेश प्रशिक्षण विभाग प्रमुख एवम् नेपाली काँगेस गण्डकी प्रदेशका उपसभापति कल्पना तिवारीले पार्टी संगठनलाई सबल बनाउनका लागि प्रशिक्षण आवश्यक भएको बताउँदै त्यसैलाई लक्षित गरी प्रशिक्षण आयोजना गरिएको बताईंन ।

नेपाली काँग्रेस गण्डकी प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठले नेपाली काँग्रेसको विधान र नियमावली बारे जानकारी गराए । अर्का महामन्त्री विष्णुप्रसाद लामिछानेले संगठन र नेतृत्व बारे कार्यकर्तालाई दिएका थिए ।

कार्यक्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. रघुराज काफ्लेले प्रजातान्त्रिक समाजवाद र नेपाली काँग्रेसको अर्थनीति सम्बन्धमा र  प्रशिक्षण विभागका उपाध्यक्ष प्रा.डा.कुसुमाकर न्यौपानेले राष्ट्रको समुन्नतिको आधारः नेपाली काँग्रेसको राष्ट्रियता, प्रजातन्त्र ,समाजबाद बिषयमा प्रस्तुति दिएका थिए ।

विभागका सचिव कमलराज सापकोटाले प्रजातन्त्र – सैद्धान्तिक अवधारणा र बर्तमान सन्दर्भ विषयमा प्रस्तुति दिए ।

कार्यक्रममा कार्यक्रम संयोजक एवम् नेपाली काँग्रेस गण्डकी प्रदेश सहमहामन्त्री रामचन्द्र जोशी, नेपाली काँग्रेस गण्डकी प्रदेश उपसभापति मेखलाल श्रेष्ठ, पर्वत जिल्लाका सभापति युबराज जोशी, बाग्लुङ जिल्लाका पूर्व सभापति हरिप्रसाद श्रेष्ठ लगायतले बोलेका थिए।

प्रशिक्षण कार्यक्रममा  पार्टीका प्रदेश, जिल्ला तथा विभिन्न तहमा कृयाशिल नेता तथा अगुवा कार्यकर्ताको सहभागिता रहेको प्रदेशका आमन्त्रित सदस्य शिरोमणी बरालले जानकारी दिए ।

१९ जेष्ठ २०८१, शनिबार ००:०२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा