पोखरा, गणेशमान सिंह फाउन्डेसन गण्डकी प्रदेशले गणतन्त्र दिवसको सन्दर्भ पारेर नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्याएका व्यक्तित्वहरुलाई सम्मान गर्ने भएको छ। नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वाच्च कमान्डर एबम लौह पुरुष गणेशमान सिंहको नामबाट स्थापित फाउन्डेसनले जेठ १९ गते पोखरामा बिशेष कार्यक्रमको आयोजना गरि गण्डकी प्रदेशका विभिन्न जिल्लाका ५ जना व्यक्तित्वलाई सम्मान गर्ने भएको हो ।
फाउन्डेसनका गण्डकी प्रदेश सदस्य कुमार रानाका अनुसार उक्त कार्यक्रममा सम्मानित हुनेहरुमा मनांगका कोमल बहादुर घले, बाग्लुंगका गोबिन्दप्रसाद शर्मा कंडेल, स्यांग्जाका तारापति सुबेदी, कास्कीका पुलेन्द्रमान श्रेष्ठ र तनहुँका लेखबहादुर थापा रहेका छन ।
सम्मानित हुनेहरुमध्ये कास्की पोखराका पुलेन्द्रमान श्रेष्ठ नेपाली काँग्रेसका पुराना कार्यकर्ता हुन । नेपाली कांग्रेसको महाधिबेशन प्रतिनिधि, क्षेत्रिय सभापति सहित बिभिन्न जिम्मेवारी सम्हालेका श्रेष्ठले प्रजातन्त्रको लागि भए गरेका विभिन्न चरणका आन्दोलनमा सक्रियता पूर्वक सहभागी बन्दै आएका छन । पटक पटक आन्दोलनको क्रममा जेल एब हिरासतमा पुगेका श्रेष्ठ २०४६ सालको जनआन्दोलनमा २ महिना बढी जेल बसेका थिए। लाभको पद र सुबिधाको खोजि नगर्ने प्रवृतिका श्रेष्ठ पोखरा महानगरपालिका -१३ का बासिन्दा हुन । प्रजातान्त्रिक आन्दोलन सहित स्थानीय शैक्षिक र सामाजिक बिकाशमा समेत श्रेष्ठको परिवारको योगदान रहेको छ।
सम्मानित हुनेहरु मध्ये कोमल बहादुर घले हाल नेपाली काँग्रेसको क्रियाशील सदस्य रहेपनि यस अगाडी उनि कांग्रेसको मनांग जिल्लाको सभापति र पार्टीको महासमिति सदस्य समेत रहेर काम गरिसकेका छन। उनि राष्ट्रिय सभाको पूर्व सदस्य समेत हुन् बिस. २००२ मा जन्मिएका घलेले गण्डकी छात्र समितिको संस्थापक सदस्य हुँदै नेविसंघको केन्द्रीय सदस्य समेत रहेर काम गरेका थिए ।
सोहि कार्यक्रममा सम्मानित हुने स्यांग्जाका तारापति सुबेदीको जन्म १९९४ सालमा स्यांग्जाको फेदीखोलामा भएको हो। उनले बिभिन्न कालखण्डमा गरि १५/१६ वर्ष जेल जिबन बिताएका छन् राजा र राज्य बिरुद्दको अपराध, हात हतियार नियन्त्रण सम्बन्धि, शान्ति सुरक्षा लगायतका विभिन्न मुद्दामा उनि जेल बस्नु परेको थियो।
तत्कालिन राजा महेन्द्रले पुष १७ गते राजनीतिक दल माथि प्रतिबन्ध लगाउंदै शुरु गरेको जनविरोधी र प्रजातन्त्र बिरोधि कदमको बिरुद्द सुबेदी निरन्तर आन्दोलित बनेका थिए । प्रजातन्त्रका सेनानी सुबेदी २०३० सालमा बिपी कोइरालामाथि स्यांग्जामा बम काण्ड गराएको भनि तत्कालिन सरकारले लगाएको मुद्दाका एक आरोपी समेत हुन् । त्यस समयमा बिपी कोइरालालाई बिभिन्न ८ वटा मुद्दा लगाइएको थियो । प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहेको कारण भारतमा निर्बासित जिबन बिताउन बाध्य सुबेदी बिपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिएर पुषमा नेपाल फर्किने घोषणा गरेपछि त्यो भन्दा अगाडी नै नेपाल फर्किएका थिए । सुबेदीले तिन कार्यकाल सम्म कांग्रेसको महाधिबेशन प्रतिनिधि र महासमिति सदस्य रहेर काम गरेको र एक पटक राष्ट्रिय सभाको सदस्यको लागि पार्टीले उमेद्वार बनाएको भएपनि बिजय प्राप्त गर्न सकेनन ।
सम्मान प्राप्त गर्ने अर्को व्यक्तित्व तनहुँका लेखबहादुर थापा १९९८ सालमा जन्मिएका हुन। उनि पनि पंचायती शाशनकालमा नेपाली काँग्रेस र प्रजातन्त्रको पक्षमा निरन्तर लागेका व्यक्तित्व हुन । तनहुँको म्याग्देमा जन्मिएका थापाले स्थानीय स्तरमा पार्टीको विभिन्न पदमा रहेर काम गरेका थिए। उनि नेपाली काँग्रेस तनहुँको सदस्य र महाधिबेशन प्रतिनिधि सहित विभिन्न जिम्मेवारीमा रहेको र २०४९ सालको स्थानीय निकायको निर्बाचनमा नेपाली काँग्रेसको तर्फबाट मनापांग गाबिसको अध्यक्षमा निर्बाचित भएका थिए ।
यसैगरि सोहि दिन सम्मानित हुने बाग्लुंगका गोबिन्दप्रसाद कंडेल १९९५ सालमा जन्मिएका हुन । २०१३ सालमा १८ बर्षको उमेरमा नेपाली काँग्रेसको साधारण सदस्य बनेका कंडेल निरन्तर पार्टीमा सक्रिय रहँदै आएका छन। २०१७ सालमा पार्टीको महाधिबेशन प्रतिनिधि, २०१८ देखि २०४९ सम्म नेपाली काँग्रेस बाग्लुंगको सभापतिको रुपमा काम गरेका थिए। २०४८ सालको निर्बाचनमा बाग्लुंग -१ बाट प्रतिनिधि सभा सदस्यमा निर्बाचित कंडेल २०२८ देखि २०३४ सम्म राज्यद्रोहको अभियोगमा जेल बसेका थिए। उनि २०४२, २०४६ र २०६२/६३ को आन्दोलनमा पनि महिनौ सम्म जेल बसेका थिए ।
फाउन्डेसनका गण्डकी प्रदेश अध्यक्ष दुर्गाप्रसाद तिमिल्सेनाका अनुसार कार्यक्रमको प्रमुख अतिथिको रुपमा पूर्व सभामुख दमननाथ ढुंगानालाई आमन्त्रण गरिएको छ कार्यक्रममा नेपाली काँग्रेसका नेता र कार्यकर्ताहरुको समेत सहभागीता रहनेछ ।