Play

चीनको कोराला नाकासम्म पोखराका कपडा ब्यबसायीको भ्रमण

गुरुकुल खबर


पोखरा, कपडा व्यवसायी एसोसिएसन कास्कीको अवलोकन भ्रमण सम्पन्न भएको छ । यही जेठ १० देखी १२ गतेसम्म पोखरादेखि छिमेकी मुलुक चीनको कोरला नाका सम्मको भ्रमण सम्पन्न भएको संस्थाका अध्यक्ष गजेन्द्रमान श्रेष्ठले जानकारी दिए ।

जेठ १० गते बिहान संस्थाको कार्यालय न्युरोड पोखराबाट सुरु भएको अवलोकन भ्रमण रुप्से झरना, मार्फा गाउँ,मार्फा बागवानी, जोमसोम, पवित्र धार्मिक स्थल कागबेनी, मुक्तिनाथ मन्दिर, छुसाङ, चराङ, लोमान्थाङ, मुस्ताङ दरबार, गुफा र नेपाल चिन सीमा क्षेत्र कोरला नाका सम्म पुगेको अध्यक्ष श्रेष्ठले बताए।

भ्रमणमा संस्थाका पदाधिकारीहरू, कार्यसमितिका सदस्यहरू, पूर्व अध्यक्ष एवं सल्लाहकारहरू, संस्थाका आजीवन तथा साधारण सदस्य व्यवसायीहरू लगायत सहभागी रहेको संयोजक एवं संस्थाका महासचिव चोक बहादुर गुरुङले जानकारी दिए।

भ्रमण स्मरणयोग्य र फलदायी भएको सहभागी व्यवसायीहरूले बताएका छन् । संस्थाको अभिभावकत्वमा आफूहरू म्याग्दी र मुस्ताङका पवित्र स्थलहरूको भ्रमण गर्न पाएकामा उनीहरूले खुसी व्यक्त गरेका छन् । संस्थाले व्यवसायीहरू बिचको आत्मीयता र भातृत्व विकासका लागि यस प्रकार अवलोकन भ्रमणको आयोजना गरिएको जनाएको छ।

१६ जेष्ठ २०८१, बुधबार ०७:३१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा