Play

किर्ती स्मृति सम्मान बिरहीलाई र आर्थिक पत्रकारिता पुरस्कार सिग्देललाई दिईने

गुरुकुल खबर


पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारद्वय हरिहर विरही र श्रीराम सिग्देललाई पुरस्कृत गर्ने भएको छ। महासंघका पूर्व केन्द्रीय अध्यक्ष विरही ‘कृति स्मृति पत्रकारिता वृत्ति सम्मान–२०८०’ र महासंघ कास्की सहसचिव श्रीराम सिग्देल ‘आर्थिक पत्रकारिता पुरस्कार–२०८०’ बाट पुरस्कृत हुन लागेका हुन् ।

पुरस्कार छनोट समितिले उनीहरुको नाम सिफारिस गरेकोमा महासंघ कास्कीको कार्यसमिति बैठकले अनुमोदन गरेको अध्यक्ष विमला भण्डारीले बताइन् ।

पूर्व सांसद समेत रहेका पोखराका वरिष्ठ उद्योगपति एवं समाजसेवी सूर्यबहादुर केसीको परिवारबाट कृति स्मृति पत्रकारिता वृत्तिका लागि अक्षयकोष स्थापना गरिएको र महासंघ कास्कीले पुरस्कार सञ्चालन गर्दै आएको छ । पुरस्कार राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ र सम्मानपत्र छ । सो पुरस्कारका लागि माधव शर्माको संयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरिएको थियो । सदस्यमा कृष्णप्रसाद बास्तोला र रवीन्द्र बास्ताेला थिए ।

महासंघले स्थापना गरेको आर्थिक पत्रकारिता पुरस्कारको राशि २० हजार र सम्मानपत्र छ । प्रतिभा छनोटका लागि नवराज सुवेदी संयोजककत्वमा समिति गठन गरिएको थियो । सदस्यमा टंक अधिकारी र दीपेन्द्र श्रेष्ठ थिए ।

२०५४ सालदेखि आदर्श समाजबाट पत्रकारिता सुरु गरेका सिग्देल पोखराका पुराना पत्रकार हुन् । उनी हाल फेवा पोष्ट साप्ताहिक र फेवापोष्ट खबर डटकमका सहसम्पादक छन् । चलचित्र पत्रकार संघ नेपाल कास्कीका संस्थापक सिग्देल समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय उपाध्यक्ष समेत हुन् ।

महासंघ कास्कीको यही १२ जेठमा प्रथम राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा हुने १७ औं वार्षिक साधारण सभा अवसरमा पुरस्कृत गरिने महासंघका शाखा सचिव माधव बरालले जानकारी दिए ।

९ जेष्ठ २०८१, बुधबार १२:५१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा