Play

इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय- राष्ट्रपति पौडेल

गुरुकुल खबर


काठमाडौँ , राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली इतिहास, साहित्य र शिक्षा क्षेत्रमा इतिहासकार ज्ञानमणि नेपालले पुर्याउनुभएको योगदान नेपाल र नेपालीको लागि सदैव स्मरणीय रहने बताएका छन्  । इतिहासकार ज्ञानमणिको निधनको खबरले आफूलाई दुःखी बनाएको बताउँदै राष्ट्रपति पौडेलले अनका परिवारजनलाई आज पठाएको समवेदना सन्देशमा सो उल्लेख गरिएको छ  ।

“तथ्य र प्रमाणको कसीमा रहेर नेपालको राजनीति, साहित्यलगायतको इतिहास लेखनमा जीवन समर्पित गर्नुभएका विद्वान इतिहासकार ज्ञानमणि संस्कृत वाङ्मय, शिलालेख तथा ऐतिहासिक दस्ताबेजलाई समेटेर इतिहास लेखनमा दख्खल राख्नुहुन्थ्यो”, समवेदना सन्देशमा भनिएको छ ।

ज्ञानमणिका ‘नेपालको महाभारत’ तथा ‘नेपाल निरुक्त’ लगायतका महत्वपूर्ण कृति एवम् कैयौं अनुसन्धान र खोजमूलक लेखरचना चीरकालसम्म ज्ञानका भण्डारकारुपमा रहिनै रहने पनि राष्ट्रपति पौडेलले उल्लेख गरेका छन। साथै स्वर्गीय ज्ञानमणिको आत्माको चीर शान्तिको कामनासहित श्रद्धाञ्जली अर्पण गर्दै उहाँले शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकटगरेका छन।

सो समवेदना सन्देश राष्ट्रपति पौडेलकी छोरी अवज्ञा पौडेल र प्रेस सल्लाहकार किरण पोखरेलले परिवारजनलाई हस्तान्तरण गरेका थिए ।

४ जेष्ठ २०८१, शुक्रबार १७:१९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा