Play

नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यालयको लागि लामाचौरमा बिपी स्मृति भवन निर्माण कार्य शुरु

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेस गण्डकी प्रदेशको कार्यालयको लागि पोखरा महानगरपालिका -१९ लामाचौरमा रहेको नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा न. १९ कार्यसमितिसंगको सहकार्यमा निर्माण कार्य शुरु भएको छ ।

बिपी स्मृति भवनको नाममा यस अगाडि नै पोखरा – १९ मा नेपाली काँग्रेस वडा कार्यसमितिले बनाएको संरचनालाइ बिस्तार गरि सोहि स्थानमा गण्डकी प्रदेशको कार्यालय बन्न लागेको हो ।

वडा कार्हायसमितिले बनाएको संरचना हाल दुई तलाको रहेको छ । सोहि संरचना वा भवनलाई चार तला बनाईने र अन्य संरचना समेत थप गरेर नेपाली काँग्रेसको गण्डकी प्रदेशको कार्यालय त्यहि राख्ने सहमति अनुरुप कार्यालय बिस्तार गर्न लागिएको हो ।

हाल उक्त भवनको भुँई तलामा सभा हल र पहिलो तलामा वडा कार्यसमितिको सभापति सहित कार्यसमिति बस्ने कार्यालय संचालनमा छ । सोहि भवनको दोश्रो तलामा गण्डकी प्रदेशका सभापति, प्रदेश सचिबालय सहित सदस्यहरु बस्ने कक्ष बनाइने र तेश्रो तलामा गण्डकी प्रदेशका पदाधिकारीहरुको कक्ष सहित अन्य कक्षहरु निर्माण गरिने भएको छ ।

उक्त स्थानमा दुईतले भवन र केहि खाली जग्गा समेत रहेकोले खाली जग्गामा समेत आबश्यक संरचना बनाउने तयारीमा काँग्रेसको गण्डकी प्रदेश रहेको बुझिएको छ।

यसको लागि नेपाली काँग्रेस गण्डकी प्रदेशले बिपी स्मृति भवन निर्माण समिति नै गठन गरेर काम समेत अगाडी बढाएको काँग्रेस गण्डकी प्रदेश कार्यालयका सचिब पदम श्रेष्ठले जानकारी दिए ।

अक्षय तृतीयाको दिन पारेर जेठ १ गते मंगलबार गण्डकी प्रदेश समितिको तर्फबाट भवनमा थप निर्माण कार्य शुरु गरिएको छ। नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यालय निर्माण समितिका संयोजक माधव प्रसाद बास्तोला (मधु) का अनुसार नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले निर्माण कार्यको शुभारम्भ गरेका थिए।

त्यस अबसरमा बोल्दै सभापति शर्माले गण्डकी प्रदेशमा नेपाली काँग्रेसले आफ्नै कार्यालय बनाउन लागेको र यो काम अन्य प्रदेश समितिको लागि पनि उदहरण बन्ने मात्र नभएर एतिहासिक बन्ने बताए।

आगामी असोज महिना भित्र निर्माण कार्य पुरा गरि सोहि स्थानबाट कार्यालय संचालन गर्ने लक्ष राखिएको बताउंदै निर्माण समितिका अध्यक्ष बाँस्तोलाले निर्माणको पहिलो चरणमा करिब १ करोड रुपैया र अन्य बाँकि कामको लागि थप ४ करोड खर्च हुने जानकारी दिए ।

नेपाली काँग्रेस गण्डकी प्रदेशको महाधिबेशन पछि शुक्रराज शर्माको नेतृत्वमा बनेको पहिलो नयाँ कार्यसमितिले हाल नेपाली काँग्रेस कास्कीको कार्यालय रहेको स्थान चिप्लेढुंगाको खाली जगामा नै प्रदेश कार्यालय निर्माण गर्न चाहेको थियो। त्यसको लागि प्रदेश समितिले जिल्ला समितिलाई पत्राचार समेत गरेको तर कास्की काँग्रेसका सभापति किशोरदत्त बरालले प्रदेश समितिलाई कार्यालय राख्न नदिने जनाएपछी प्रदेश समितिले पोखराको तेर्सापट्टीमा भाडामा कार्यालय स्थापना गरेको थियो ।

कार्यालय भवनको लागि विभिन्न स्थानमा जग्गा खोजि गर्ने क्रममा पछिल्लो पटक पोखरा -१९ स्थित नेपाली काँग्रेसको वडा कार्यालयले उपभोग गरेको जग्गा र संरचनामा थप संरचना बनाएर प्रदेश कार्यालय त्यहीं सार्ने निर्णय भएको बुझिएको छ ।

निर्माण कार्यको शुभारम्भका अबसरमा स्थानीय वासिन्दासहित नेपाली कांग्रेस गण्डकी प्रदेश पदाधिकारी र सदस्यहरु, भवन निर्माण समितिका पदाधिकारी र सदस्यहरु लगाएतको उपस्थिति रहेको थियो।

भवन निर्माण समितिको संयोजकमा माधव प्रसाद बाँस्तोला, उप संयोजकमा रामकृष्ण मल्ल, सचिबमा सुरेन्द्र बिजुक्छे र सहसचिबमा खिमलाल बाँस्तोला रहेका छन ।  गण्डकी प्रदेशका विभिन्न जिल्लाका सांसदहरु र कास्की जिल्लाका केहि उद्योगी र ब्यबसायी सहित केहि कांग्रेस कार्यकर्ताहरु गरि ३१ जनालाई  निर्माण समितिको सदस्यमा राखिएको  छ ।यसको साथै सल्लाहकार समिति र प्राबिधिक समिति समेत बनाइएको छ ।

१ जेष्ठ २०८१, मंगलवार २१:४५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
दर्ता नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा