Play

कांग्रेस नेता कोइराला र महामन्त्री थापाबीच राजनीतिक भेटघाट

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसका नेता शेखर कोइराला र नेपाली काँग्रेसका महामन्त्री गगन थापाबीच समसामयिक राजनीतिक घटनाक्रम लगायत विषयमा कुराकानी भएको छ।

कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा आइतबार दिउँसो उनीहरूबीच कुराकानी भएको थियो ।  नेता कोइराला र महामन्त्री थापाबीच राष्ट्रिय राजनीति, संसदमा कांग्रेसले जारी राखेको अवरोध, पार्टीका आन्तरिक गतिविधिलगायतबारे कुराकानी भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए।

महामन्त्री थापाले आइतबार बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भएको भेटका क्रममा भएका कुराकानीबारे पनि कोइरालालाई जानकारी गराएका थिए।

सभापति शेरबहादुर देउवासहितको टोलीले प्रधानमन्त्री दाहालसँग सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने आफूहरूका मागका सन्दर्भमा केन्द्रित रहेर कुराकानी गरेका थिए। साथै शनिबार कांग्रेस नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गरेका थिए।

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठन गर्न कांग्रेसले माग गरिरहेको छ। कांग्रेसले सोमबार संसदीय दल बैठकसमेत राखेको छ।

३० बैशाख २०८१, आईतवार १४:२२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा