Play

कांग्रेस नेता पराजुली गण्डकी प्रदेशको आमन्त्रित सदस्य मनोनित

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेस पोखरा -२३ का नेता तथा नेपाल किसान संघ कास्कीका पूर्व अध्यक्ष भेषराज पराजुली नेपाली काँग्रेस गण्डकी प्रदेशको आमन्त्रित सदस्यमा मनोनित भएका छन ।

पार्टीको गण्डकी प्रदेश समितिका  प्रबक्ता माधब प्रसाद बाँस्तोलाले दिएको जानकारी अनुसार नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पराजुलीलाई आमन्त्रित सदस्य मनोनित गरेको हुन ।

आमन्त्रित सदस्यमा मनोनित पराजुली नेपाली काँग्रेसमा लामो समयदेखि निरन्तर सक्रिय छन। उनि कास्कीको तत्कालिन चापाकोट गाबिसको अध्यक्षमा ( २०४९ र २०५४ मा ) दुई पटक निर्बाचित भएर काम गरेका थिए।

तत्कालिन अबस्थामा शिक्षक रहेर पनि पंचायेती व्यबस्थाको बिरोधमा तथा प्रजातन्त्रको पक्षमा निरन्तर क्रियाशील पराजुलीले शिक्षक पेशा छोडेर २०४९ सालमा चापाकोट गाबिसको अध्यक्षको उमेद्वार बनेका हुन् । २०४९ मा अध्यक्ष निर्बाचित भएपछी अर्को कार्यकाल अर्थात २०५४ मा पनि उनि अध्यक्ष निर्बाचित भएका थिए ।

उनले कास्कीमा नेपाल किसान संघको अध्यक्ष भएर पनि लामो समय काम गरेका थिए। उनि बिभिन्न धार्मिक, सामाजिक तथा शैक्षिक संस्थामा समेत आबद्द छन ।

 

११ बैशाख २०८१, मंगलवार ०७:५१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा