Play

कविता – भो दिन्नँ धर्ती छुन

गुरुकुल खबर


शोभा काफ्ले खतिवडा

 

भो दिन्नँ धर्ती छुन

मेरो देश हिमाल पर्वत जहाँ
हिऊँ सँधै झुल्दछन्!
पाखा फूल त फुल्दछन् जहिँतहीँ
बास्ना खुबै छर्दछन् !!
नेपाली जनको अपार धन हो
भण्डार पानी सब!
यो रत्नै सरिको अमूल्य निधि हो
जोगाइराखौँ अब !!
शोभा दिव्य धरा छ प्राणसरिको
नेपालको जीवन!
लैजाऊ बरु प्राण दिन्छु सहजै
भो दिन्न धर्ती छुन!!
सानै होस् न सिमा सगौरव धरा
मेरो अमूल्यै हिरा !
पक्कै हो दिन यो सकिन्न अब
लौ चिर्दै धराको चिरा !!
माग्छौ लौ शिर यो झुकाई म
मरूँ यो भूमिमा आखिर !
चढ्नै लौ छु तयार मै पनि बली
यो देशका खातिर !!
यो हो देव भूमि छ विश्व भरमा
होवैन है मूल्य नै!
यस्का खातिरमा छिनाई बरु लौ
दिन्छौँ त्रिकोटी शिरै।।
माटामा नदी बग्छ कल्कल अहा ,
सिञ्चाइ नित्यै गरी !
धर्तीका मुखमा दिई सुख खुबै ,
नाची रहे झैँ परी !!
पाखा पर्वत या तराई वनमा
सञ्जीवनी फल्दछन्!
आमा काखभरि जमीन जति छन्
समृद्धिले बस्दछन्!!
धर्तीबाट बगी यता हिमनदी
पार्छन् धरा उर्वर ।
झर्ना कल्कल बग्दछन् दशदिशा,
धर्ती नफल्ने छ र !
कस्तुरी मृगशावका हरघडी
खेल्दछन् यहीँ जङ्गल।
चौँरीपुच्छर डोलिँदो सबतिरै
पङ्खा बनोस् मङ्गल !!
लामै लस्कर यो छ शैल धरणीको
होस् सुरक्षा गरी !
मान्छेका हितखातिरै पनि अझै
यो देव भूमि झरी !!
सूर्यैको जब पर्छ ज्योति हिमका
शैलादि मुस्काउँछन्!
चन्द्रैको नवकान्ति ढाक्छ धरणी
शोभा दिई हाँस्दछिन् !!
लोभीका यस भूमिमा जति परून्
कुदृष्टि फोर्ने गरौँ ।
स्वर्गै लाग्दछ यो धरा हरघडी
याहीँ बचौँ या मरौँ !!
मेचीको जलमा नुहाई शिर यो
काली पुर्याऊँ धुन!
यस्तो पावन यो धरा अलिकता
भो दिन्न है लौ छुन !!
आऊ हेर्न र घुम्न यो शिवधरा
पाहाड ,लेकै ,वन !
हो यो भूमि उनै सुशान्ति दुतको
आई गरौँ प्रार्थना !!
नेपाली जन छन् कुबेर धनका
सम्पन्नताको मन !’
सानो रत्न अझै छ यो भुवनमा
हाम्रो अमूल्यै धन !!
छाती उच्च हिमाल झर्झर धरा
शोभा अति नै दिने!
मेरो देश सगौरब बनिकनै
गौराङ्ग झैँ पूजिने
हेर्दा रत्न सरि पाहाड ,झर्ना ,
हिमाल मेरो धन !
यो भव्य जगको उठाई यस्को
जतन गरौँ सब जन !!

( हाल – अमेरिका )

८ चैत्र २०८०, बिहीबार १८:३५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा