Play

ओलम्पिकमा सहभागी खेलाडीलाई मासिक पांच हजार सहित गण्डकी प्रदेश सरकारको सम्मान

गुरुकुल खबर


पोखरा, गण्डकी प्रदेशबाट ओलम्पिक खेलमा सहभागी भएका खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारले सम्मान गरेको छ । मासिक ५ हजार नगद (वार्षिक ६० हजार) सहित  आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खेलाडीहरुलाई सम्मान गरेका हुन् ।

सम्मानीत हुनेहरुमा बाग्लुङका भगवती खत्री, गोरखाका टिकाबहादुर बोगटी, ऋषिराम प्रधान, ज्ञानबहादुर बोहोरा, तनहुँका सिताराम शाही, राजेन्द्रबहादुर भण्डारी, कास्कीका मनिषा अधिकारी, नारायणबहादुर गुरुङ र नवलपुरका तिलकराम थारु रहेका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज आयोजित कार्यक्रममा ओलम्पियनहरुलाई सम्मान गर्दै मुख्यमन्त्री पाण्डेले सरकार र खेलाडीबिचको सम्बन्ध खेल खेलिरहेका बेला मात्र नभई सँधै रहिरहोस् भन्ने उद्देश्य रहेको बताए ।

‘हिजो राष्ट्रकालागि खेल्नुभएका खेलाडीहरु आज कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, राज्यले उहाँहरुलाई सम्झनुपर्छ भन्ने लागेर प्रदेश सरकारले यो कार्यक्रम संचालन गरेको हो’ मुख्यमन्त्री पाण्डेले भने। यो कार्यक्रमलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने सरकारको योजना रहेको उनले बताए  ।

गण्डकी प्रदेश सरकारले खेलाडी कल्याणकारी कार्यक्रम अन्तर्गत  यस वर्ष प्रदेश खेलकुद परिषदमा सुचिकृत भएका पाँच सय ९४ जना र राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा सहभागी भएका एक सय जनाको स्वास्थ्य बिमा गरेको छ । खेल क्षेत्रको बिकास, खेलाडीको सम्मान र नयाँ पुस्तालाई खेल तर्फ आकर्षित गर्न प्रदेश सरकारले खेल मैदान स्तरोन्नती, विद्यालय, जिल्ला स्तरीय प्रतियोगिता लगायतका कार्यक्रम संचालन गर्दै आएको प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले बताए ।

प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङको अध्यक्षता र  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव प्रकाश पौडेल, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष दिपक बिष्ट लगायतको उपस्थिती रहेको थियो ।

२३ फाल्गुन २०८०, बुधबार १९:३८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा