Play

शिक्षासेवी गौतम गम्भीर बिरामी, काठमाण्डौमा उपचार हुँदै, स्वास्थमा केहि सुधार

गुरुकुल खबर


पोखरा, नेपालको सरकारी  सेवामा रहेर शिक्षा क्षेत्रमा लामो समय काम गरेका पोखरा – २० भलामका शंकर गौतम गम्भीर बिरामी परेका छन। उच्च रक्तचापका कारण बिरामी परेका उनको दाहिने हात लगायत शरीरका अन्य भागमा समेत असर परेको छ ।  पहिले काठमाडौँ र त्यसपछि पोखरामा उपचार जारी रहेकैबेला स्वास्थमा पुन समस्या देखिएपछि गौतमलाई थप उपचारको लागि यतिबेला काठमाडौँको  बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना गरिएको छ।

उनि गत माघ महिनाको सुरुमा पोखरा महानगरपालिका -२०  भलामस्थित आफ्नो घरमा रहेकैबेला उच्च-रक्तचापका कारण उनि बिरामी परेका थिए ।  त्यसपछि उनलाई गत माघ ५ गते काठमान्डुस्थित अन्नपुर्ण न्युरो अस्पतालमा उपचारको लागि लागिएको थियो ।

अन्नपुर्ण न्युरो अस्पतालमा करिब एकसाता राखेर उपचार गरेपछि उनलाई पोखरा ल्याईएको थियो । पोखरामा आएपछि उनले करिब १५ दिन पोखराको हरियो खर्क अस्पतालमा बसेर फिजीयोथेरापी सहित अन्य उपचार गरेका थिए ।  त्यसपछि गौतमलाई पोखराको दीप स्थित घरमा राखेर फिजियोथेरापीको लागि मात्र  नियमित रुपमा अस्पताल लाने ल्याउने गरिएको थियो ।

यस बिचमा गौतमको स्वास्थ अबस्थामा सुधार हुँदै गएको परिवारजन र गौतम स्बयंले पनि बताउदै आएकाथिए । उनि पोखरा आएर घरमा बस्न थालेपछि गौतमका शुभचिन्तकहरु उनलाई भेट्न र स्वास्थ लाभको कामना गर्न घरमा पुग्ने क्रम पनि बढेको थियो ।

गौतमकी बुहारी रिना बानिया गौतमले बुवाको स्वास्थलाभको कामना गर्न पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, पूर्व  मन्त्री एबम नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी लगाएत नेपाली काँग्रेस, नेकपा एमाले, जनता समाजबादी सहित विभिन्न राजनीतिक दलका नेता र कार्यकर्ताहरु, शिक्षा क्षेत्र अन्तर्गत सरकारी एबम गैर सरकारी संघसंस्थामा संलग्न व्यक्तित्वहरु, शुभचिन्तक र समर्थकहरु घरमा आउने गरेको जानकारी दिईन  ।

गौतम स्वयमले पनि आफुलाई भेट्न आउनेहरुसंग ‘स्वास्थमा उल्लेखनीय सुधार भएको तर स्मरण शक्तिमा केहि कमि आएको महशुस भएको बताउंदै नियमित रुपमा फिजियोथेरापी गर्दा र आहारबिहार सन्तुलित गर्दा केहि दिनमा नै आफु पहिलेको अबस्थामा आउनसक्ने’ बिश्वास  ब्यक्त गर्दै आएका थिए ।

यस्तै अवस्थामा गत शनिबार गौतमको स्वास्थअबस्थामा पुन समस्या देखिएको थियो । त्यसपछी उनलाई पोखराको गैरापाटन स्थित फिष्टेल हस्पिटलमा उपचारको लागि लागिएकोमा उक्त हस्पिटलका डाक्टरको सल्लाह बमोजिम काठमाडौँको बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना गरेर उपचार भैरहेकोछ । शनिबारको तुलनामा स्वास्थमा सुधार आएको गौतमकी बुहारी रिना बनियाले बताइन । उनले भनिन ” शनिबारको तुलनामा बुवाको स्वास्थमा केहि सुधार देखिएको भए पनि बोल्न र खान अझै समस्या छ,  डाक्टरले अझै केहि दिन आइसीयुमा नै राखेर उपचार गर्ने जानकारी दिनुभएको छ ।”

गौतमले जिल्ला शिक्षा कार्यालय कास्की सहित विभिन्न जिल्लामा शिक्षा अधिकारी रहेर लामो समय काम गरेका थिए सरकारी सेवाबाट निवृत्त भएपछि गौतमले केहि समय पोखराको रातो पैरो स्थित अन्तराष्ट्रिय पर्बतिय संग्रहालयको कार्यकारी निर्देशक समेत रहेर काम गरेका थिए ।

भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस ..

२२ फाल्गुन २०८०, मंगलवार २१:५५ मा प्रकाशित
Nabintech