Play

गण्डकी प्रदेशसभामा सांकेतिक दोभासे राख्न सांसद गुरुङको माग

गुरुकुल खबर


पोखरा । गण्डकी प्रदेशसभामा सांकेतिक दोभासे राख्न प्रदेश सांसद सरस्वती गुरुङले माग गरेकी छिन् । संसद् सुरु भएको ६ वर्ष बितिसक्दा पनि अपाङ्गता भएकाको पहुँच पुग्न नसकेको गण्डकी प्रदेश सभा बैठकमा नियमित रूपमा सांकेतिक भाषाको दोभासे राख्न उनको माग छ ।

‘जनताको सार्वभौम सम्पन्न संसदमा हामी छौं । जनताकै मतबाट निर्वाचित भएर यहाँ हामी उपस्थित भएका हौं,’ उनले भनिन्, ‘हामीले बोलेका र राखेका धारणाहरू बुझ्ने र सुन्ने सबै नागरिकको अधिकार छ । हामीले बोलेका कुरा सुन्न आतुर तर सुन्न नपाएको एउटा समूह छ, श्रवण शक्ति कम भएका नागरिकहरू । उनीहरूले पनि सांसदलाई सुन्न पाउनुपर्छ ।’

गुरुङले संसदीय गतिविधिमा सबै नागरिकको पहुँच आवश्यक रहेको बताइन् । ‘म यो सम्मानित सभा मार्फत संसद् सचिवालयको ध्यानाकर्षण गराउँदछु कि, संसदमा माननीयहरूले बोलेका बेलामा सांकेतिक भाषा मार्फत पनि आम नागरिकहरूमा सांसदलाई पुर्‍याइयोस्,’ उनले भनिन्, ‘सँगै प्रदेश सरकार मातहत निर्माण हुने सम्पूर्ण पूर्वाधारहरूलाई अपाङ्गता मैत्री बनाउनका लागि पनि सरकारको ध्यानाकर्षण गराउँदछु।’

२२ फाल्गुन २०८०, मंगलवार १४:०८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा