Play

काँग्रेसको आदिबाशी जनजाती महासंघ कास्कीको अधिबेशन अनिश्चितकालको लागि स्थगित

कोरम नपुगेको कारण अधिबेशन स्थगित गर्नुपरेको निर्बाचन समितिका संयोजक पराजुलीको भनाई


गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेसको भात्री संस्था नेपाल लोकतन्त्रबादी आदिबाशी जनजाती महासंघ कास्कीको अधिबेशन नेतृत्व चयन प्रक्रिया पुरा नहुदै अनिश्तिकालका लागि स्थगित भएको छ । अधिबेशनकालागि गठित निर्बाचन समितिका संयोजक बैकुण्ठराज पराजुलीले नयाँ कार्यसमितिको विभिन्न पदकालागि उमेद्वारी दर्ता गरिएपनि कोरम नपुगेको कारण निर्बाचन प्रक्रिया स्थगित गरिएको जानकारी दिए ।

अधिबेशनका लागि कम्तिमा ५१ प्रतिशत अर्थात् २ सय ३८ जनाको उपस्थिति भएमा कोरम पुगेको मानिने बताउदै उनले कोरम नपुगेको कारण अधिबेशनबाट नेतृत्व चयन प्रक्रिया स्थगित गर्नुपरेको बताए ।उनले अब कहिले निर्बाचन प्रक्रिया अगाडी बढाउने भन्ने बारेमा केहि बताएनन  । उनले भने ‘आज स्थगित भएको निर्बाचन प्रक्रिया अनिश्चितकालका लागि स्थगित गरिएको छ र यही तदर्थ समितिले नै निर्बाचन नहुने समयसम्म काम गर्ने छ’ ।

लोकतन्त्रबादी आदिबाशी जनजाती महासंघको कास्की जिल्ला कार्यसमितिको एक जना अध्यक्ष पदमा आशबहादुर गुरुङ, खेमबहादुर गुरुङ र कमलबहादुर गुरुङ गरि ३ जनाले उमेद्वारी दर्ता गराएका छन्  । आशबहादुर अहिलेको तदर्थ समितिको साथै यस अगाडी पनि नेपाल आदिबाशी जनजाती संघको अध्यक्ष भएर करिब ५ वर्ष काम गरेका व्यक्ति हुन् भने खेमबहादुर आदिबासी जनजाती संघको कास्कीको सल्लाहकार तथा गण्डकी प्रदेशको सदस्य रहेर काम गरेका थिए । कमलबहादुर पनि नेपाली काँग्रेस र जनजातिको क्षेत्रमा सक्रिय रहदै आएका व्यक्ति हुन् आश क्षेत्र न ३, खेम क्षेत्र न १ र कमल क्षेत्र न २ का हुन् ।

दुइजना उपाध्यक्ष पदकालागि रुपेश गुरुङ, चिनु गुरुङ, नरबहादुर घर्ति भुजेल, चन्द्रप्रकाश थापामगर, र राजु गुरुङ गरि ५ जनाले उमेद्वारी दर्ता गराएका छन् चिनु गुरुङ पोखराकी बरिष्ठ सौंदर्यकर्मी हुन् ।

२ जना सचिब पदकालागि भने दुईजनाको मात्र उमेद्वारी परेको छ जसअनुसार यस अगाडी तदर्थ समितिको सचिब रहेकी रिता गुरुङ र देबबहादुर आले रहेका छन् । सचिब उमेद्वारी दिएकी रिता गुरुङ पत्रकारिता पृष्ठभूमिबाट काँग्रेस सम्बद्ध जनजातिको राजनीतिमा आएकी हुन् । उनि यस अगाडी नेपाल ट्रेड युनियन काँग्रेस कास्कीको उपाध्यक्ष साथै क्रियाशील पत्रकार महिला नामको संस्थाको कास्की जिल्ला अध्यक्ष र क्षेत्रिय संयोजक समेत रहेर काम गरिसकेकी छन्  । अर्का उमेद्वार देबबहादुर आले नेपाली काँग्रेसको पोखरा-१५ वडा कार्यसमितिको सचिब हुन् ।

यसैगरि दुई सहसचिब पदका लागि भिमकुमारी गुरुङ, बुध्दीबहादुर गुरुङ, इश्वरी गुरुङ, संगीता राईभात गुरुङ, नेत्रबहादुर तामांग र कबिता गुरुङले उमेद्वारी दर्ता गराएका छन्  ।

कार्यसमितिको १६ जना सदस्य पदका लागि ज्योती थापामगर, बुद्धिमान गुरुङ, गन बहादुर गुरुङ, भिमकुमारी आले,गणेश श्रेष्ठ, प्रेमबहादुर गुरुङ, युनिष तामांग, दिपकबहादुर थापा, धनबहादुर गुरुङ, दिप्पल गुरुङ, प्रसाद गुरुङ, प्रोतन कुम्भकार, रबिन कायस्थ र सिताकुमारी गुरुङले उमेद्वारी दर्ता गराएका छन् ।

गुरुङ र मगर भाषालाई गण्डकी प्रदेशमा सरकारी कामकाजको भाषा बनाउने प्रक्रिया शुरु भयो  – मुख्य मन्त्री पाण्डे 

यस अगाडी कास्की काँग्रेसको कार्यलय परिसरमा आयोजित समारोहमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अधिबेशनको उद्घाटन गरेका थिए  । त्यस अबसरमा बोल्दै मुख्यमन्त्री पाण्डेले नेपाली काँग्रेसले पार्टीभित्र मात्र नभएर आफु सरकारमा रहेको बेलापनि जनजातिहरुलाई जिम्मेवारी दिंदै आएको बताए । उनले अन्य पार्टीले बिधानमा जनजातिको लागि व्यवस्था नगरेको तर काँग्रेसले जनजाती सहित दलित महिला, मधेशी, कर्णाली समेतलाई समाबेश गर्न कदमजमको नीति ल्याएको चर्चा गरे ।

पाण्डेले जनजाति बर्गमा नेपाली कांग्रेसको संगठन बिस्तार गर्नसके नेपाली काँग्रेसलाई अरुले हराउन नसक्ने जिकिर गर्दै बि पी कोइराला पार्टी सभापति हुँदा वा सरकारको प्रधानमन्त्री हुँदा पनि जनजातिहरुलाई महत्वपुर्ण जिम्मेवारी दिने गरेको स्मरण गरे ।

उनले गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउने प्रक्रियाको थालनी भैसकेको समेत जानकारी  गराए ।

कार्यक्रममा जनजाती महासंघको तदर्थ समितिका अध्यक्ष आशबहादुर गुरुंगले नेपाली काँग्रेसको मत बढाउन मात्र नभएर आदिबाशी बर्गको हित र सम्रक्षन गर्न महासंघ सहित आफुहरु सक्रियताका साथ् लागिरहेको बताए ।

सोही समारोहमा महासंघको तदर्थ समितिको ११ महिने कार्यकालको प्रतिबेदन प्रस्तुत गर्दै सचिब रिता गुरुङले २०७९ माघ २८ गते आश बहादुर गुरुङ महासंघको कास्की जिल्ला अध्यक्ष बनेको र  चैत्र १७ गते जिल्ला कार्यसमितिको पदबहाली भएपछी हालसम्म महासंघले धेरै रचनात्मक काम गरेको बताइन् ।

उद्घाटन समारोहमा नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, गण्डकी प्रदेशका सांसद सरस्वती गुरुङ, माछापुछ्रे गाउँपालिकाका अध्यक्ष मिन बहादुर गुरुङ, कास्की काँग्रेसका सभापति किशोरदत्त बराल, नेपाली काँग्रेसका नेता देबराज चालिसे, जनजाती महासंघका केन्द्रीय सदस्य रेशम गुरुङ, जनजाती महासंघ पोखरा महानगरका अध्यक्ष बिर बहादुर गुरुङ, क्षेत्र न १ का अध्यक्ष शरण प्रधान सहित पार्टीको विभिन्न तहका नेता कार्यकर्ताहरुले आफ्नो आफ्नो भनाई राखेका थिए ।

१९ फाल्गुन २०८०, शनिबार २१:५९ मा प्रकाशित
Nabintech