Play

नेपाली काँग्रेसको गण्डकी प्रदेश समितिले पोखराको लामाचौरमा आफ्नो कार्यालय भवन बनाउदै

प्रदेश समितिको कार्यालयको लागि जग्गाको खोजीमा कास्की काँग्रेस र अन्यको अबरोध


गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले आफ्नो छुट्टै कार्यालय भवन बनाउने भएको छ। बिहिबार पोखरामा सम्पन्न कांग्रेसको गण्डकी प्रदेश समितिको बैठकले पार्टीका विभिन्न गतिबिधि संचालन गर्न साथै आफ्नो कार्यालयको लागि आबश्यक पर्ने भवन सहितको जग्गाको खोजी समेत भैसकेकोले सोहि स्थानमा  कार्यालय सहित अन्य संरचना  बनाउने निर्णय गरेको बुझिएको छ।

नेपाली कांग्रेसले मुलुकको संरचना अनुसार प्रदेश समिति बनाएर अधिबेशन गरेपछि गण्डकी प्रदेशको सभापतिमा शुक्रराज शर्मा निर्बाचित भएका थिए । उनले आफु सभापति भए लगत्तै नेपाली कांग्रेस कास्कीको कार्यालय परिसरमा  नै पार्टीको प्रदेश कार्यालय समेत राख्न चाहेका थिए । सोहि अनुरुप उनले नेपाली काँग्रेस कास्की समक्ष कास्की काँग्रेसको स्वामित्वमा रहेको खाली जग्गामा पार्टीको प्रदेश कार्यालय बनाउन चाहेको भनि प्रस्ताब पठाएका थिए। तर  शिक्षण पेशाबाट आएर कास्की काँग्रेसको सभापति बनेका किशोरदत्त बरालले कास्की काँग्रेसको कार्यालय परिसरमा पार्टीको प्रदेश कार्यालय राख्न नदिने जनाएपछी  शर्माले पोखराको तेर्सापट्टिमा सभाहल र पुस्तकालय सहितको कांग्रेसको प्रदेश कार्यालय भाडामा संचालनमा ल्याएका छन् । पोखराको चिप्लेढुंगा स्थित कास्की कांग्रेसको कार्यालय उनै शर्मा  जिल्ला सभापति रहेको बेला उनकै अगुवाईमा निर्माण गरिएको हो।

आफुले आगुवाई गरेर बनाएको पार्टीको जग्गामा आफ्नो प्रदेश समितिको कार्यालय बनाउन नपाएपछि शर्माले नया कार्यालय भवन बनाउनको लागि जग्गाको खोजीलाई निरन्तरता दिंदै आएका थिए। यस क्रममा विभिन्न विकल्पहरु आएको भएपनि तिनमा समेत अबरोध उत्पन्न भएपछी शर्माले पोखरा महानगरपालिका -१९ मा काँग्रेसका सहयोगी खोजेर भवन समेत रहेको ३ रोपनी जग्गाको ब्यबस्था गरेको छन्। अब सोहि भवनलाई ब्यबस्थित बनाएर प्रदेश कार्यालय समेत त्यहि स्थानबाट संचालन गर्ने तयारी भएको छ।

बिहिबार गण्डकी प्रदेश समितिको बैठकमा  सभापति शर्माले पोखरा महानगरपालिका वडा नं. १९ मा नेपाली कांग्रेसको वडा कार्यालय समेत रहेको भवन सहित करिब ३ रोपनी जमीनमा पार्टीको प्रदेश कार्यालय भवन बनाउने प्रक्रिया अगाडी बढेको जानकारी गराएका थिए।

नेपाली काँग्रेसको वडा कार्यालय रहेको हालको भवन दुइ तलाको छ, अब सोहि संरचनामा अर्को  एक तला थप गर्ने र अन्य बाँकि कामहरु पुरा गरेपछि नेपाली कांग्रेसको गण्डकी प्रदेश कार्यालय त्यहिबाट संचालनमा आउने छ। यो सबै काम गर्न करिब ५ करोड रुपैया लाग्ने अनुमान गरिएको सभापति शर्माले जानकारी दिए ।

प्रदेश सभापति शर्माको सभापतित्वमा बसेको बिहीबारको वैठकमा वडा कायालयसंगै जग्गा दिने सहयोगदाताहरुलाई धन्यवाद दिने निर्णय गर्नुको साथै राष्टिय सभा सदस्यमा निर्वाचित सांसदहरुलाई वधाई ज्ञापन गर्ने निर्णय गरिएको बैठक पछी पार्टीका प्रबक्ता माधव प्रसाद बस्न्तोला मधुले जानकारी दिए।

प्रवक्ता बास्तोलाका अनुसार पुष ३ र ४ गते सम्पन्न नेपाली कांग्रेस गण्डकी प्रदेश सम्मेलनबाट पारित सांगठनिक र आर्थिक प्रतिबेदन एबम सभापतिको अवधारणा पत्र केन्द्रीय महासमितिको वैठकमा पेश गरिएको जानकारी समेत बैठकमा गराइएको गराइएको थियो।

वैठकमा पार्टीका प्रदेश उपसभापति  कल्पना तिवारीले यही फागुन ३ र ४ गते प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम पोखरामा संचालन गरिएको र कार्यक्रममा गण्डकी  प्रदेशबाट ४४ जना र लुम्बीनी प्रदेशबाट ५२ जना नेता कार्यकर्ताहरु सहभागी भएकोजानकारी दिइन्। उनले अब चाँडै नै जिल्लादेखि टोलसम्म प्रशिक्षणको कार्यक्रम गर्ने तयारी भैरहेको जानकारी दिईन। बैठकमा प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेले र सभापति शुक्रराज शर्माले समसामयिक बिषयका सम्बन्धमा जानकारी गराएका थिए ।

१७ फाल्गुन २०८०, बिहीबार २३:१६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा