Play

लघुकथा प्रतिष्ठानको ५८ औँ लघुकथा वाचन कार्यक्रम पोखरामा

गुरुकुल खबर


पोखरा । लघुकथा प्रतिष्ठान, पोखराको नियमित लघुकथा वाचनको ५८ औँ शृङ्खला शनिवार सम्पन्न भएको छ ।

प्रतिष्ठानका कार्यवाहक अध्यक्ष कल्याण पन्तको अध्यक्षतामा भएको कार्यक्रममा भाषा आयोगका सदस्य डा. पुष्करराज भट्टले लघुकथा सूत्रात्मक संरचना भएको आख्यानात्मक विधा भएको बताए ।

‘कतिपय कथाकारहरू मैले यति नभने पाठकले बुझ्दैनन् भन्ने भ्रम राख्छन्’ उनले भने, ‘चरित्र, परिवेश आदि चित्रण गर्नु लघुकथाको विशेषता होइन ।’

नेपाली लघुकथामा पहिलो पटक विद्यावारिधि गरेका भट्टले लेखक र समालोचकबिच स्वस्थ अन्तरक्रिया हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा अल्पविराम पोखरेली, दीपक समीप, शिवु ढकाल, शोभा लामिछाने, ढाकामोहन बराल, गीता तिवारी, विष्णु बास्तोला, किसन पौडेल, श्याम श्रेष्ठलगायतले आफ्ना लघुकथा वाचन गरेका थिए ।

कार्यक्रमको सञ्चालन सदस्य रुपिन्द्र प्रभावीले गरेका थिए

१२ फाल्गुन २०८०, शनिबार २०:५६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा