Play

अर्मलाकोटमा खुल्ला १२ कि.मीको पर्वतीय दौड, महिला पुरुष र स्थानीयबीच छुट्टाछुट्टै प्रतियोगिता

गुरुकुल खबर


पोखरा, अर्मलाकोट पर्वतीय खुल्ला १२ कि.मी दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा गोरखाका सुरज गुरुङले ५० मिनेट ४४ सेकेन्डमा  उक्त दुरी पार गरि प्रथम भएका छन्  । त्यसैगरि बैतडीका मोहनदेव जोशीले ५४ मिनेट ५१ सेकेन्डमा पार गरि द्दितिय र ओखलढुंगाका प्रिथी राईले ५६ मिनेट २७ सेकेन्डमा पार गरि तृत्तिय भए  पर्वतका अनिल खड्काले सान्त्वना स्थान  प्राप्त गरे  ।

विजयीहरुलाई लाई क्रमश २० हजार, १५ हजार, १० हजार, र ५ हजार नगद, मेडल र प्रमाणपत्र बाट प्रदान गरिएको थियो  ।

त्यसैगरि सोही दौडमा महिला तर्फ हुमी बुढामगर प्युठानले १ घण्टा ९ मिनेट  ४८ सेकेन्डमा निर्धारित दुरी पार गरि प्रथम, सिन्धुपाल्चोकका नितु तामाङले १ घण्टा १० मिनेट १३ सेकेन्डमा पार गरेर दोश्रो तथा कास्की  धम्पुसकी  बिनिता बिकले १ घण्टा २७ मिनेट १३  सेकेन्डमा दुरी पार गरि तृत्तिय र पिएन क्याम्पसमा अध्यनरत स्याङ्जा ओरष्टेकी  समिक्षा पोखरेलले १ घण्टा २७ मिनेट ५६ सेकेन्डमा निर्धारित दुरी पार  गरि सान्त्वना पुरस्कार प्राप्त गरेका छन ।

बिजेता महिला धावकलाई क्रमश: नगद १० हजार, ८ हजार ५ हजार र ३ हजार नगद, मेडल र प्रमाणपत्र बाट सम्मान गरिएको थियो ।

वडा नम्बर १६ भित्रका धावकहरुको प्रतिष्पर्धामा भने दिपका भरत नेपालीले १ घण्टा ६ मिनेट २७ सेकेन्डमा दौड पुरा गरि प्रथम, बाटुलेचौरका बिक्रम खड्काले १ घण्टा ६ मिनेटमा पार गरि द्दित्तिय र जुम्लेटीका दिपेन्द्र कार्कीले १ घण्टा ८ मिनेट ४४ सेकेन्रडमा पार गरि तृत्तिय  साथै  दिपका निर्मल कार्कीले १ घण्टा १२ मिनेट निर्धारित दुरी  पुरा गरि सान्त्वना स्थान प्राप्त  गरेका छन ।

बिजेताहरुलाई क्रमश: ५ हजार, ३ हजार, २ हजार र १ हजार नगद, मेडल र प्रमाणपत्र बाट सम्मान गरिएको थियो ।

यस ऐतिहासिक दौड प्रतियोगिता सम्पन्न गर्न सहयोग गने अर्मला समाज युके लगायत ब्यक्ति, संघ, संस्था, आमा समुह, युवा क्लब स्थानिय सबैमा अर्मलाकोट पर्वतिय दौड प्रतियोगिता मुल समितीका संयोजक जुम प्रसाद गुरुङले  आभार प्रकट गरेका छन् ।

३ फाल्गुन २०८०, बिहीबार ०७:०४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा